हिन्दुहरुको महान पर्वहरु नजिकदो छ , चाडपर्व नजिकंदै गरेको मौका छोप्दै व्यपारीहरुले मनलाग्दी ढंगबाट मुल्य निर्धारण गर्ने गरेको पाईन्न । काला वजारियाका कारण सर्वसाधारण जनताहरु मारमा परेका छन् । हुनेखाने बर्गले पर्व मनाउने नाउमा भड्कीलो तरिकाले देखासेखि गर्दा सामान्य परिवारको लागि पर्व बोझिलो हुन पुगेको छ । नेपालको पहिचान भनेकै नेपालीहरुले मनाउने बिभिन्न ढंगको संकृति हो । जुन भिन्न भिन्न संकृतिको कारण अन्तराष्ट्रिय स्तरमा नेपिालको पहिचान कायम हुन सफल भएको हो । नेपाल र नेपालिको पहिचारको मेरुदण्डको रुपमा अवस्थित संकृतिको संरक्षण गर्नु नेपालीहरुको दायित्व हो ।
पछिल्लो समयमा पर्व मनाउने नाउमा हुने गरेको भड्कीलो ढंगको देखासेखि गरिने कार्यले गर्दा सामान्य वर्गले “दशै हैन दशा हो, भन्ने अवस्था आएको छ । विगतका समयमा जति खुसिका साथ सवै नेपालीहरुले पर्व मनाउन तयार हुने गरेका थिए । पछिल्लो समयमा हुनेखाने वर्गले हुँदा खाने वर्गलाई होच्याउने ढंगबाट पर्व मनाउने कार्यले गर्दा केही हदमा पर्वको महत्व खस्किएको छ । पर्वका नाउमा हुने बिभिन्न बिकृति विसंगतिको अन्त्य हुन नसके संस्कृति संरक्षण हुने कार्यमा ह्रास आउन सक्ने प्रवल सम्भावना वढ्दो अवस्थामा छ ।
पर्व मनाउने नाउमा सेवन गर्ने मदिरापान, जुवातास साथै भड्कीलो व्यवहारलाई सम्बन्धित निकायले नियन्त्रण गर्न जरुरी रहन्छ । पर्व मनाउने नाउमा मदिरा सेवन गरी सवारी सञ्चालन गर्दा हुनेगरेको दुर्घटनाको कारण विकराल अवस्था निम्तन सक्छ । पर्व मनाउने नाउमा खेलिने जुवा तासले गर्दा धनपती व्यक्ति सडकपतिको हुने गर्दा समाजमा अशान्ति मच्चने गरेको उदाहरणहरु छरप्रस्टै छ । पर्व मनाउने नाउमा हुनेगरेको विभिन्न विकृति विसंगतिको कारण समाजमा अशान्ति मच्चनुको साथै आत्महत्याको स्थिति आउने गरेको पनि उदाहरणहरु रहेका छन् । यस्ता यावत समस्याले गर्दा समाजमा विभिन्न खाले विकृतिहरु मौलाउदै जाने भएकोले सम्बन्धित निकायले सचेत हुंदै अगाडी बढ्न जरुरी रहन्छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |