मुलुकमा संघीयता लागू भएपछिको दोस्रो प्रतिनिधि÷प्रदेशसभा निर्वाचन अबको ३ दिनपछि मंसिर चार गते सम्पन्न हुँदैछ । नेपाली जनताको लामो त्याग र तपस्या पश्चात प्राप्त उपलब्धीको संस्थागत गर्दै नेपाल र नेपाली जनताको हितको खातिर कार्य गर्ने नेतृत्वहरूको चयन गर्ने अवसरको रूपको दिन मंसिर ४ गते प्रत्येक पाँच वर्षमा आउने महत्व पूर्ण १ दिन हो । जुन दिन नेपाली जनताले मुलुक निर्माणको लागि प्रतिनिधि चयन गर्ने दिन हो । यति धेरै महत्वपूर्ण दिनलाई महान पर्वको भन्दा पनि उच्च प्राथमिकता दिदै निर्वाचन कार्यमा सहभागि हुन अति आवश्यक रहन्छ ।
मंसिर ४ गतेको दिनलाई महत्व नदिदै निर्वाचनमा सहभागिता नजनाउदा मुलुकको हितको खातिर कार्य गर्ने क्षमतावान व्यक्तित्वले अवसर नपाउने साथै जिम्मेवारी अवसरवादीको काँधमा पुग्न सक्छ । व्यक्तिगत स्वार्थको साथै पार्टी स्वार्थमा डुबुल्की मार्ने र नातागोताको संरक्षण गर्ने ढङ्गको व्यक्ति समेत निर्वाचनको माहोलमा होमिएका हुन सक्छन् । त्यस्ता ढङ्गका उम्मेदवारले विभिन्न वाहनमा जनताको मन जित्न सके भने मुलुकको भविष्य अन्धकार तफर् धकेलिने हुन्छ । आम नेपाली जनताहरू निर्वाचन कार्यमा सहभागिता जनाउँदै सक्षम व्यक्तिको पहिचान गरी आफूलाई विश्वास लागेको उम्मेदवारलाई जिम्मेवारी दिने विषयमा अग्रसर हुन जरुरी रहन्छ ।
निर्वाचन जस्तो महान कार्यलाई निष्पक्ष साथै भयरहित ढंगबाट सम्पन्न गराउनको लागि सम्बन्धित निकायले जुन ढङ्गको भूमिका खेलेको छ सो स्वागत योग्य कार्य हो । जुन कार्यले गर्दा आम नेपाली जनताहरू निर्धक्कका साथमा भयरहित ढंगबाट निर्वाचनमा सहभागि हुन पाउने अवस्था आएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनबाट जिम्मेवारी पाउने व्यक्तिहरूले मुलुकको हितको खातिर कार्य गर्ने सुनिश्चित रहने छ । सरकारको तफर्बाट निर्वाचनलाई शान्ति सुरक्षा कायम गर्दै भयरहित ढंगबाट निर्वाचन सम्पन्न गराउने विषयमा खेलेको सुरक्षा सम्बन्धी मजबुत ढङ्गको व्यवस्थाले गर्दा नेपाली जनताहरूमा थप हौसला मिलेको छ । जसका कारण मतदाताहरूले आफुलाई मनपर्ने उम्मेदवारहरूलाई मतदान गर्ने छन् ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |