Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्वार्थरहित सहकार्यमा सरकार

प्रभातफेरी अनलाइन ३६६ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर २७, मंगलबार (३ साल अघि)
Post Thumbnail

आम निर्वाचन शान्तिपूर्ण ढंगबाट सम्पन्न भएको छ । प्रत्यक्ष साथै समानुपातिक मत परिणाम सार्वजनिक भई दलहरूको सांसद संख्या निर्धारण भएको छ । प्राप्त नतिजाको आधारमा नेपाली जनताले बहुमतको एकल सरकार निर्माण गर्ने खालको अख्तियारी दिएको छैन । दलहरू मिलेर सरकार गठन गर्दै मुलुकको हितको खातिर कार्य गर्ने संकेत दिएको छ । सोही आधारमा केही दिनमै सरकार गठनको प्रक्रिया अगाडि बढ्ने छ । मिलिजुली गठन हुने सरकारको लागि पद बाँडफाँडको विषय निकै पेचिलो बन्दै गएको छ । स्थिर सरकार निर्माणको लागि निस्वार्थ ढंगबाट सघाउने दलहरू नरहेको संकेत देखिन्छ । सरकार निर्माणमा सहभागि दलहरूले भागबन्डा धेरै खोज्ने तरिकाले आ—आफ्नै तरिकाले अगाडि बढेका छन् । मुलुकको हितको खातिर नेपाली जनताको साथ सहयोग र त्यागबाट हासिल उपलब्धीको रक्षाको लागि भन्दा दलगत स्वार्थको लागि दलहरू अगाडि बढेका छन् ।
दलहरूको विगतको व्यवहारले गर्दा नेपाली जनताले मुलुकको हितको खातिर कार्य गर्ने गरी मौका दिएका छन् । आम युवाहरूको चासो दलहरूले कस्ता ढङ्गको कार्य गर्छन भन्ने तिर् केन्द्रित भएको हालै सम्पन्न निर्वाचनले पुष्टि गरिसकेको छ । युवाहरू परिवर्तनको पक्षमा उभिई सकेका छन् । यस्तो हुनुको मुल कारण दलहरूले मुलुकको हितको लागि कार्य गर्नुको बदला दलगत स्वार्थको लागि कार्य गर्ने गरेको आधारहरू हुन् । मुलुकमा संघीयता लागू भएपछिको गठित सरकारहरूले गरेको कार्य नेपाली जनताको लागि पाच्य छैन । जसको परिणाम हालै सम्पन्न निर्वाचन हो । मुलुकमा आमूल परिवर्तनको खातिर कार्य गर्दै अगाडि बढेका दलहरु खस्कँदै जानु र नयाँ दलहरूलाई नेपाली जनताको साथ पाउनु भनेको पुराना दलहरू प्रतिको वितृष्णा हो ।
दलहरुले नेपाली जनताको मन जित्ने हो भने—दलगत स्वार्थका आधारमा सरकार निर्माण गर्ने र स्वार्थ परिपूर्ति नहुनासाथ सरकार ढाल्ने खेलमा समय खर्चन हुन्न । ६÷६ महिनामा सरकार निर्माण गर्ने कार्य मुलुकको हितको खातिर रहन्न । सरकार गठन गर्ने र ढाल्ने कार्यले गर्दा भिआइपीको संख्या बढ्दै जानु र सुविधाको नाउमा मुलुकलाई आर्थिक व्ययभारमा पार्नुले मुलुक थप शंकटमा पर्दै गएको विषयलाई नेपाली जनताले राम्रो ढंगबाट नियाली रहेका छन् । मुलुकको हितको लागि दलहरूले कार्य गर्ने हो भने भिआइपीको नाउमा दिने आएको सेवा सुविधामा हेरफेर गर्न जरुरी रहन्छ । दलहरू आफै कमजोरी भएको आभास गर्दै गठबन्धन गर्दै बैसाखीको भरमा निर्वाचन परिणाम हासिल गर्दै गर्दा नेपाली जनताको चाहना हो या जवरजस्त ढंगबाट हासिल सिट संख्या भन्ने विषयमा दलहरूले बुझ्न जरुरी रहन्छ ।
सरकार गठनको लागि मिलिजुली ढंगबाट तयार हुँदै गर्दा आफूहरूले हासिल गरेको सिट संख्या भन्दा पनि कति प्रतिशत नेपाली जनताको साथ पाएका छौं भन्ने विषय भुल्नु हुंदैन । सरकार गठन प्रक्रियामा अगाडि बढ्दै गर्दा राजनीतिक वेइमानि नहुने ढंगबाट मसिनो ढंगबाट दीर्घकालिक सोचका साथ निश्वार्थ भावले अगाडि बढ्न जरुरी रहन्छ । ठूला दुई दल मध्य कुनै एकको नेतृत्वमा स्थिर सरकार गठनको लागि निस्वार्थ ढंगबाट दलहरूले सघाएमा नेपाली जनताले त्यस्ता दलहरूको महानतालाई उच्च मूल्याङ्कन गर्दै विगतका कमी कमजोरीलाई माफ गर्दै स्वणिर्म भविष्यको लागि साथ दिनेछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0