काभ्रे । तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल पनौती नगर भेलाको उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य काभ्रे जिल्ला इन्चार्ज एवं मोर्चाका केन्द्रीय अध्यक्ष सूर्यमान दोङ ‘लालध्वज’ ले माओवादी केन्द्रले तामाङ राष्ट्रिय मुक्ति मोर्चा र नेवा मुक्ति मोर्चाका मुद्धाहरु नछोडेको प्रष्ट पार्नुभएको छ ।
शनिबार पनौतीमा आयोजित भेलालाई सम्बोधन गर्ने क्रममा १० वर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन र मधेस आन्दोलनबाट स्थापित भएका पहिचान सहितका मुद्धाहरुलाई क्रमशः सम्बोधन गर्ने उद्घोषका साथ माओवादी जनताका माझमा आएको छ । उपेक्षित पिडित र उत्पीडनका बीच उठेको जनयुद्धको मर्ममा आँच आउन दिने छैनौं । ढिलो चाँडो पहिचानका मुद्धाहरुलाई सम्बोधन गरेरै जाने समेत नेता दोङले भेलामा उद्घोष गर्नुभयो ।
कार्यक्रममा नेकपा माओवादी काभ्रे जिल्ला समन्वय समितिका सचिव दैवलाल घिसिङ ‘अनुशिल’ लगायतका नेताहरुले समसामयिक राजनीतिक घटनाका बारेमा चर्चा गर्नुहुँदै नेपाली जनतालाई प्राप्त सीमित अधिकारलाई लत्याउने छुट नरहेको बताउनुभएको छ । यदि यो मुलुकमा माओवादीहरु मर्न र मारिन तयार भएका थिएनन् भने उत्पीडित वर्गले न्याय पाउने थिएन । त्यसैले पनि यो आन्दोलनबाट प्राप्त सीमित अधिकारहरुको संरक्षण गर्नुपर्ने दायित्व तपार्इं उत्पीडित, जनजाति, आदिवासी वर्गको काँधमा अझ बढि रहेको चर्चा समेत नेता घिसिङले गर्नुभएको छ ।
उक्त भेलालाई बागमती प्रदेश सदस्य एवं पनौती नगर इन्चार्ज होमबहादुर खुलाल, मर्दन सिं तामाङ (पेमा), नगर अध्यक्ष हस्तबहादुर तामाङ लगायतले समसामयिक विषयम चर्चा गर्नुहुँदै भेलाले चयन गरेको नेतृत्वलाई शुभकामनाका साथ बधाई ज्ञापन गर्नुभएको थियो । भेलाको अध्यक्षता नगरका सहसचिव सन्तबहादुर तामाङले गर्नुभएको थियो । भेलाले तामाङ राष्ट्रिय मुक्ति मोर्चा पनौती नगर समितिको अध्यक्षमा सूर्यबहादुर दोङ, उपाध्यक्षद्वयमा काजीमान गोले, प्रतापसिं तामाङ, सचिवमा विनिता थोकर, सहसचिवमा फूलमाया तामाङ, कोषाध्यक्षमा पञ्चमाया तामाङ, सदस्यहरुमा मोति लाल थिङ्ग, ज्ञान बहादुर थिङ्ग, रोहन ग्लान, सन्त बहादुर तामाङ, कृष्ण तामाङ, शान्ता तामाङ, हिरोनी माया तामाङ, अमर तामाङ, सान ब तामाङ, तिर्थ मान वाइबा, फुल बे तामाङ, बिष्णु तामाङ, सम्मेर तामाङ, सुरेश घिसिङ, लाल ब पाख्रीन, मंगल सिं तामाङ र सन्च माया तामाङलाई भेलाले चयन गरेको छ ।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
प्रबन्धक : | ईश्वरी राजकुमार मैनाली सम्पर्क: ९८५११६८४५६ |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |