Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ १, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मुलुककै उच्च तालिम केन्द्रको रुपमा स्थापित हुनेछ ः नेता हुमागाईं

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले सार्थकता पायो, जिल्लावासीमा खुशियाली छायो

प्रभातफेरी अनलाइन ४३१ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १४, मंगलबार (३ साल अघि)
मुलुककै उच्च तालिम केन्द्रको रुपमा स्थापित हुनेछ ः नेता हुमागाईं

काभ्रे । लामो समयको प्रतिक्षापश्चात् पनौती नगरपालिका वडा नं. ६ मा निर्माण हुन गईरहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले सार्थकता पाउने भएको छ ।
सो सम्बन्धमा नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य तथा पूर्व सांसद एवं वरिष्ठ नेता शिवप्रसाद हुमागाईंको कथन छ– आफू नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति भएको बखत तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र गृहमन्त्री खुमबहादुर खड्का समक्ष सो तालिम केन्द्रका बारेमा आग्रह गरेअनुसार नेपाल सरकारको नीति पछ्याउँदै सुरक्षाको पहुँचलाई फराकिलो रुपमा अगाडि लैजाने योजनाअनुसार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका लागि जग्गा व्यवस्थापन लगायत अनुमति लिने काम भएको बताउनुभएको छ । जुन पहल भयो, त्यसले काभ्रेकै इतिहासमा महत्वपूर्ण भूमिका राख्छ । उपत्यका बाहिर रहेको सबैभन्दा ठूलो संस्थाको रुपमा यस तालिम केन्द्रलाई लिन सकिन्छ । जसरी राज्यले स्वास्थ्य र सुरक्षामा जनताको पहुँच पु¥याउने लक्ष्य अनुरुप नै सो तालिम केन्द्र निर्माण भइरहेको जानकारी दिनुभएको छ ।
उक्त तालिम केन्द्रको निर्माण भारतीय सरकारको आर्थिक सहयोगमा हुने भएकोले पनि यसले दीर्घकालिन महत्व राख्ने नेता हुमागाईंले बताउनुभएको छ । तत्कालिन प्रधानमन्त्री कोइराला र गृहमन्त्री खड्काले एक वचनमै सो प्रतिष्ठानलाई काभ्रेको रमणीय स्थल पनौतीमा स्थापना गर्नका लागि सहमति जनाउनु नै काभ्रेली जनताको लागि गौरवको विषय भएको बताउनुभएको छ ।


सुरक्षाकर्मीहरुका लागि प्रविधिसँगै सक्षम र क्षमतावान् बनाउने उद्देश्यका साथ मुलुककै उच्च सुविधा सम्पन्न तालिम केन्द्रका रुपमा यस प्रतिष्ठानले भूमिका खेल्ने नेता हुमागाईंको दाबी रहेको छ । विशेष गरी उपत्यका सँगसँगै काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखा लगायतका जिल्लालाई महत्व दिएतापनि समग्रमा सिंगो मुलुककै प्रतिनिधित्व यस प्रतिष्ठानले गर्ने नेता हुमागाईंले बताउनुभएको छ ।
सोमबार खरिद ऐन २०६३ एवं सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम टेण्डरबाट छनौट भएको Ahluwalia Contracts (India) Ltd. Roshan Construction Pvt. Ltd. Joint Venture (ACIL-RCPL JV) र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबीच महाराजगञ्जमा सम्झौता पत्रमा हस्तान्तरण भएको छ । प्रत्येक काभ्रेलीहरुको चासोको विषय रहेको सो राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले वैधानिक रुपमा सार्थकता पाएको छ । सो सम्झौतापछि स्थानीयहरुमा उत्साह छाएको बताईएको छ ।
पनौती नगरपालिका वडा नं. ६ का पूर्व वडा अध्यक्ष सुधिर सापकोटाको कथन थियो– आफ्नै कार्यकालमा नभए पनि योजनाले निरन्तरता पाएकोमा खुशी व्यक्त गर्नुभएको छ । राज्यले अरबौं रुपैयाँ लगानी गरेर जग्गा प्राप्ती सँगसँगै डिपिआर समेत तयार भइसकेको अवस्थामा यस्ता बहुआयामिक आयोजनाहरु तोडिने घटनाहरु धेरै भएको अवस्थामा जुन किसिमबाट प्रहरी प्रतिष्ठानले सार्थकता प्राप्त गरेको छ, त्यसले यस भेगको आन्तरिक पर्यटनमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको बताउनुभएको छ ।
त्यसैगरी सामाजिक अभियान्ता एवं पूर्व सैनिक अधिकृत इन्जिनियर रामकुमार बस्नेतको तर्क छ– सम्पूर्ण हिसाबले यसको महत्व अत्यन्तै रहेको र आन्तरिक पर्यटन प्रवद्र्धनमा प्रतिष्ठानले अनुकरणीय भूमिका खेल्ने विश्वास रहेको बताउनुभएको छ । आफू पूर्व सैनिक अधिकृत भएको कारण पनि सुरक्षा निकायको एउटा विभागीय संस्था यस भूगोलमा स्थापित हुनुको महत्व, दायित्व र जिम्मेवारीका बारेमा धेरै चर्चा गरिराख्नु नपर्ने बताउनुहुँदै जुन प्रतिष्ठानले पूर्णता प्राप्त गर्न गइरहेको छ, यसले समग्र पनौती मात्र नभई काभ्रे जिल्लाकै महिमामा सकारात्मक प्रभाव छोड्ने छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सुरक्षाकर्मीहरुको ध्यान यो प्रतिष्ठानले खिच्ने छ । जसका कारण ऐतिहासिक धार्मिक नगरी पनौतीको पहिचानलाई अझ उचाईमा पु¥याउने छ भन्ने विश्वास व्यक्तिगत रुपमा नभई सामाजिक रुपमै हामीले लिएका छौं ।


उक्त सम्झौता पत्रमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरिक्षक मुकुन्दराज आचार्य र ACIL-RCPL JV का तर्फबाट  Ahluwalia Contracts (India) Ltd. का Chief Operation Officer Arun Sahai लगायतले हस्ताक्षर गर्नुभएको छ । उक्त हस्ताक्षर कार्यक्रममा परामर्शदाता CPWD का प्रतिनिधि तथा प्रहरी प्रशिक्षण प्रतिष्ठान, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, नेपाल प्रहरी प्रधान कार्यालय, भौतिक पूर्वाधार निर्देशनालय एवं ACIL-RCPL JV का वरिष्ठ अधिकृत लगायतको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

  • (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0