रचना मोक्तान तामाङ
काभ्रेपलाञ्चोक
१.
प्रेममा आउने सबै विध्न बाधा हटाउ
हाम्रै हृदयको प्रेमिल गीत सँधै गाउ
म तिम्रै तपस्या र प्रतीक्षा गरिरहेछु
मेरो दिलमा प्रेमको ज्योति बनी आउ ।
२.
हरियाली वन–जंगलमा रमाउने मन छ
काँडा बीच फूलको डाली समाउने मन छ
सुन्दर समाज निर्माणको अभियन्ता बनी
जिन्दगीमा एउटा नाम कमाउने मन छ
३.
शक्तिशाली कलमहरु तीखा–तीखा संगीन बनून्
मधूर धून निकाल्ने बाजा त्यही भ्वायलिन बनून्
पल्टनबाजी खेल जस्तै मानिसको यो जिन्दगीमा
चक्रवात आए पनि सपना सँधै रंगीन बनून्
४.
धेरै पटक प्रतिगमन गनी गनी गए
प्रतिगमनकै मतियार बनी बनी गए
आफ्नै देशको टाउकोमा घन बजारेर
अग्रगमन–अग्रगमन भनी भनी गए ।
५.
पछ्यौरी अल्झी गयो बीच बाटोकै अरेलीमा
प्रिय तिमी आईराख्नु यो मनको तरेलीमा
तिमीलाई सम्झी मलाई पनि लाग्यो बाडुल्की
सजाउन पाउँ मैले दुई आँखाको परेलीमा ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |