Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २९, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सरकार मलको सवालमा निरिह नबन

प्रभातफेरी अनलाइन ३८९ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १, बुधबार (३ साल अघि)
Post Thumbnail

कृषि प्रधान मुलुक भनेर चिनिने नेपालमा कृषिका लागि अति आवश्यक पर्ने रासायनिक मल नपाएर यतिबेला किसानहरु तड्पिरहेका छन् ।
जब–जब किसानलाई मलको आवश्यकता पर्दछ, तब अभावका ज्वारभाटाहरु उचालिन पुग्छन् । केही दिन अगाडि मात्रै आत्मनिर्भरता बढाउने अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमा ३० प्रतिशत उत्पादन बढाउने लक्ष्य राखेका थिए । बिडम्बना ! गत वर्ष विनियोजित बजेटअनुसार सरकारले समयमै रासायनिक मल खरिद नगर्दा यो पटक गोदामहरु खाली भएका छन् । जसको चिन्ताले किसानहरु अतालिन पुगेका छन् । आगामी वर्षलाई त अर्थमन्त्रीले विनियोजित बजेटमै ५० प्रतिशतले घटाउनुले के भनाई र गराईमा तालमेल खायो ? बजेटको भाषामा किसानका लागि अनेक आकर्षक कार्यक्रमहरु घोषणा ब्राखाको लागि हरियो घाँस सावित भएको छ । बजेटलाई पत्याउने हो भने आगामी वर्षदेखि किसानले घरदैलोमै सरल र सहज रुपमा कर्जा पाउने भनिएको छ ।
यति मात्र होइन, आगामी वर्षबाट किसानलाई पेन्सनको व्यवस्था सुरु गर्ने भनिएको छ । के यो सुविधाबाट किसान कागजमै सुविधा सम्पन्न हुने हुन् कि व्यवहारमा ? त्यो त आगामी वर्षमा मात्रै थाहा हुनेछ । तर न्यूनत्तम बजेटमा पनि आधा घटाएकाले सरकार रासायनिक मल भित्र्याउनेमा निरिह सावित बन्दैछ भन्ने पुष्टि गर्दछ । आगामी वर्ष किसानका उत्पादनहरु धान, मकै, गहुँ, तरकारी, फलफूलमा न्यूनत्तम ३० प्रतिशतले आयातमा कमी ल्याउने लक्ष्यका साथ बजेट भाषण त अर्थमन्त्रीज्यूले गर्नुभो तर व्यवहारमा कहिँकतै कुनै अवशेष देखिएन । अहिले अन्तर्राष्ट्रिय बजारमा प्रतिटन डिएपी करिब १२ सय डलर र युरिया करिब ८ सय २० डलरमा कारोबार भइरहेको तथ्य सार्वजनिक भएको छ ।
नेपालको सन्दर्भमा वार्षिक ४ लाख टन मल ल्याउन झण्डै ३५ अर्ब बजेट आवश्यक पर्छ तर गत वर्ष सरकारले २७ अर्ब निकासा दिएको थियो । बिडम्बना ! हाम्रा अर्थमन्त्री जनार्दन शर्माले यो वर्ष १५ वर्ष बजेट छुट्याएर आफ्नो निरिहता छताछुल्ल बनाएका छन् । अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढाव अनुसार १५ अर्बले डेढ देखि २ लाख टन मात्रै मल आयात गर्न सकिन्छ । यो हिसाबले आगामी वर्ष मलको हाहाकार योभन्दा दोब्बर हुने सहजै अनुमान गर्न सकिन्छ । यो अवस्थामा सरकारले कृषिका लागि विनियोजन गरेको बजेट अर्थहिन रहेको हाम्रो ठम्याई छ ।
यसरी कृषि प्रधान मुलुकलाई परनिर्भरतातर्फ धकेल्न खोज्नु आफैंमा दुःखद पक्ष रहेको ठहर हाम्रो छ । यदि राज्यसत्ता साँच्चै किसानका पक्षमा केही गर्न चाहन्छ भने आज यो विकराल समस्याको रुपमा रहेको रासायनिक मलको अभावलाई अन्त्य गर्नका लागि कदम चाल्न आग्रह गर्दछौं । अन्य विकास निर्माणका कुराहरुलाई थाँती राखेर भएर पनि किसानका आजका यि समस्याहरुलाई समाधान गर्न राज्यसत्तालाई फेरि पनि कलमको माध्यमबाट आग्रह गर्दछौं ।
सधैंभरि यो निरिहता नेपाली जनताको लागि पाच्य हुने विषय होइन । यसको दीर्घकालिन समाधान खोज्न पनि जोडदार माग गर्दछौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0