Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १३, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सहकारीहरुले गुमाउँदै जनविश्वास

प्रभातफेरी अनलाइन १११ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण १७, मंगलबार (७ महिना अघि)
Post Thumbnail

सहकारीको स्थापनाकाल निकै लामो भएतापनि दुई दशकदेखि निकै चर्चामा आउन सफल भएको थियो सहकारी संस्था । बैंकहरुले भन्दा छिटो छरितो ढंगबाट सेवा दिदै जनताको मन जित्न सफल भएको सहकारी संस्थाहरु पछिल्लो समयमा आएर जनताले हेर्ने दृष्टिकोणमा परिवर्तन हुन थालेको छ । बैंकहरुले निक्षपमा व्याज कम दिने साथै कर्जा लगानिमा झंझटिलो मात्रै नभई मौकामिले कर्जा प्रवाह गर्दा कमिसन समेत लिने गरेकोले जनताहरुले सहकारीहरुलाई मायाँ गरेका हुन् । पछिल्लो समयमा आएर निकै नामचलेका ठुला सहकारीहरुले शेयर सदस्यहरुको रकम हिनामिना गर्दै फरार भएका घटनाहरु दिनपर दिन वढ्न थालेपछि जनतामा शङ्का उत्पन्न हुनु नौलो होईन । सहकारीका सञ्चालकहरुले संस्थाको आर्थिक हिनामिना गर्नाले शेयर सदस्यहरुले भनेको समयमा भुक्तानि दिन नसक्दा समस्या उत्पन्न भई सञ्चालकहरु फरार हुनेक्रम बढेको छ ।
समयमा संस्थाको साधारणसभा नगर्नु , साधारण सभा गरेपनि कागजि घोडा दौडाउनु शेयर सदस्यहरुलाई संस्थाको वारेमा वास्तविक जानकारी नगराउनु समस्याको जड कारण हो । लामो समयसम्म एउटै अनुहारहरु मात्रै संस्थाको सञ्चालकमा चुनिने वातावरणको लागि निकै कसरत गर्नु अर्को सङ्काको दायरा हो । संस्थाको भित्रि रहस्य सार्वजनिक होला भन्ने हेतुले प्राय सधै एकैखाले अनुहारले मात्रै संस्था हाकिरहेका हुन्छन । कतिपय सहकारीहरुमा सञ्चालक निर्हे हुनेगरेको पनि पाईएको छ । सहकारीमा रहेका कर्मचारीले के गर्दैछन् भन्ने जानकारी समेत हुँदैन । सञ्चालकहरुले मासिक रुपमा निगरानी गर्नुपर्ने सदस्यको बचत रकम, शेयर रकम, लगानी, तरलता साथै कोषको अवस्थाको समेत जानकारी नराखी साधारण सभामा कागजि घोडा दौडाहाकै भरमा ढुक्क रहन्छन् ।
सहकारीमा सञ्चालकहरु क्षमतावान भन्दा निरन्तरतालाई जोड दिएका उदाहरणहरु धेरै रहेको पाईन्छ । नयाँ अनुहारहरु भित्रदा सहकारीको भित्रि रहस्य थाहा होला भन्ने डरले सञ्चालकहरुलाई निरन्तरा दिन खोजिन्छ । हाल दुर्घटना हुने गरेको सहकारीहरु लामो समयसम्म एउटै अनुहार रहेको पाइन्छ । यदि संस्थालाई शेयर सदस्यहरुको मन जित्दै विस्वास हासिल गर्नेहो भने सञ्चालकहरुले संस्थाको अवस्थाको वारेमा जानकारी गराई रहन आवश्यक हुन्छ । सञ्चालकहरु तथा कर्मचारीहरुले निक्षेप लिएर भाग्ने, बचतको दुरुपयोग गर्ने, आफ्नो व्यक्तिगत फाइदाका ठाउँमा लगानी गर्ने जस्ता क्रियाकलाप रोक्न जरुरी रहन्छ । सहकारीहरुमा हुनेगरेको दुरुपयोग लाई रोक्े साथै शेयर सदस्यहरुको शुरक्षाको ग्यारेन्टी सरकारले साथै संस्था सञ्चालनको लागि अनुमति दिने निकायले गर्नुुपर्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • Post Thumbnail

    सत्ता प्रतिपादक बन्नुहुन्न

  • Post Thumbnail

    सेवाग्राहीलाई सास्ती दिने कार्य बन्द गर

  • Post Thumbnail

    स्थानीय तहको बेथिति कहिले सम्म ?

  • Post Thumbnail

    स्थानीय सरकारको मर्म विपरित जाने छुट छैन

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0