राजेश पाठक
कहाँ सोचियो ? प्रेम जिउँदो नहोला !
नजरलाई परेलाको खाँचो नहोला !!
यो वर्षातमा, खेत बाँझो नहोला !
जरुरत बुझ्यौ अब कुटाको नहोला !!
रुने याद गर्ने कहाँ हुन्छ फुर्सद? !
यताझैँ उता आँसु सस्तो नहोला !!
सोचेको थिएँ उसको आगमन किरण हो !
दुखीको कुटी अब, अँध्यारो नहोला !!
हुनेछन् खुशी पूर्ण सब याद राख्नू !
भैलै ओठमा सत्य हाँसो नहोला !!
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |