जीवित खड्का मगर
गुल्मी, हाल युएइ
यो पहाड पहाडको बाटो
उकालो उक्लिन्छ उकालैउकालो ।
उँभो हेर्दा पहराले लगाएको
शिरको टोपी भुइँमा खस्ला झैँ लाग्छ
उँधो हेर्दा कहालीलाग्दो भिरको पैताला
ओरालैओरालो छहरासँग हराउला झैँ लाग्छ ।
उस्तै लाग्छ यो पहाड
उस्तै लाग्छ
पहाडमाथि समुद्र भएजस्तै लाग्छ ।
बोल्दाबोल्दै बोल्नेबोली बोलेका मानिस नबोलेपछि
यो बाटोका कथा–कहानीहरू नसुनाउनू भन्छन्
हिँड्दाहिँड्दै हिँड्नेबाटो हिँडेका मानिस नहिँडेपछि
यो बाटोमा हिँड्ने आँट नगर्नू भन्छन् ।
यद्यपि, मलाई
यो पहाडसंग जोडिएको उ … त्यो पहाड
यहीबाटो हिँड्दाहिँड्दै त्यहीँ पुगेकोदेख्दा
हिँड्ने पहाडजस्तो
पहाडको बाटो हिँडिरहूँ लाग्छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |