Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १६, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आयल निगमले घाटा सहेर पनि मूल्य समायोजन गर्नेछ ः कार्यकारी प्रमुख थानी

“इन्डक्सन चुलो प्रयोग गरौं, नेपालको अर्थतन्त्रलाई जोगाऔं”

प्रभातफेरी अनलाइन २३३ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण २४, मंगलबार (७ महिना अघि)
आयल निगमले घाटा सहेर पनि मूल्य समायोजन गर्नेछ ः कार्यकारी प्रमुख थानी

सन्दर्भ ः लायन्स क्लब अफ इन्टरनेशनल ३२५ आइ नेपाल पदस्थापन कार्यक्रम

काठमाडौं । लायन्स क्लबको सपथ ग्रहण तथा पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाल आयल निगमका कार्यकारी प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि उमेश प्रसाद थानीले उक्त भनाई राख्नुभएको हो ।
शनिबार काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि थानीले इन्धनको मूल्य वृद्धिका कारण जुन महंगी बढेको छ, त्यसको समाधानका लागि आयल निगम नोक्सान व्यहोर्न तयार छ । अब छिट्टै मूल्य समायोजन हुनेछ । जसबाट निगमलाई घाटा होला । त्यता नजाऔं, नागरिकलाई सुविधा हुनु प¥यो । त्यसैले पनि घाटा खाएरै भए पनि इन्धनको मूल्य घटाउने बताउनुभएको छ ।
अब नेपाली नागरिकले खाडीको तेल होइन, स्वदेशमा उत्पादन भएको बिजुलीको भरपुर उपयोग गर्नुपर्छ भन्नुहुँदै अबको यात्रा इलेक्ट्रिक भेइकल प्रयोगमा जोड्न दिनुभयो । तब मात्रै महंगीको समस्या समाधान हुनेतर्फ इंकित गर्दै अब प्रत्येक भान्सामा इन्डक्सन चुलो बल्नुप¥यो भन्न पछि पर्नु भएन प्रमुख अतिथि थानी ।
सम्बोधनकै क्रममा प्रमुख अतिथि थानीले नेपालको राजनीतितर्फ इंकित गर्दै लायन्समा जसरी मुस्कान सहित पद हस्तान्तरण हुन्छ, त्यसको अनुशरण नेपालका राज नेतृत्वमा पनि हुन आवश्यक रहेको धारणा राख्नुभएको छ । यदि लायन्सको नीति पछ्याउन सक्यौं भने सम्वृद्ध नेपाल टाढा नरहेको प्रमुख अतिथि थानीको कथन छ । लायन्स यस्तो संस्था हो, जसले कुशल नेतृत्वको विकास गर्दछ भन्ने विश्वास आफूमा रहेको बताउनुभएको छ ।


कार्यक्रम डिष्ट्रिक ३२५ आइ नेपालका गभर्नर लायन राम बहादुर बस्यालले नवनिर्वाचित कार्यसमितिहरुलाई पदस्थापन गराउनुहुँदै लायनहरुले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका निभाउँदै आएका छन् । आगामी यात्रामा पनि अब्बल रुपमा प्रस्तुत हुने विश्वास व्यक्त गर्दै क्लबहरुलाई के गर्दा अब्बल बनाउन सकिन्छ, यहाँहरुले आफ्नो मातहतका क्लबहरुलाई चुस्तदुरुस्त र पारदर्शी ढंगबाट अगाडि बढाउनुहुनेछ भन्ने विश्वास आफूले लिएको बताउनुभएको छ । त्यसका लागि प्रत्येक लायन केन्द्रिकृत हुन आवश्यक छ । जसरी विगतमा ३२५ बि वान अब्बल सावित भएको थियो, त्यसरी नै ३२५ आइ पनि प्रत्येक लायनको मन मष्तिष्कमा स्थापित हुन आवश्यक छ । त्यसका लागि प्रत्येक लायन जिम्मेवारी हुनुपर्छ । तब मात्र लक्षित योजना पूरा हुनेछ । पहिला आफू बन्नुस्, क्लब बनाउनुस्, तब मात्र सम्वृद्ध डिष्ट्रिक्ट बन्नेछ । त्यसैले पर्मानेन्ट मेम्बर, मोडल क्लबको अवधारणा अगाडि ल्याइएको डिष्ट्रिक्ट गभर्नर लायन बस्यालले बताउनुभएको छ ।
यस डिष्ट्रिक्ट अन्तर्गत रहेका क्लबहरुको सपथ ग्रहण तथा पदस्थापन कार्यक्रम अन्तर्गत अन्तिम चरणको कार्यक्रमको दौरानमा डिष्ट्रिक्ट लिडरहरु अहिले काठमाडांैमा छन् । जिम्मेवारी सम्हालेको एक महिनामै उत्कृष्ट योगदान पु¥याउन सफल लायन लिडरहरुलाई डिष्ट्रिक्ट गभर्नर लायन बस्यालले विभिन्न विधामा तपसिल अनुसारका अवार्डद्वारा सम्मानित गर्नुभएको छ ।
जसमा लायन अफ द मन्थ जुलाइ लायन महेन्द्र कुमार राठी डिष्ट्रिक्ट कोअर्डिनेटर (लायन्स प्रोजेक्टस मेनेजमेन्ट), आइ विलिभ इन टिम वर्क अफ द मन्थ जुलाइ लायन सन्तोष कुमार श्रेष्ठ डिष्ट्रिक्ट चिफ (डिष्ट्रिक्ट बिल्डिङ्ग एण्ड ट्री प्लान्टेशन), रिजन चियरपर्सन अफ द मन्थ जुलाइ लायन धिरज श्रेष्ठ रिजन चियरपर्सन, जोन चियरपर्सन अफ द मन्थ (गण्डकी) जुलाइ लायन अर्जुन पौडेल जोन चियरपर्सन, जोन चियरपर्सन अफ द मन्थ (बाग्मती) जुलाइ लायन दामोदर केसी जोन चियरपर्सन, क्लब प्रेसिडेन्ट अफ द मन्थ (गण्डकी) जुलाइ लायन कृष्ण लम्साल प्रेसिडेन्ट, क्लब प्रेसिडेन्ट अफ द मन्थ (बाग्मती) जुलाइ लायन कमला गुरुङ्ग प्रेसिडेन्ट, क्लब अफ द मन्थ जुलाइ लायन्स क्लब अफ पोखरा अञ्जुली प्रेसिडेन्ट लायन निरा कोइराला, बेष्ट सर्भिस क्लब अफ द मन्थ (गण्डकी) जुलाइ लायन्स क्लब अफ म्याग्दी दोभान प्रेसिडेन्ट लायन कमला जिसी, बेष्ट सर्भिस क्लब अफ द मन्थ (बाग्मती) जुलाइ लायन्स क्लब अफ काठमाडौं सेवा अभियान प्रेसिडेन्ट लायन हुमकान्त न्यौपाने, बेस्ट सपोर्टिभ क्लब अफ द मन्थ जुलाइ लायन्स क्लब अफ लेखनाथ प्रेसिडेन्ट लायन तिलक शाली सापकोटा, माई क्लब पर्मानेन्ट क्लब अफ द मन्थ जुलाइ लायन्स क्लब अफ काठमाडौं अरनिको प्रेसिडेन्ट लायन प्रवेश अर्याल, मेम्बरशीप च्याम्पियन अफ द मन्थ जुलाइ लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वर प्रेसिडेन्ड लायन डायमण्ड थापा, इमर्जिङ्ग लायन अफ द मन्थ जुलाइ लायन रहमोहन सुवेदी प्रेसिडेन्ट सम्मानित हुनुभएको छ । सबैमा हाम्रो साधुवाद !

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • मजदुरहरु समृद्ध समाज निर्माणका अग्रज दस्ता हुन्ः फ्याक्सन इन्चार्ज घर्ती

    मजदुरहरु समृद्ध समाज निर्माणका अग्रज दस्ता हुन्ः फ्याक्सन इन्चार्ज घर्ती

  • लायनवादको हब बन्दैछ नेपालः लायन डा.यामदा

    लायनवादको हब बन्दैछ नेपालः लायन डा.यामदा

  • अस्पतालमा भएका कमी कमजोरीको जिम्मेवारी स्थानीय सरकारले लिन विवश छ ः प्रमुख शाक्य

    अस्पतालमा भएका कमी कमजोरीको जिम्मेवारी स्थानीय सरकारले लिन विवश छ ः प्रमुख शाक्य

  • इतिहास रच्दै बृहत् खेलकुद महोत्सव सम्पन्न

    इतिहास रच्दै बृहत् खेलकुद महोत्सव सम्पन्न

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0