Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

असारे विकासको अन्त्य गर

प्रभातफेरी अनलाइन ३६४ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ७, मंगलबार (३ साल अघि)
Post Thumbnail

मुलुकमा धेरै परिवर्तनहरु भए । तर २००७ सालदेखि २०७९ सालसम्म आइपुग्दा पनि पुर्खाको बिँडो छुटेन । यसका पछाडि परिवर्तनका नाममा शुन्यताबाट कहिल्यै पनि शुभारम्भ नभएको पुष्टि गर्दछ । परिवर्तन एक एउटा पुस्तालाई विस्तापित गरेर अर्काे पुस्ताको उदय गराउने भन्दा अरु केही उपलब्धीहरु हाता लागेका छैनन् भन्ने बलियो प्रमाण असारे विकासले देखाएको छ ।
वर्षका ११ महिना यता र उति गिजोलगाजलमै सकिने र असारमा आइसकेपछि बिल भर्पाई मिलाउने नाममा विकासे योजनाहरुको बिर्काे लाउने काम हुनु अत्यन्तै निन्दनीय कार्यको रुपमा नयाँ पुस्ताले महसुस गरिरहेका छन् । नेपाली जनहरुका लागि असार महिना अत्यन्तै महत्वपूर्ण खेतीको महिना मानिन्छ तर गैरजिम्मेवारी बहन गर्ने कर्मचारीतन्त्रका लागि यो महिना ति किसानहरुको भन्दा पनि महत्वपूर्ण हुँदै आएको छ । वर्षको ११ महिना सुख्खा तलबको रुपमा हाटा गर्ने कर्मचारीहरुका लागि असार महिना कमाउ थलोको रुपमा लिने गरिन्छ ।
किसानको लागि चाहिने पानीको लागि मनसुन सुरु भइसक्ने महिना हो यो । जमीन अरु महिनामा बाँझै रहे पनि धान रोप्नका लागि उपयुक्त महिनाका रुपमा लिइन्छ । १२ महिना पाल्ने खेती गर्ने महिनाका रुपमा असारलाई लिइन्छ । जसको कारण असार १५ दही च्युरा खाने दिन, हिलोमा टेक्नुपर्ने दिन अनि धान दिवसको रुपमा पर्व मनाउने परम्पराको विकास हुँदै आएको छ ।
यो महिना खेतीका लागि मात्रै महत्वपूर्ण छैन । यही असार महिनामा फलको राजा मानिने आँप बजारमा आउने र विभिन्न स्वादका आँपहरु चाख्ने महिना पनि हो यो । विद्यार्थीहरुको लागि महत्वपूर्ण ठानिएको एसइइको नतिजा आउने महिना पनि असारमै पर्ने गर्छ ।
प्राकृतिक विपत्ति र प्रकोपको दृष्टिकोणले नेपाल अत्यन्तै जोखिमयुक्त देशको श्रेणीमा पर्दछ । असार महिनामा नै नदीहरुको स्तर बढेर जलस्तर बढ्छ । यसले बाढी आउने, समुचित ढल निकासको अभावमा वस्तीहरु जलमग्न भई जनता जोखिम मोल्दै विपत्तिको सामना गर्नुपर्ने महिना पनि असार नै हुन गएको छ । पहाडी क्षेत्रमा धेरै पहिरो जाने, जमीन भासिने, कारणले आवत जावतमा ठूलो व्यवधान अवरोध खडा हुने गर्दछ । धेरै दुर्घटना भई धनजनको ठूलो क्षति हुने महिनाको रुपमा असारलाई लिने गरिन्छ ।
व्यवसायिक क्षेत्रमा असार महिना अत्यनत व्यस्त हुने महिना हो । सरकारलाई बुझाउनुपर्ने कर, राजश्व किस्ता बुझाउनुपर्ने महिना पनि हो यो । विकास निर्माण कामको त भेल र बाढी नै आउँछ असार महिनामा । काम नभए पनि प्रगति विवरणमा देखाउनको लागि आर्थिक वर्षको अन्तिम महिना असारमा धेरै खर्च गर्ने गरेको पाइन्छ । पानी निरन्तर परिरहेको बेलामा समेत ठेकेदारहरुले सडक कालोपत्रे गरिने काममा तीव्रता ल्याएको पाइन्छ । खानेपानीका पाइपलाइन पनि यही महिनामा बढी विछ्याइन्छ । ढल निकासको लागि खन्ने काम पनि यही महिनामा हुन्छ ।
मन्त्रालय, विभाग कार्यालयको लागि छुट्याइएको रकम खर्च नगरीकन रहेको अवस्थामा असार महिनामा कसरी खर्च गर्न सकिन्छ भनेर पालो पर्खेर बसेका हुन्छन् । असार महिनाको पत्रपत्रिका वा रेडियो, टेलिभिजन सुन्नु वा हेर्नुभयो भने दैनिक सरकारी गोष्ठी सेमिनार, अभिमुखीकरण, छलफलका दैनिक सयौं कार्यक्रम भइरहेको थाहा पाउन सकिन्छ । यो अवस्थामा एकजना कर्मचारीले १५ ठाउँमा दस्तखत गरेर भत्ता बुझेको अभिलेख पनि पाउन सक्छौं । यसले के पुष्टि गर्दछ भने राज्यको जुन किसिमको विकासे प्रणाली छ, त्यसमा सुधार हुन आवश्यक देखिन्छ । यदि त्यसतर्फ सरोकारवाला गम्भीर हुँदैनन् भने अब त्यसको सामना गर्न तयार हुनुपर्ने अवस्थामा रहन समेत सर्वसाधारणले चुनौती दिँदै आएका छन् । त्यसैले तत्काल यो परम्परालाई नीतिगत हुने भ्रष्टाचार हुने एउटा अंगको रुपमा रहेको छ ।
त्यसैले यस किसिमको संस्कारको अन्त्य गर्नका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण होस् भन्ने अपेक्षा हामीले राखेका छौं । आशा छ आगामी वर्ष यस किसिमका अवैध गतिविधिहरुले असार महिनालाई बिटुलो पार्ने छैन भन्ने ठम्याई हाम्रो रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0