Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

म्याद नाघेको उपभोग्य सामाग्रीलाई रोक लगाउ

प्रभातफेरी अनलाइन ३८६ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष २६, मंगलबार (३ साल अघि)
Post Thumbnail

स्थानीय तहको निर्वाचन सम्पन्न भए लगतै संघीय तथा प्रदेशको निर्वाचनको चटारो सुरु भयो । निर्वाचनको लागि सुरक्षा व्यवस्थापनको लागि सुरक्षा निकायहरू व्यस्त रहनु स्वभाविकै हो । व्यस्तताको कारण बजार अनुगमन नियमित रुपमा हुन सकेन साथै मुलुकमा आर्थिक मन्दीको कारण व्यापार व्यवसायहरूका मन्दी आएको छ । यस्तो अवस्थामा बजारमा रहेको दैनिक उपभोग्य सामाग्री साथै खाद्यसामग्रीहरू म्याद नाघेको पनि बिक्री बितरण हुदै आएको पाइन्छ । बजारमा म्याद नाघेका सामाग्री र म्याद भएको सामाग्रीहरू मिसावट हुने गरेको समेत उपभोक्ताबाट गुनासो सुन्न आएको छ । अखाद्य सामाग्रीको कारण उपभोक्ताहरूको स्वास्थ्यमा समस्या पर्ने प्रबल सम्भावना रहन्छ ।
गर्मी मौसमको लागि बिक्री गरिने कोल्ड ड्रिङ्क्सहरू चिसो मौसमको सुरुवाती भएसँगै बिक्री नहुँदा बजारमा छरपस्ट रुपमा गर्मी मौसमको लागि बिक्री गरिने कोल्ड ड्रिङ्क्सहरू चिसो मौसमको सुरुवाती भएसँगै बिक्री नहुँदा बजारमा छरपस्ट रुपमा म्याद सकिएको सामाग्रीहरू रहेको पाइन्छ । त्यसैगरी बजारमा विभिन्न ग्राण्डका शक्तिवर्धक पेय पदार्थहरूको समेत म्याद सकिएको उपभोक्ताहरूको गुनासो छ । म्याद सकिएका सामाग्रीहरू बिक्री केन्द्रबाट नहटाउनु पसलहरूमा प्रदर्शन गरी राख्नुले बिक्रीकै लागि राखिएको प्रष्टिन्छ । यस्ता खान अयोग्य ठहरिएका बिभिन्न सामाग्रीहरूको बारेमा सर्वसाधारण जनतालाई जानकारी नहुन सक्छ र तिनै बर्ग अखाद्य बस्तुको मारमा पर्ने खतरा उत्तिकै रहन्छ । बजारमा दैनिक उपभोग्य सामाग्रीहरू बिस्कुटहरू दालमोठहरु तयारी चाउचाउ लगायतका सामाग्रीमा म्याद सकिएको पाइन्छ ।
होटलहरूमा उत्तिकै समस्याहरू रहेको छ । सस्तो पाउंने आशामा म्याद सकिएको तेल तथा घ्यू प्रयोगमा ल्याउनु तयारी खाद्यसामग्रीहरू महिनौँ महिना फ्रिजिङ गरि बिक्री गर्ने कार्यले पनि समस्या ल्याएको छ । तयारी सामाग्रीहरू कति दिनको लागि फ्रिजिङ गर्ने भन्ने विषयमा खासै चासो नदिनुले समस्या निम्त्याएको छ । त्यसैगरी छोटो दिनको म्याद भएका पाउरोटी केक लगायतका सामाग्रीमा समेत उस्तै समस्या रहेको छ । म्याद सकिएको सामानहरू बजारबाट फिर्ता ल्याउने र पुन म्याद बाँकी रहेको स्टिकर टाँस्ने समस्याले उपभोक्ताको स्वास्थ्य धरापमा परेको छ । यस्ता सामाग्रीहरूको गुणस्तर परिक्षण गर्ने विधि अपनाउन जरुरी रहन्छ ।
आम उपभोक्ताहरूको स्वास्थ्यलाई मध्यनजर राख्दै सम्बन्धित निकायले बजार अनुगमनलाई निरन्तरता दिन जरुरी रहन्छ । बजार अनुगमन गर्दा अग्रिम जानकारी दिएर गर्ने विगतको चलनले हात्ती आयो हात्ती आयो फुस्साको अवस्था सृजना भएको छ । अनुगमन प्रभावकारी ढंगबाट नापतौलको अवस्थालाई समेत मध्यनजर राख्दै व्यवस्थित ढंगबाट निष्पक्ष तरिकाले पारदर्शिताको साथमा अनुगमन अति आवश्यक छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0