Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १५, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

शान्तिपूर्ण ढंगबाट निर्वाचन सम्पन्न गर

प्रभातफेरी अनलाइन ४४६ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण ३१, मंगलबार (३ साल अघि)
Post Thumbnail

०६९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन सामान्य छिटपुट घटना बाहेक शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । तर स्थानिय तहमा जुन ढंगबाट सहज तरिकाबाट निर्वाचन सम्पन्न भयो प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन पनि सोही तरिकाले शान्तिपूर्ण तरिकाले सम्पन्न होला भन्नेमा ढुक्क रहन हुन्न । संघ तथा प्रदेशको निर्वाचन स्थानीय तहको भन्दा फरक महत्व हुने कारणले चलखेल बढीनै हुन सक्छ । त्यसैले निर्वाचनलाई नमुना ढंगबाट सम्पन्न गराउनको लागि सुरक्षा व्यवस्था मनपुत गराउन जरुरी रहन्छ ।
दुई वर्ष लामो प्रतिबन्ध खेपेर शान्तिपूर्ण राजनीतिमा आएको झण्डै एक वर्षपछि विप्लवले केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचनमा सहभागी भएका थिए । सो निर्वाचन सहज ढंगबाट सम्पन्न गराउनको लागि उनीहरूको पनि भूमिका राम्रै रहेको थियो । उनीहरूले स्वतन्त्र उम्मेदवारी दर्ता गराएर निर्वाचनमा भाग लिए तर कुनै स्थानमा पनि विजयी हासिल गर्न सफल भएन ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा विप्लव समुहले सहभागि जनाउने संकेत देखिएको छैन । पछिल्लो समय विप्लव समूहका नेताहरुले संसद बाहिर रहेका दलहरूसँग मोर्चा बनाएर चुनावमा जाने तयारी थालेका थिए । कम्युनिस्ट केन्द्र बनाउनु पर्ने बहसलाई अगाडि बढाइरहेका विप्लवले पछिल्लो समय ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी‚ आहुती नेतृत्वको वैज्ञानिक समाजवादी नेपाल कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी पार्टीसँग संयुक्त हिसाबले गतिविधि गरिरहेका अवस्थामा विप्लव लगायत नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी भएसँगै आन्दोलनमा उत्रिएको छ । पक्राउ पुर्जी जारी विरुद्ध २७ साउनदेखि आन्दोलनको सुरुवाती गरेको छ । आन्दोलनकै क्रममा नेपाल बन्दको समेत आयोजना गरेको छ ।
ललितपुर जिल्ला अदालतले चार मुद्दामा ३५ दिने म्यादसहित पक्राउको सूचना सार्वजनिक गरेपछि विप्लव समुह भड्किएको छ । हातहतियार तथा खरखजाना‚ सांगठनिक अपराध र आपराधिक लाभ‚ विस्फोट गराई कर्तव्य ज्यान तथा राज्य विरुद्धको अपराध गरेको लगायत मुद्दामा पक्राउ पुर्जी जारी गरिएको थियो । नेकपाका विप्लव समुहले सरकारले सहमति कार्यान्वयन गर्न छाडेर उल्टै पक्राउ पुर्जी जारी गरेर देशलाई द्वन्द्वमा धकेल्ने काम गरिरहेको भन्दै आएका छन् ।
२०७५ साल फागुनमा नेकपामा प्रतिबन्ध लगाएको थियो । त्यसको ठीक दुई वर्षपछि २० फागुन २०७७ मा तीनबुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा ल्याएको थियो । अदालतको निर्णले गर्दा पुन भड्किएको छ विप्लव समुह जसको कारण आगामी निर्वाचनमा अशान्ति मच्चाउने प्रयास हुन सक्छ त्यसैले सुरक्षा निकाय चनाखो हुन जरुरी रहन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

    Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

    Post Thumbnail

    संघीय संरचना अनुसार नेपाल रेडक्रस सोसाइटी बिकेन्द्रीकृत ढांचामा गएको छ ।

    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0