Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन १७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कर्मकाण्डी अन्त कहिले गर्छाै ?

प्रभातफेरी अनलाइन १५४ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ २१, मंगलबार (१ साल अघि)
Post Thumbnail

नेपालको विकास क्रमलाई हेर्ने हो भने २००७ पछि बामे सरेको देखिन्छ । पछिल्लो घटनाक्रमलाई नियाल्दा पञ्चायतको अवशानपछि नेपालमा उल्लेख्य विकास भएको भनिएको छ ।
झट्ट हेर्दा ३० वर्षे कालरात्री पछि उदाएको बहुदलीय व्यवस्थामा केही परिवर्तन देखिएको यथार्थ हो तर जुन संस्कारको विकास भएको छ, त्यसको भने निरन्तर रुपमा कायमै देखिन्छ । चाहे राणा शासनमा होस् या पञ्चायत वा बहुदलीय व्यवस्था ।
व्यवहारिक रुपमा कुनै किसिमको नयाँपन पाइँदैन । अध्ययनका क्रममा हिजो जे थियो आज पनि त्यसैले निरन्तरता पाएको छ । राणा शासन, पञ्चायत शासन, बहुदलीय व्यवस्था अनि गणतन्त्रसम्म आइपुग्दा कानूनी रुपमा कहिँ पनि शून्यताबाट शुरु भएको देखिँदैन । जसको एउटा रुप असारे विकासलाई लिन सकिन्छ । वर्षका ११ महिना खर्च नभएको बजेट १५ दिनभित्र खर्च हुन्छ र २५औं दिनका दिनमा फरफार समेत हुन पुग्छ । यसले नेपालको विकासक्रम र गुणस्तरीयतालाई कसरी हेरिएको छ भन्ने सवालमा सहजै अनुमान लगाउन सकिन्छ ।
यो कर्मकाण्डीलाई अन्त गर्ने शासक अझै नेपाली जनताले पाउन सकिरहेका छैनन् । के यसका लागि फेरि रगतको खोलो बगाउनुपर्ने हो ? होइन भने समाजवाद उन्मुख गणतन्त्रमा किन पुरानै परम्परालाई निरन्तरता दिँदै उही कर्मकाण्डीलाई अगाडि ल्याइन्छ ? के नेपाली जनताले परिवर्तनमा बोतल मात्र फेरेका हुन् ? यसको जवाफ सरोकारवाला निकायले दिन आवश्यक छैन ? के उनीहरुको जिम्मेवारी हुँदैन ? सधैंभरि नेपाली जनता आन्दोलनमा ढाल बनेर उभिदिनुपर्ने हो ? बलिको बोकाकै जिम्मेवारी निभाइदिनुपर्ने हो ? आफूलाई परिवर्तनका हिमायती सम्झनेहरुले यसबारेमा गम्भीरतापूर्वक समीक्षा गर्न आवश्यक छैन ?
अतितका आला घाउहरु खाटा लाग्ने अवस्थामा पुग्दा–नपुग्दा नेपाली चेलीहरुको सिउँदो रित्तिन्छ, आमाहरुको काख रित्तिन्छ, आँगनको डिलमा बसेकी आमाको आँखा टटाउँछन् तर पनि अन्तिम साहारा किन आउँदैन ? जवाफ छ ? त्यसैले यावत् प्रश्नहरुका बारेमा सूक्ष्म निमर्म तरिकाबाट समाधान खोजिनपर्छ । यदि यस विषयमा गम्भीर चासो लिएर नेतृत्वले अगाडि बढ्दैन भने अब हर्क साम्पाङ र बालेन जस्ता युवाहरु अर्काे आँधीबेरी लिएर सडकमा नआउलान् भन्न सकिन्न । त्यतिबेला सिर्जना हुने गम्भीर अवस्थाको जिम्मेवार यो नेतृत्वहरुले लिन पर्नेछ र त्यतिबेला नेपाली जनताले आफ्नो हिसाबकिताब राख्नेछन् कि कर्मकाण्डी नेपालको सन्दर्भमा अब अति भो । यसको निचोड आवश्यक छ भन्ने ठम्याईमा हामी पुगेका छौं ।
हाम्रो निचोड छ, असारे विकासका नाउँमा हुँदै आएका कर्मकाण्डीहरु सदाको लागि अन्त गर्न आवश्यक छ । सरोकारवाला निकायले यसबारेमा गम्भीरता देखाउँदैन भने कलम पनि तरबार भएर निस्किन बेर लाग्दैन । त्यसैले घटना सानो होस् वा ठूलो, समयमै त्यसको निरुपण हुन आवश्यक छ भन्ने निचोडमा हामी पुगेका छौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • Post Thumbnail

    सामाजिक सेवामा सहभागी बन

  • Post Thumbnail

    स्वास्थ्य क्षेत्रको लापरवाही कहिले सम्म !

  • Post Thumbnail

    संविधानको संरक्षण गर

  • Post Thumbnail

    विद्यालयमा नैतिक शिक्षाको आवश्यकता

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन १० गते

    २०८० आश्विन १० गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    आधुनिक कविताका जरा मोहन कोइराला

    आधुनिक कविताका जरा मोहन कोइराला

    Post Thumbnail

    सामाजिक सेवामा सहभागी बन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0