Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १५, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सौन्दर्य काल नबनोस्

प्रभातफेरी अनलाइन ६५७ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण १०, मंगलबार (३ साल अघि)
Post Thumbnail

हरियाली विस्तार तथा भूक्षय रोक्नको लागि सडक किनारामा लगाइएको रूखहरू पछिल्लो समयमा आएर सर्वसाधारणको लागि काल बनेको छ । सडकको दायाँ बायाँ रोपिएको रूखहरूले सौन्दर्य दियो तर उचित व्यवस्थापन हुन नसक्दा काल बन्यो । हरियाली साथै सौन्दर्यको लागि सडकको छेउमा रोपिएको बिरुवाको पहिचान गर्न नसक्दा थप समस्या आएको हो । सडक निर्माणको समयमा कुन बोट बिरुवा रोप्दा हरियालीको साथै सौन्दर्यका साथै सुरक्षित भन्ने विषयमा चासो भएन जसको कारण सडक किनारामा रोपिएको बिरुवाहरू छोटै समयमा धेरै ठुलो भयो ।
सडक विभाग साथै स्थानीय तहले काट छाँटको विषयमा कुनै चासो दिइएन । त्यतिमात्रै नभएर सडकछेउमा सुकेर कुहिन लाग्दापनि हटाउने प्रयास सम्म पनि भयन जसको कारण बर्सातमा पानीसँगै आएको हावा हुरीले रूख ढल्दा सडकमा गुडिरहेका सवारी साधनमा गुजारिने गर्दा सवारी साधनको साथै मानव क्षति समेत भएको छ ।
विषेश गरेर अरनिको राजमार्ग दायाँ बायाँ सुकेका बुढो पुरानो ढल्ने तयारीमा रहेको धेरै बोटहरू देखिन्छ । जसको कारण सडक छेउमा रहेको घरहरू जोखिममा रहेका छन् । स्थानीयले उक्त रूखहरू हटाउंदा कानुन लाग्छ, जनताको समस्याको विषयमा स्थानीय तहले समेत चासो राखेको छैन ।
स्थानीय स्तरमा रहेको वन उपभोक्ता समितिहरू समेत मौन छन् । जिल्ला बन कार्यालयहरू टुल टुल हेरेर हिँड्छन् ढल्ने तयारीमा रहेका महकिएका रूखहरू । केही दिन अगाडि मात्रै भक्तपुरमा रूख ढलेर सवारी साधनमाथि बजारिँदा तीन जनाको मृत्यु भयो भने १२ जना घाईते भए । यसरी मानवीय क्षति हुनुमा मकिएको पुराना रूखहरू नहटाउनुले गर्दा भएको हो ।
सडकको छेउ दायाँ बायाँ) हरियाली तथा सौन्दर्यको लागि बिरुवा रोप्दा पहिलानै त्यसको विषयमा अध्ययन गर्न जरुरी रहन्छ । सो बिरुवाको उचाइ मोटाइ साथै आयु ।
बिरुवा रोप्दा क्षति हुन सक्ने सम्भाव्यता अध्ययन गर्न जरुरी साथै विरुवा रोपी सकेपछि त्यसको संरक्षण साथै समय समयमा काँट छाँट उक्तिकै आवश्यक रहन्छ । सडकको छेउमा रोपिएका बिरुवाहरू धेरै ठुलो हुने खालको हुँदा घुम्तीहरूमा बिपरित दिशाबाट आएको सवारी साधनहरू नदेख्दा दुर्घटना हुने गरेको धेरै उदाहरणहरू रहेका छन् । अबको दिनहरूमा सडक छेउमा वृक्षारोपण गर्दा सौन्दर्यका दिने खालका ठुलो नहुने जातका बिरुवाहरू रोप्न जरुरी रहन्छ । हरियाली, भूक्षय हुन नदिने खालको सौनदर्यता दिने खालको विरुवा रोपेर दुर्घटनाहरू हुनबाट बचाउन जरुरी रहन्छ । साथै सडकको छेउमा रहेका थोत्रा बुढा रुखहरूलाई तत्काल हटाउने प्रकृयालाई अगाडि बढाउन आवश्यक रहेको हाम्रो ठम्याइ छ । अपेक्षा गरौं, आगामी दिनहरुमा त्यस्ता अप्रिय घटनाहरु सुन्न र देख्न पर्नेछैन भन्ने निचोडमा हामी पुगेका छौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

    Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

    Post Thumbnail

    संघीय संरचना अनुसार नेपाल रेडक्रस सोसाइटी बिकेन्द्रीकृत ढांचामा गएको छ ।

    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0