Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

वित्तीय साक्षरताप्रति गृहिणीको चासो

प्रभातफेरी अनलाइन ६३६ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक १, मंगलबार (३ साल अघि)
वित्तीय साक्षरताप्रति गृहिणीको चासो

काभ्रे । वित्तीय सेवामा किसानहरुको पहुँच र प्रयोग बढाउने उद्देश्यले कृषि विकास बैंकले जिल्लाका विभिन्न स्थानमा वित्तीय शिक्षा तथा व्यवसाय साक्षरता कार्यक्रम अगाडि बढाएको छ ।
विशेष किसानहरु लक्षित यस कार्यक्रममा जिल्लाका पाँचखाल, धुलिखेल, पनौती, नाला क्षेत्रका किसानहरुलाई वित्तीय साक्षरताले सुसूचित गराएको पाइन्छ । जसको कारण कृषकहरुको व्यवसायिक पहुँच वृद्धिमा आकर्षण बढेको छ । वित्तीय साक्षरता कक्षामा सहभागीहरुको एउटै आवाज छ, पहिल्यै आउनुपर्ने कार्यक्रम ढिलो गरी आयो तर पनि अत्यन्तै खुशी छौं । उमेरले ३ बिस सेरोफेरो पुग्नै लाग्दा कक्षाकोठामा बसेर आफ्नो दैनिकीसँग मेल खाने विषयवस्तुका बारेमा ज्ञान लिन पाउँदा एकपटक फेरि किशोरावस्थामा मै पुगेजस्तो अनुभूति मिलेको बताउनुहुन्छ प्रशिक्षार्थी किसान रमेश बस्नेत । यो उमेरमा आएर यस किसिमको शिक्षा लिन पाएकोमा कृषि विकास बैंकप्रति आभार व्यक्त गर्ने शब्द पनि नभएको बताउनुहुँदै अत्यन्तै राम्रो र दूरगामी प्रभाव छोड्ने कार्यक्रम भएको बस्नेतको टिप्पणी छ । समग्रमा सबै प्रशिक्षार्थीहरुमा एक किसिमको उर्जा अनुहारमा देखिन्थ्यो । घरधन्दा छोडेर बिहानै स्कूल आउने गरेका छौं, यसले राम्रै परिणाम प्राप्त गर्नेमा हामी एकमत रहेको एकै स्वरमा भन्न पछि पर्नु भएन सहभागीहरु ।
आइएफएडि को आर्थिक साझेदारीमा आरपिएसएफ–एपिआइए परियोजना अन्तर्गत कृषि विकास बैंकले यो कार्यक्रमलाई विगत वर्षदेखि नै अगाडि बढाउँदै आएको बि टु बि कार्यक्रम संयोजक सुदीप अधिकारी बताउनुहुन्छ । कृषि विकास बैंकले किसानहरुलाई अब्बल बनाउने मुख्य उद्देश्यका साथ वित्तीय शिक्षा तथा व्यवसायिक साक्षरता कार्यक्रम अगाडि बढाएको छ । जसको निरन्तरता काभे्र जिल्लाका केही शाखाहरुले गर्नुभएको छ । बागमती प्रदेशका १३ वटा जिल्लामध्ये ८ जिल्लामा यस किसिमको कार्यक्रम सुरु गरिएको छ । यसैको निन्तरता काभ्रे जिल्लाले गरेको छ । यसबाट किसानहरुमा एक किसिमको आत्म सन्तुष्टिसँगै आफ्नो व्यवसायको सुरक्षा समेत प्राप्त गरेका छन् । उत्पादन र बजारका लागि किसानहरुले चिन्ता जाहेर गर्नुपर्ने अवस्थाबाट मुक्त हुनुहुनेछ । जसका लागि कृषि विकास बैंकले किसान एप र किसान क्रेडिट कार्डको व्यवस्था गरेको छ । जसको माध्यमबाट कृषकको व्यवसायिक पहुँचमा उल्लेख्य वृद्धि हुँदै आएको महसुस कृषि विकास बैंकले गरेको छ भन्नुहुन्छ अधिकारी ।
जसले गर्दा पनि यस किसिमका कार्यक्रमहरु निरन्तर अगाडि लैजाने जानकारी समेत संयोजक अधिकारीले गराउनुभएको छ । अधिकारीका अनुसार एउटा समूहमा २५ जनाका दरले कृषकहरुको सहभागिता रहनेछ । विशेष आपूर्ति श्रृंखलामा संलग्न साना सीमान्तकृत कृषकहरु, संकलक तथा प्रशोधनकर्ता, उद्यमीहरु कम्तीमा ६० प्रतिशत महिलाहरु र ३० प्रतिशत युवा एवं दलित, जनजाति लगायत पिछडिएका वर्गलाई लक्षित गरेर यो कार्यक्रम समुदायमा लगिएको बताउनुभएको छ ।
काभ्रे जिल्लामा यो कार्यक्रमबाट झण्डै ५ सयको हाराहारीमा किसानहरु लाभान्वित हुने तथ्यांकले देखाएको अधिकारीले बताउनुभएको छ । उक्त कार्यक्रमसँगै यस परियोजनाले जिल्लाका उत्पादक र व्यापारी, व्यापारी र सेवा प्रदायक, संस्थाबिच व्यवसायिक वृद्धि सम्बन्धी अन्तरक्रिया लगायतका कार्यक्रमहरु पनि अगाडि बढाएको छ । यस्ता किसिमका कार्यक्रमले किसानहरुलाई कृषि डिजिटल प्रणालीका बारेमा समेत ज्ञान प्राप्त हुनेछ । जसबाट आफ्नो उत्पादनलाई सबल, सक्षम बनाउनका लागि स्वयं किसानहरु दक्ष हुनेछन् ।
उक्त वित्तीय साक्षरता कक्षामा भेट हुनुभएका प्रशिक्षक नविना दाहालको कथन छ– किसानहरुका लागि अत्यन्तै लाभदायिक कार्यक्रमभित्र पर्छ । समय अनुसार राज्यले किसानहरुका लागि अनुकरणीय कार्य ल्याएको आफूले पाएको बताउनुहुँदै यस कक्षामा सहभागिताका लागि प्रतिस्पर्धा नै भएको छ । कक्षाकोठामा एक पटक प्रवेश गरेको प्रशिक्षार्थीले कक्षा छोड्ने भन्ने सवालै देखिएको छैन । यो आकर्षणले बैंकको लगानी सुनिश्चित र सही ठाउँमा प्रयोग भएको महसुस मैले गरेको छु । यस किसिमका कार्यक्रमले किसानहरुलाई वित्तीय ज्ञानसँगै कृषि उत्पादनका लागि खेल्नुपर्ने भुमिका जिम्मेवारी र दायित्व समेत प्रष्ट्याउने भएकोले पनि कृषि पेशामै जीवन खोज्नेहरुले यो कक्षा नछोड्ने संकेत आफूले पाएको प्रशिक्षक दाहालको कथन छ । प्रशिक्षक दाहालका अनुसार सहभागी किसानहरुका लागि दैनिक ७० रुपैयाँ खाजा भत्ता छ भने हामी प्रशिक्षकका लागि दैनिक ६ सय रुपैयाँ श्रमको मूल्य दिएको छ । २२ दिनसम्म चल्ने यो कक्षामा सम्पूर्ण सहभागीहरुमा उर्जा पाएको प्रशिक्षक दाहालेको अनुभव छ ।
सोही कक्षामा भेटिएका पशुपालक कृषक दिनेश बजगाईं बताउँछन्– कृषि विकास बैंकले जुन कार्यक्रम ल्याएको छ, यो अत्यन्तै अनुकरणीय छ । यो तालिमपश्चात् किसानहरुले आफ्नो कृषि पेशालाई अझै मजबुत र व्यवसायिकरण गर्नसक्ने सन्देश दिएको छ । काभ्रेका विभिन्न स्थानहरुमा सञ्चालन भएको यस किसिमको कक्षाले किसानहरुलाई आकर्षित गरेको छ । जब तालिम पश्चात् प्राप्त हुने किसान एप र किसान क्रेडिट कार्ड त किसानको लागि सञ्जीवनी बुटि नै हुन् । बिना झन्झट देवनागरिक लिपीमा प्रष्ट रुपमा आउने सन्देश र समाधानहरुले एउटा दक्ष जनशक्तिको अभाव पूरा गरिदिएको छ । यो तालिम प्राप्त किसानहरु यो पेशामा आफैं दक्ष जनशक्तिका रुपमा स्थापित हुनेछन् । त्यसैले पनि यस किसिमका कार्यक्रममा किसानहरुको चासो बढेको बताउँछन् मल्टी भैंसी फर्मका सञ्चालक कृषक बजगाईं ।
कृषक बजगाईंका अनुसार अहिले यो कार्यक्रम पनौती नगरपालिका अन्तर्गत पनौती–४, ठाडोबाटोका ५० जना किसान २ ग्रुपमा सहभागिता जनाइरहेका छन् भने कुशादेवीमा २५ जना १ ग्रुप र सामुदायिक आमा समूहमा २५ जनाले सहभागिता जनाइरहेका छन् । सहभागी किसानहरुले आफ्ना साथीसंगतीलाई जानकारी गराएपश्चात् कार्यक्रमको माग बढेको छ ।
यसतर्फ सम्बन्धित निकायले ध्यान पु¥याउनेछ भन्ने विश्वास हामी किसानको रहेको बजगाईंले बताउनुभएको छ । यस अघि नै काभ्रेका विभिन्न क्षेत्रमा वित्तीय साक्षरता कक्षा सञ्चालन भईसकेको जानकारी समेत गराइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%
प्रतिक्रिया दिनुहोस
पनौती सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0