संघिय लोकतान्त्रीक गणतन्त्र स्थापना भएपछिको दोस्रो स्थानिय तहको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन आयोगको गहन भुुमिकाले गर्दा स्थानिय तहको पहिलो निर्वाचनको तुलनामा द्रोस्रोमा धेरै सहज भएपनि गठबनधनले गर्दा राजनीति तरंग तरंगित हुन पुगेको छ । निर्वाचन आयोगले निर्वाचन आचार संहिता कडाईका साथ लागु गर्दा दलगत तडक भडक खस्किएको छ । अनावस्यक तडक भडक गर्दै सर्वसाधारण जनतालाई तरंगित पार्दै मतदातालाई आकर्षीत पार्ने कार्यमा कमि आएको छ । विगतको तुलनामा मतदाताले स्वतन्त्र ढंगबाट मत प्रदान गर्ने केही मात्रामा वातावरण सृजना भएपनि पुर्ण रुपमा लागु हुन सकेको छैन । जवसम्म मतदाताले स्वविवेक ढंगबाट निस्पक्ष तरिकाले मतदान गर्ने वातावरण तयार हुदैन तव सम्म जनचाहना अनुसारको कार्य गर्ने जनप्रतीनिधि चयन हुन सक्दैन ।
निर्वाचन आयोगले जे तति निर्वाचन आचार संहिता तयार गरेको थियो पुर्ण रुपमा लागु गर्न सकेको भए धेरै राम्रो संदेश मिल्ने थियो । आयोगले जारी गरेको आचार संहिता आयोगले गरेको प्रचारको भरमा एक हतमा लागु भयो तर आचार संहिता उलंघन गर्ने तौर तरिकाहरु पनि छरपस्टै थिए । आचार संहिता उलंघन हुँदै गर्दा खासै कारवाही हुन नसक्दा आचार संहिताको ओप खस्किएको हो । निर्वाचनमा खटिएका चार तहका सुरक्षा संयन्त्रले कडाईमा केही फितलो गर्दा आचार संहिताको ओच घटेको छ । निर्वाचनको दिनमा सवारी साधन प्रयोग गर्ने बिषय साथै मतदाताहरुलाई आवत जावत गराउने कार्य साथै यत्र तत्र छरपस्ट संञ्चालनमा रहेको यातायातको बिषयमा कसैको चासो पुगेन ।
स्थानिय तहको निर्वाचनमा सत्तापक्षहरुविच भएको गठबंधनले नेपाली जनमानसमा सकारात्मक शंदेस दिएको छैन । गठबन्धनको कारण जनताले चाहेका जनप्रतीनिधीहरु निर्वाचित हुनुले जनमानसमा निल्नु न ओकल्नु सावित भएको छ । प्रजातन्त्रमा स्वच्छ प्रतिस्पर्धा हुनु स्वभाविक हो तर गठबन्धनको नाउमा अपबित्र ढंगको कार्य गर्दै जनचाहना भन्दा फरक खाले जनप्रतीनि निर्वाचित हुनुले सम्धवत जनताले लिएको लक्ष प्राप्ति नहुन सक्छ ।
गठबन्धन पवित्र नभएको निर्वाचन परिणाले प्रस्टिएको छ । भनाई र कार्य गराईमा भिन्नता आउदै राजनीतिमा वेईमानि नभएको हैन । राजनीतिक वेईमानिकै कारण गठबन्धन बिच विस्वसनियता घटेको छ । यस्को असर स्थानिय तह संञ्चालनमा मात्रै नभएर आगामी मंसिरमा हुने निर्वाचनमा समेत असर पर्ने देखिन्छ । गठबन्धनको आधारमा निर्वाचनमा होमिएर जित्दैमा दम्भ निम्तनुको कुनै औचित्य रहन्न । गठबन्धन भन्दा फरक पार्टी एक्लै चुनावी मैदानमा उत्रीदा अंकगणितिय अवस्थामा त खस्किएको होला तर जनताले हेर्ने दृस्टिकोणमा सकारात्मक शंदेस देखिएको छ ।
गठबन्धनले किचोलेको राजनीति तरंग विचबाट निर्वाचित र पराजित जनप्रतीनिधिहरु विचको विस्वासमा आएको संकटले गर्दा गठबन्धन बाहिर रहेर प्रतीपक्षको भुमिका निर्वाह गर्दै रहेकाहरुसंग सहकार्य गरेर स्थानिय सरकार संञ्चालनमा सहज नहोला । स्थानिय तहको पहिलो निर्वाचनबाट निर्वाचित जनप्रतीनिधिले जे जसरी हालि मुहाली गरी सञ्चालन गरे अवको दिनमा त्यो सम्भव देखिन्न ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |