खिम पुन मगर
बाग्लुङ
जीवन बत्तीको सलेदो लाग्न थाल्यो
धुलो माटो सारा आगो लाग्न थाल्यो
अझै डुब्ने मन छ आऊ, ए सुनामी !
पुराना ती घाउ प्यारो लाग्न थाल्यो
प्रिया ! जन्माऊँ कुनै संसार आफ्नै
मलाई ब्रम्हाण्ड सानो लाग्न थाल्यो
सयौं कमजोरी म मा छन् मैले बिर्सेँ
कमी देखाए नराम्रो लाग्न थाल्यो !
मेरो गहिरो प्रेम चर्को घामसँग छ !
मलाई यो रात लामो लाग्न थाल्यो
म दिलमा यौटा फुटेको काँच राखूँ ?
पुनः दिल जोडिन्छ जस्तो लाग्न थाल्यो
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |