Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

घरदेश र आमा

प्रभातफेरी अनलाइन ४२१ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र ७, मंगलबार (३ साल अघि)
घरदेश र आमा

लोकराज भट्ट ‘डोटी’

ओखती थियो या पानी
गाउँको ढुंगे धारामा तिर्खा मेटाएपछि
हरियो बाँझोमा पल्टिँदा
छिनमै निदाउँथे आँखाहरू

बैशाख जेठको धुपमा
स्याँउलाको बिछ्यौना बनाएर
काफल डालिको छायाँमा
बेसुर भैरहँदा
बनचरीको जीबन्त भाकामा
सपनाबुन्न सघाउँथे परेलीहरू

गाउँमाथीको बन
बनमाथीको भीमकाय ढुंगोमा
झ्याउ कोट्याउदै
हात रंगाईरहेका सान्नानीहरूको
मीठो गुनगुनाईमा
करङहरूले कहिल्यै खोजेनन्
कपासको स्पर्श
हातको सिरानीमा स्वर्ग नियाल्न
टल्किरहे ग्वाले आँखाहरू

लेकाली जाडोमा
हावासँग मिसिएर आउने
हिउँ सोहराको बिराट सुन्दरताले
हृदयमा निश्चिन्त बग्दथे
आनन्दका हिमनदीहरू

गाउँमा बुढ्यौली गफ सुनेर
आगो ताप्दै भुसुक्क हुन्थे आँखाहरू
एले सोच्दै छुँ
त्यो खर्क थियो कि मन्दिर ?
त्यहाँ मान्छे बस्थे कि देउता ?

बर्तमान हराई जाने
भबिष्य धरापमा अल्झिने
यो सहर हो कि मरभूमि

मासिँदै जाने जिन्दगीका रंगहरूमा
खोज्दाखोज्दै अनेकथरी सपना
ढुक्क भएर पटक्क निदाउन नसक्ने आँखाहरूसँगै
पुगेको छु खाडी मुलुक
परदेशीले भेटाइरहँदा बाडुलीको लय
बिछाइरहन्छिन रे आमा एकोहोरो दृष्टि
त्यही गाउँको गोरेटोमा
र भन्छिन रे बेला बखत
आखिरमा गरिबका छोराको घरदेश भन्नु
छोरीले माइत गए जस्तै त रहेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • मुक्तक

    मुक्तक

  • मलाई गाउनु छैन स्वर्णयुगको गीत

    मलाई गाउनु छैन स्वर्णयुगको गीत

  • मुक्तक

    मुक्तक

  • जीवनवृत्त छन्दःझ्याउरे (असारे)

    जीवनवृत्त छन्दःझ्याउरे (असारे)

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0