काभ्रे । काभ्रे जिल्लामा पनि आज निजामति दिवस मनाइएको छ । जिल्ला प्रशासन काभ्रेको आयोजनामा “व्यवसायिक र सिर्जनशील प्रशासन, विकास समृद्धि र सुशासन” भन्ने मुल नाराका साथ काभ्रेको धुलिखेलमा प्रभातफेरि कार्यक्रम गरी दिवस मनाइएको हो ।
धुलिखेलको पिपल चौतारीबाट सुरु भएको प्रभातफेरि बजार परिक्रमा गरी धुलिखेल नगरपालिकाको सभाहलमा गई समापन भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले निजामति दिवसको अवसरमा सम्पूर्ण निजामति कर्मचारीहरुलाई शुभकामना दिनुहुँदै राष्ट्र सेवक निजामति कर्मचारीले जनतालाई छिटो, छरितो, सजिलो सेवा प्रवाह गर्नपर्ने बताउनुभयो ।
कार्यक्रममा विभिन्न कर्मचारी टे«ड युनियनका प्रमुखहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा धुलिखेल नगरपालिकाले पहिलो सेवा लिन आउने सेवाग्राहीलाई सम्मान समेत गरिएको थियो । प्रभातफेरि कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार, काभ्रे प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी, सशस्त्र प्रहरी प्रमुख सुरेन्द्र बुढाथोकी, राष्ट्रिय अनुसन्धान प्रमुख नरेन्द्र दाहाल लगायतका राष्ट्र सेवक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
प्रबन्धक : | ईश्वरी राजकुमार मैनाली सम्पर्क: ९८५११६८४५६ |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |