Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

“हर्क”

प्रभातफेरी अनलाइन ४१५ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण १७, मंगलबार (३ साल अघि)
“हर्क”

युवराज खतिवडा
बुद्धशान्ति–३, झापा

ओ ! हर्क
तिमीलाई त धराने हर्क मात्रै
भन्ने सोचेका थियौँ हामीले
तर तिमी त थाहै नपाई
जम्मै नेपाली मनको
हर्क पो बनिसकेछौ
तिमीले त अग्रगमनको
बाटो पनि समाती सकेछौ
मन मुटु समर्पित गरी
देशको माटो पनि समाती सकेछौ

ओ ! हर्क तिमी कुन हर्कले
आएका थियौ ?
तिमी झैँ हाकिमहरू मस्त सुतिरहँदा
चिया पसलहरूमा मात्रै गफिईरहँदा
किन तिमीलाई मात्र झिसमिसेमा
उठेर कुद्न हतार भइरहन्छ?
कहिले पानीको पाइप बोकेर
पहाडको भिरैभीर दौडिन्छौ
कहिले ढुंगा माटो बोकेर
खोलाको तिरैतिर दौडिन्छौ
कहिले फलफूलका बिरुवा रोप्न
धरानको शिरैशीर दौडिन्छौ

ओ हर्क ! तिमीले त
घरी स्वयंलाई कुल्ली बनाएर
घरी स्वयंलाई मदजूर बनाएर
घरी किसान बनाएर
आफूलाई मेयरको कुर्सीमा
बसाल्न पनि बिर्सिएछौ
तिमीले त कुन हर्कले हो कुन्नी
आराम गर्न पनि बिर्सिएछौ
तिमीलाई मात्र किन हो
देशको पीर लाग्ने !
तिमीमा मात्र किन हो
जनहरूको माया जाग्ने !

ओ ! हर्क भनन सबै मुखले बाँसुरी
बजाईरहँदा
किन तिमी कामको बाँसुरी बजाइरहेछौ
सबै आराम गरिरहँदा किन तिमी मात्र
पसिना बगाइरहेछौ
अरुले ब्यक्तिगत स्वार्थ बोकिरहँदा
किन राष्ट्रिय स्वार्थकोलागि मरिमेटिरहेछौ
अरुकै जस्ता
तिम्रो पनि घर गृहस्थी छ होला नि
अरुकै जस्ता
तिम्रा पनि बाउआमा छन् होला नि
तिम्रा पनि लालाबाला छन् होला नि
अरुकै जस्ता ;
ठूलो कुर्सीका नेताले
बैदेशिक ऋण खाए जस्तो
खाऊँ भन्ने लालच आउँदैन तिमीमा ?
हाकिमहरूले टल्किने टिपटप
टाइसुट लाएजस्तो
लाऊँ भन्ने कत्ति रहर
पलाउँदैन तिमीमा ?
अरु कुन माटोले बनेका थिए
अरु कुन धर्तीमा जन्मेका थिए
तिमीमा यो माटोको सुवास आइरहँदा
तिमीलाई पसिनाको मिठास लागिरहँदा
हेर त तिमी जस्तै देखिने हाकिमहरू
चिल्ला चिल्ला चील गाडीमा दौडिरहँदा
तिमीले त अफ्नो गाडी
चड्न पनि बिर्सिएछौ
गाडीमा हावा खाएर रिवन काट्न
दौडिने बेलामा आफ्नै गाडी बेचेर
बाटो बनाउन रोलर किनेछौ
अरु सानमा कुदिरहँदा
तिमी भने साइकलमा कुदिरहेछौ
तिमीले त अफ्नो रहर पनि बेचिसकेछौ
तिमीले त आफूलाई पनि बिर्सी सकेछौ
तिमीले त आफ्नै नाम हराइसकेछौ

ओ ! हर्क
अब तिमी तिम्रा बाउआमाको मात्र हर्क रहेनौ
तिमी तिम्रा आफ्नाहरूको मात्र हर्क रहेनौ
तिमी त सारा नेपालीको हर्क बनिसकेका छौ
ओहो! तिमी त कति चाँडै
धरानको सान बनिसकेछौ
अब तिमी धरानको मात्रै हैन
यो देशको सान बन्नुपर्छ
तिमीले देशको शीर उँचो बनाउनु पर्छ
यो देशको गौरव बन्नुपर्छ
सम्पूर्ण नेपालीको गौरव बन्नुपर्छ
ओ ! जनमनको हर्क
तिमीलाई मेरो सलाम छ
तिमीलाई हाम्रो सलाम । जय नेपाल ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • मुक्तक

    मुक्तक

  • मलाई गाउनु छैन स्वर्णयुगको गीत

    मलाई गाउनु छैन स्वर्णयुगको गीत

  • मुक्तक

    मुक्तक

  • जीवनवृत्त छन्दःझ्याउरे (असारे)

    जीवनवृत्त छन्दःझ्याउरे (असारे)

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0