Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन १७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

भान्से भएपछि भोकै पनि बस्न सक्नुपर्छ, अहम्ताले कसैलाई पनि भलो गर्दैन

प्रभातफेरी अनलाइन ४३८ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ५, बिहिबार (१ साल अघि)
भान्से भएपछि भोकै पनि बस्न सक्नुपर्छ, अहम्ताले कसैलाई पनि भलो गर्दैन

काभ्रे । स्थानीय तहको निर्वाचनलाई लिएर पाँच दलीय सत्ता गठबन्धन गरेर अगाडि बढेका राजनीतिक शक्तिहरुबीच तल्लो स्थानीय तहसम्म आइपुग्दा मपाईंत्वमा परिणत हुन पुग्यो । जसको परिणाम एकपछि अर्काे गरी भोग्न विवश भएका छन् ।
गठबन्धनको मुलीका रुपमा रहेको नेपाली कांग्रेसले आफ्नो धरातल बिर्सिएकै कारण कतिपय दुर्घटनाहरु आफैंभित्र हुन पुगेका छन् । जसको प्रमाणका रुपमा काभ्रेको पनौती नगरपालिका त्यसैको एउटा प्रतिनिधिमूलक संस्थाको रुपमा देखा परेको छ । जहाँ २०७४ सालको निर्वाचनमा कांग्रेसले ६ वटा वडा अघोषित माओवादीको सहयोगमा जितेको भन्ने चर्चा थियो, त्यो पनौती कांग्रेसका लागि अहम्ताको पराकाष्ट बनिदियो । जसको परिणाम आज एक एक गरी जितेका वडाहरु गुमाउन पुगेको छ । “भान्से भएपछि भान्सामा पाकेको कुरो जे जस्तो छ, त्यो सबैलाई बाँडेर चित्त बुझाएर बाँकी रहेको आफूले उपयोग गर्नुपर्नेमा गठबन्धनको साँचो ताल्चा बोकेको नेपाली कांग्रेसले पनौतीलाई आफ्नो पेवा सम्झियो र गठबन्धन भित्रका दलहरुलाई लत्याउने काम भयो, जसको परिणाम रामशरण भण्डारी एक्लो बृहस्पतिको रुपमा नगरमा विराजमान हुने पात्रका रुपमा देखिएका छन् ।”
यि सबै घटनाको सूत्राधार र जिम्मेवार अरु कोहि नभएर नेपाली कांग्रेस पनौती स्वयं भएको विश्लेषकहरुको दाबी छ । भलै वडा नं. १ एमालेले गुमाइरहँदा वडा नं. ६, ७ र ८ आफ्नो कब्जामा पारिसकेको छ । यसरी आँकलन गर्ने हो भने नेपाली कांग्रेसको अहम्ताले जितेका वडाहरु अब उसको मुठ्ठीबाट वडा नं. ९ बाहेक सबै फुत्किने तथ्यांकले देखाउँदछ । यो सबै हुनुको पछाडि कांग्रेस जनहरुमा सिर्जना भएका अहम्ताहरु नै हुन् भन्ने निचोड आम नागरिकले गरेका छन् । स्मरण रहोस्, यो भन्दा अगाडि ९ वटा वडा रहेको चौंरीदेउराली गाउँपालिकामा एउटा वडा बाहेक अध्यक्ष, उपाध्यक्ष सहित पूरै १० सेट जितेको माओवादी केन्द्रले आफ्नो जिम्मेवारीभन्दा माथि उठेर गठबन्धनलाई सँगसँगै लिएर जानुपर्छ भन्ने महान् विचारका साथ ५ वटा वडा र उपाध्यक्ष गठबन्धनका नाममा त्याग ग¥यो । यदि डाडु पुन्यु लिएको कांग्रेसको व्यवहार गर्ने हो भने एउटा वडा छोड्दा फरक पर्दैनथ्यो । तर उसले जुन किसिमको सदा सयता अपनायो, त्यसलाई चौंरीदेउराली कांग्रेसले कमजोरी सम्झेर घोषित रुपमै एघारै पदमा उम्मेदवारी उठायो । त्यति हुँदा पनि माओवादी र एकीकृत समाजवादीले कुनै किसिमको प्रतिक्रिया सार्वजनिक गरेनन् । जसलाई नेपाली कांग्रेसभित्र रहेको अहम्ताले तहसनहस बनायो । जसको प्रत्यक्ष असर धुलिखेल, पनौती, बनेपा लगायतका पालिकाहरुमा प्रभाव परेको छ । यसलाई राजनीति भाषामा भन्ने हो भने कांग्रेसले राजनीतिक बेइमानी गरेको भन्न सकिन्छ । यस किसिमको बेइमानी काभ्रे कांग्रेसले कहिलेसम्म गर्दै जाने हो त्यो हेर्न बाँकी छ ।
यसभन्दा अघि नेपाल पत्रकार महासंघको दुई वटै निर्वाचनमा पनि कांग्रेसले माओवादी केन्द्रसँग आबद्ध पत्रकारहरुलाई भ¥याङ्ग बनाएर आफू सत्तामा पुगेको तीतो यथार्थता हुँदाहुँदै पनि काभे्रमा कांग्रेससँगै गठबन्धन गर्नपुग्नु नेकपा माओवादी केन्द्र काभे्रको गम्भीर भुल भएको ठोकुवा गर्न सकिन्छ । यस किसिमको कांग्रेस गतिविधिले प्रतिगमनको मतियारलाई बल पुगेको राजनीतिक विश्लेषकहरुको दाबी छ । घटनाक्रमबाट के देखिन्छ भने काभ्रे कांग्रेस अघोषित रुपमा माओवादीलाई काभ्रेमा संस्थागत रुपमै नामेट गर्न चाहन्छ । यसको प्रमाणका रुपमा विगतका गतिविधि सँगसँगै वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनलाई समेत लिन सकिन्छ । यसबाट नेकपा माओवादी केन्द्रले पाठ सिक्दैन भने अब माओवादीसँग आबद्ध कार्यकर्ताको शिला खोज्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । आफ्नो अनुकूलतामा भएको टिकट वितरण र पालिका छनौटले कति नाफा भयो यसको गम्भीर समीक्षा गर्न माओवादी केन्द्रभित्र आवश्यक छ । यसो भनिरहँदा कतिलाई पच्न गाह्रो पनि हुन सक्ला, यो अवस्थामा माओवादी केन्द्रसँग आबद्ध रहेका कार्यकर्ताहरुको भावना सम्बोधन हुन्छ भन्ने अपेक्षा राख्नु भ्रम पनि हुन सक्छ । यति भनिरहँदा पनौती नगरको नेतृत्व सम्हाल्न पुग्ने कांग्रेसी जनहरुले भोलिका दिन पनौती नगरपालिकाभित्र आफ्नो गतिविधि कसरी चलायमान गर्लान् चासोको विषय बनेको छ । मतदाता शिक्षाको अभाव र गठबन्धनको मर्म अनुसार नेपाली कांग्रेसको मेयरमा मत आउँदा नेकपा एकीकृत समाजवादिलाई मत खोइ त ? वडा तहसम्मै पार्टीको निर्देशनमा धोकेबाजी दिएको त होइन ? गम्भीरतापूर्वक सोचौं र विस्तृत समिक्षा गर्दै आफ्नो जनमतको संरक्षकत्व दिँदै बृहत कम्युनिष्ट एकता, लोकतान्त्रिक गठबन्धन वा वामगठबन्धन गर्न नेतागणलाई बेलैमा सुझाव दिन आवश्यक ठानेको छु । यो गठबन्धनले निम्त्याएका अनगिन्ती अनुत्तरित प्रश्नहरुको जवाफ पक्कै दिनेछन् भन्ने अपेक्षा समेत राखेको छु ।
एक त पनौती नपामा आबद्ध कर्मचारीहरु नेकपा एमालेका बफादार सिपाही भएको उहाँहरुका गतिविधिले पुष्टि गरिसकेको छ । जसको कारण मत गणना स्थलमा निषेध हुनुप¥यो । त्यसको हिसाबकिताब पक्कै पनि उहाँहरुले राख्नुभएको होला । जुन किसिमबाट पेशाप्रति नै प्रश्न चिन्ह मात्र उठेनन्, निषेधित हुन बाध्य हुनुप¥यो । यसले एक्लो बृहस्पतिलाई सत्ता सञ्चालन गर्न कति सहज बन्ला हेर्न बाँकी नै छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

    एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

  • वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

    वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन १० गते

    २०८० आश्विन १० गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    आधुनिक कविताका जरा मोहन कोइराला

    आधुनिक कविताका जरा मोहन कोइराला

    Post Thumbnail

    सामाजिक सेवामा सहभागी बन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0