जिज्ञासु पौडेल तिलक, बुटवल
हाल काठमाडौं
निस्केर जान्छ सारा खुसी छोडेर, सारा पीर छोडेर
आखिर कहाँ जाँदोरहेछ मुर्दाको सास शरीर छोडेर ?
बुद्धिमान भनौं कि अबुझ भनौं म ती जानेहरूलाई ?
सजिलै बिर्सिन आदेश दिन्छन् मुटुमा तस्वीर छोडेर
केही त दिएको छ मलाई स्वार्थी कसरी भनु उसलाई
आफु धनुष मात्र लिएर गयो यो छातिमा तीर छोडेर
माथि पुग्नेको अहम् जति हुन्छ त्यत्ति हुन्छ डर पनि
खस्यो भने त पाउमै पुग्छ नि टोपी पनि शिर छोडेर
मलाइ थाहा छ उस्को बाउ खान नपाएर मरेको हो
छोरो आएकोछ आज खोलाको तिरमा खीर छोडेर
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |