Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १५, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सरकार मलको सवालमा निरिह नबन

प्रभातफेरी अनलाइन ९६ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १, बुधबार (९ महिना अघि)
Post Thumbnail

कृषि प्रधान मुलुक भनेर चिनिने नेपालमा कृषिका लागि अति आवश्यक पर्ने रासायनिक मल नपाएर यतिबेला किसानहरु तड्पिरहेका छन् ।
जब–जब किसानलाई मलको आवश्यकता पर्दछ, तब अभावका ज्वारभाटाहरु उचालिन पुग्छन् । केही दिन अगाडि मात्रै आत्मनिर्भरता बढाउने अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमा ३० प्रतिशत उत्पादन बढाउने लक्ष्य राखेका थिए । बिडम्बना ! गत वर्ष विनियोजित बजेटअनुसार सरकारले समयमै रासायनिक मल खरिद नगर्दा यो पटक गोदामहरु खाली भएका छन् । जसको चिन्ताले किसानहरु अतालिन पुगेका छन् । आगामी वर्षलाई त अर्थमन्त्रीले विनियोजित बजेटमै ५० प्रतिशतले घटाउनुले के भनाई र गराईमा तालमेल खायो ? बजेटको भाषामा किसानका लागि अनेक आकर्षक कार्यक्रमहरु घोषणा ब्राखाको लागि हरियो घाँस सावित भएको छ । बजेटलाई पत्याउने हो भने आगामी वर्षदेखि किसानले घरदैलोमै सरल र सहज रुपमा कर्जा पाउने भनिएको छ ।
यति मात्र होइन, आगामी वर्षबाट किसानलाई पेन्सनको व्यवस्था सुरु गर्ने भनिएको छ । के यो सुविधाबाट किसान कागजमै सुविधा सम्पन्न हुने हुन् कि व्यवहारमा ? त्यो त आगामी वर्षमा मात्रै थाहा हुनेछ । तर न्यूनत्तम बजेटमा पनि आधा घटाएकाले सरकार रासायनिक मल भित्र्याउनेमा निरिह सावित बन्दैछ भन्ने पुष्टि गर्दछ । आगामी वर्ष किसानका उत्पादनहरु धान, मकै, गहुँ, तरकारी, फलफूलमा न्यूनत्तम ३० प्रतिशतले आयातमा कमी ल्याउने लक्ष्यका साथ बजेट भाषण त अर्थमन्त्रीज्यूले गर्नुभो तर व्यवहारमा कहिँकतै कुनै अवशेष देखिएन । अहिले अन्तर्राष्ट्रिय बजारमा प्रतिटन डिएपी करिब १२ सय डलर र युरिया करिब ८ सय २० डलरमा कारोबार भइरहेको तथ्य सार्वजनिक भएको छ ।
नेपालको सन्दर्भमा वार्षिक ४ लाख टन मल ल्याउन झण्डै ३५ अर्ब बजेट आवश्यक पर्छ तर गत वर्ष सरकारले २७ अर्ब निकासा दिएको थियो । बिडम्बना ! हाम्रा अर्थमन्त्री जनार्दन शर्माले यो वर्ष १५ वर्ष बजेट छुट्याएर आफ्नो निरिहता छताछुल्ल बनाएका छन् । अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढाव अनुसार १५ अर्बले डेढ देखि २ लाख टन मात्रै मल आयात गर्न सकिन्छ । यो हिसाबले आगामी वर्ष मलको हाहाकार योभन्दा दोब्बर हुने सहजै अनुमान गर्न सकिन्छ । यो अवस्थामा सरकारले कृषिका लागि विनियोजन गरेको बजेट अर्थहिन रहेको हाम्रो ठम्याई छ ।
यसरी कृषि प्रधान मुलुकलाई परनिर्भरतातर्फ धकेल्न खोज्नु आफैंमा दुःखद पक्ष रहेको ठहर हाम्रो छ । यदि राज्यसत्ता साँच्चै किसानका पक्षमा केही गर्न चाहन्छ भने आज यो विकराल समस्याको रुपमा रहेको रासायनिक मलको अभावलाई अन्त्य गर्नका लागि कदम चाल्न आग्रह गर्दछौं । अन्य विकास निर्माणका कुराहरुलाई थाँती राखेर भएर पनि किसानका आजका यि समस्याहरुलाई समाधान गर्न राज्यसत्तालाई फेरि पनि कलमको माध्यमबाट आग्रह गर्दछौं ।
सधैंभरि यो निरिहता नेपाली जनताको लागि पाच्य हुने विषय होइन । यसको दीर्घकालिन समाधान खोज्न पनि जोडदार माग गर्दछौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • Post Thumbnail

    सत्ता प्रतिपादक बन्नुहुन्न

  • Post Thumbnail

    सेवाग्राहीलाई सास्ती दिने कार्य बन्द गर

  • Post Thumbnail

    स्थानीय तहको बेथिति कहिले सम्म ?

  • Post Thumbnail

    स्थानीय सरकारको मर्म विपरित जाने छुट छैन

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0