Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १३, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बनेपाले छिट्टै परिवर्तनको अनुभूति गर्नेछ ः प्रमुख शाक्य

प्रभातफेरी अनलाइन १२८ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ २१, मंगलबार (८ महिना अघि)
बनेपाले छिट्टै परिवर्तनको अनुभूति गर्नेछ ः प्रमुख शाक्य

काभ्रे । लायन्स क्लबहरुको संयुक्त पदस्थापना कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि एवं बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले बनेपाले छिट्टै परिवर्तनको अनुभूति गर्ने बताउनुभएको छ ।
हिजो कसले के ग¥यो, त्यता नफर्किऔं । त्यसबाट राम्रा कुराहरुलाई लिँदै अगाडि बढ्नु नै आजको आवश्यकता हो । शब्दमा परिवर्तन होइन, बनेपाले व्यवहारमा परिवर्तन खोजेको छ, त्यो अनुभूति गराउनका लागि नगरपालिका सँगसँगै मानवीय क्षेत्रमा अनुकरणीय भूमिका खेल्ने लायन्स क्लबहरुको पनि दायित्व त्यतिकै रहन्छ भन्नुहुँदै अब लायन्स क्लबहरुले सेवाको नाममा जुन विगतदेखि गर्दै आउनुभयो, त्यसलाई परिवर्तन गरेर उत्पादनमुखी चेतनाको विकास गर्न आवश्यक छ । खान दिने होइन, अन्न उब्जाउन सिकाउने वातावरण सिर्जना गराउनुछ । त्यसका लागि लायन्सका बारेमा आफूले निकै पहिलेदेखि अनुशरण गर्दै आएको एउटा वादलाई अब व्यवहारमुखी बनाउन आवश्यक छ । आफू लायन्सको सदस्य समेत रहेको स्मरण गराउँदै प्रमुख शाक्य थप्नुहुन्छ– हामी लायन्सहरुले सामाजिक रुपान्तरणमा गर्न सकिने जुनसुकै भूमिकालाई पनि लिन आवश्यक छ । त्यसैले सामाजिक दायित्व अन्तर्गत जीविकोपार्जनतर्फ उत्प्रेरकको रुपमा समाजमा स्थापित भयौं भने मात्र लायन्सवादको अर्थ रहन सक्छ । तबमात्र समाजले साथ र सहयोग दिन सक्छ । त्यसका लागि नगरपालिका सदैव सहकार्य गर्न तयार रहेको पनि प्रमुख शाक्यले कार्यक्रममा खुलासा गर्नुभयो ।
मुलुकको जुनसुकै भूगोलमा रहेका लायन्सहरुसँग बनेपा नगरपालिका हातेमालो गर्न तयार छ तर त्यसका लागि भूगोल सुहाउँदो योजना लिएर आउन आवश्यक रहेको प्रमुख अतिथि शाक्यले कार्यक्रममा बताउन पछि पर्नु भएन ।
उक्त पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै गर्भनर लायन मणिश्री रत्न बज्राचार्यको कथन थियो– काभ्रे जिल्ला लायनहरुको उर्वरा भूमि भनेर चिनिन्छ । जुन किसिमबाट काभ्रेमा लायन्स क्लबहरुको विकास भएको छ, त्यसले सिंगो मुलुकको ध्यानाकर्षण गरेको छ । नेपालमा रहेको १५ वटा डिष्ट्रिकमध्ये ३२५ एल ले आफूलाई उत्कृष्ट स्थानमा स्थापित गर्ने संकेत दिएको चर्चा गर्नुहुँदै गर्भनर लायन बज्राचार्यको थप कथन थियो– लायन्स क्लबहरु पारदर्शी ढंगबाट चल्न सके भने सकारात्मक सन्देश प्रवाह हुन टाढा जानु नपर्ने उदाहरणको रुपमा समता स्कूललाई लिएको बताउनुभएको छ । आज न्यूनत्तम शुल्कमा जुन किसिमको गुणस्तरीय शिक्षा दिन सफल भएको समता स्कूलप्रति लायन्स क्लबले देखाएको सदाशयता पनि एउटा उदाहरण हो । प्रत्येक लायन्सहरुले काभ्रेबाट सिक्न आवश्यक छ । जबसम्म लायन्सले परिवर्तनको अनुभूति आफैंबाट सुरु गर्दैनन्, तबसम्म नागरिकले लायन्सले हेर्ने सोचाइमा परिवर्तन आउँदैन । यो अवस्थामा हामी लायन्सबाट सम्मानित होइन, समाजले हामी लायन्सलाई सम्मान गर्ने वातावरण बनाउन सक्नुपर्छ, तबमात्र लायन्स हुनेछ ।
लायन्सको क्षेत्रमा नेपालले जुन किसिमको फड्को पार गरेको छ, त्यसको बारेमा विश्व लायन्स मञ्च आफैं अनुत्तरित अवस्थामा पुगेको छ । नेपालीहरुको लायन्सप्रतिको आकर्षणका कारण आज विश्वका लायन्सहरु सूक्ष्म ढंगबाट अगाडि जान नेपालसँग सिकिरहेका छन् । जुन अवस्था नेपालमा सिर्जना भएको छ, त्यो नेपाली लायन्स इतिहासमा अतुलनीय रुपमा देखिएको छ भन्नुहुँदै गर्भनर लायन बज्राचार्यको कथन छ– डिष्ट्रिक ३२५ एल को पहिलो पदस्थापन कार्यक्रम नै काभे्रको व्यवसायिक नगरी बनेपाबाट सुरु भएको छ । यसले के संकेत गर्छ भने काभे्रमा लायन्सको महत्व र यसले पार्न खोजेको प्रभावका बारेमा नाईं भन्न सकिने अवस्थै रहेन भन्न पनि पछि पर्नु भएन गर्भनर लायन बज्राचार्य ।
उक्त पदस्थापन कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं नाला काभ्रे, लायन्स क्लब अफ काठमाडौं सञ्जीवनी धुलिखेल, लायन्स क्लब अफ काठमाडौं टेम्पल चण्डेश्वरी र लायन्स क्लब अफ काठमाडौं काभ्रे धुलिखेलका ०२१–२२ का प्रेसिडेन्टले आफ्नो कार्यकालमा पु¥याएको सामाजिक योगदानका बारेमा चर्चा गर्नुभएको थियो भने ०२२–२३ का प्रेसिडेन्टहरुले आफ्नो कार्यकालमा सामाजिक रुपान्तरणमा पु¥याउने योगदानका बारेमा सहभागी माझ खाका प्रस्तुत गरेका थिए ।
उक्त पदस्थापन कार्यक्रमको अध्यक्षता लायन ध्रुव श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन लायन रमेश श्रेष्ठले गर्नुभएको थियो । लायन्सको श्रेष्ठमा अनुकरणीय योगदान पु¥याउनुहुने लायनहरुलाई प्रमुख अतिथि र गर्भनरबाट संयुक्त रुपमा सम्मान गरिएको थियो । सो कार्यक्रममा लायन परमेश्वर बराई, लायन सुमन भट्ट, लायन गौतम मान श्रेष्ठ, लायन सुरेन्द्र रत्न शाक्य, लायन हरि ढकाल, लायन मनकृष्ण श्रेष्ठ, लायन राज शिरोमणी तुलाधर लगायतको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
बनेपा सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0