जेबी खत्री
एउटा मन
मलाई सम्झना छ ।
जो बारम्बार रोइरहन्थ्यो ।
सम्झेर अतीत वर्तमानमा ।
देखेर भविश्य
झलझली
यी आँखा भित्र ।
रुँनु आफैंलाई
दुखाउँनु हो ।
दुखे भन्दा
अझ बढी
दुखाउँनु हो ।
आफैंमा पीडा थप्नु हो ।
आँसु झारेर भन्दा
आँसु नझारि रुँनु
झन् पीडादायी हुन्छ ।
आसँु झारेर रुँने मान्छे
आँखा उघारेर रुन्छ ।
आँसु नझारि रुँने मान्छे
आँखा बन्द गरेर रुँन्छ ।
एउटा मन
मलाई सम्झना छ ।
बिहानीको लालीमा
पोतिएको मेरो
अनुहारमा हेरेर
रुँन्थ्यो,रोइरहन्थ्यो ।
सम्झेर अतीत,
वर्तमानमा ।
देखेर भविश्य मेरो
झलझली आँखा भित्र
त्यो मन ।
त्यो एउटा मन ।
मेरी आमाको मन ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |