Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ७, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

व्यवस्थालाई बन्धक नबनाऔं

प्रभातफेरी अनलाइन ५१३ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ५, बिहिबार (३ साल अघि)
Post Thumbnail

स्थानयि तहको निर्वाचनलाई लिएर बजारमा चर्चा परिचर्चाहरु, टिका टिप्पणीहरु प्रशस्तै आएका छन् । स्मरणयोग्य कुरो त ०७० को चुनावको मत गणना भईरहँदा माओवादीले यस्तै बिज्ञप्ति निकाल्दा सर्वत्र आलोचित बन्दै अझै कमजोर हुँदै गयो भन्ने किसिमका अभिव्यक्तिहरु सार्वजनिक भएका थिए ।
करिब ९÷१० वर्ष अघिका ति अभिव्यक्तिहरु यथार्थपरक हुन पुगेका छन् । अहिले आफुले सोचेको जस्तो घमण्डी चुनावी परिणाम नआउँदा एमालेजनहरु त्यही हर्कत दोहो¥याउँदै छन् । अन्ततः ति दिनमा आफूले ओकलेका अभिव्यक्तिलाई आज सापटीका रुपमा लिनुले को कति पानीमाथिको ओभानो छ भन्ने बारेमा भनिराख्नु परेन ।
आज उहाँहरुको बिज्ञप्तिको पारा देख्दा यस्तो लाग्छ कि यदि बालेनले जिते भने पहिलो बधाई केपि ओलिले दिनुहुनेछ र भन्नुहुनेछ कि हाम्रो भोटले तिमी जित्यौ । हामीले यो बुढोले के–के बकबक गर्न थाल्यो खाली म नेवार, म स्थानिय मात्रै भन्छ त्यही भएर युवाहरु तपाइकोमा पठाएको अब आउनुस्, हाम्रो पार्टिमा हामी युवालाई देश सुम्पिन चाहन्छौं भन्ने छन् । यदि बालेन हारे स्थापित जिते भने केही युवा ठेउकेहरु बकबक गर्दै थिए कुन्नी के ¥याप भन्दै झ्याप भएर भन्ने छन् । यदि बालेन र स्थापित दुबै हारे भने ल हेर धाँधली गरे, बालेन आउ सङ्गै मिलेर बिरोध गरौं हामी तिम्रो साथमा छौं भन्ने छन् ।
यसले तपाईंहरुका केही कार्यकर्तालाई थामथुम त पार्ला, केही दिन भट्याउन त काम लाग्ला अझै एमाले जनहरुले झनै समिक्षा गर्न जरुरी छ कि यो गठवन्धन कसका कारणले बन्यो ? छँदा खाँदाको झन्डै दुई तिहाइको सरकार कसले सकायो ? दुई दुई पटक संसद विघटन गर्न उकास्ने को–को कुख्यात सल्लाहकार हुन् केपिज्यु ? पार्टी फुटाउन सल्लाह दिने कुख्यातहरु को–को हुन् ? तिनलाई ठेगान लगाउनुस् । स्मरण रहोस्, सबै पार्टिको हिजोको केही बिरासतहरु ढल्नेवाला देखिँदैछ । किन यस्तो हुँदै छ सबैले समीक्षा गर्नुस्, पैसाको खोलो बगाएर जनभावना किन्ने कु–चेष्टा नगर्नुस् । यो हर्कत क्षणिक हुनेछ, जसले दीर्घकालिन असर पु¥याउने ठम्याइमा हामी पुगेका छौं ।
राजनीतिक घटनाक्रमले सिर्जना गरेका अकल्पनीय बाटाहरु देख्दा मुलुकमा संघीय संरचना अभिशाप हुने त होइन ? भन्ने आँकलन जो–कोहिले गर्ने अवस्था स्थानीय तहको निर्वाचनसम्म आइपुग्दा सहजै अनुमान गर्न बाध्य पा¥यो । यस किसिमका गतिविधिले व्यवस्थामाथि नै प्रश्न चिन्ह उठाउने अवस्था सिर्जना ग¥यो । यसले ति १७ हजार योद्धाहरुको बलिदानको अवमूल्यन मात्र गरेन, रगतमाथि होलि खेल्ने काम ग¥यो भन्ने निचोडमा हामी पुगेका छौं । निर्वाचनको दौरानमा देखेका र भोगेका घटनाहरुलाई सूक्ष्म अध्ययन गर्ने हो भने संसदीय व्यवस्थापन भनेको खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलो भनेर चित्रण गरिएको यथार्थतामा परिणत भएको पाएका छौं । त्यसैले यस किसिमका अस्वभाविक गतिविधिलाई निरुत्साहित गर्दै राजनीतिक संस्कार स्थापित गर्नका लागि निर्वाचन परिपाटीमा आमूल परिवर्तन हुन आवश्यक छ । त्यसका लागि सरोकारवाला निकायले गम्भीरताका साथ लिनेछ भन्ने विश्वास हामीले लिएका छौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0