Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १५, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

फलको आशा राख्नेले बोटको संरक्षण गर्न जरुरी छ

प्रभातफेरी अनलाइन ३९५ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ ४, बुधबार (३ साल अघि)
Post Thumbnail

पछिल्लो समयमा स्थानीय तहले गर्ने हरेक कार्यमा जताको चासो बढ्ने गरेको छ । विकास निर्माणको कार्य साथै स्थानीय तहको तफर्बाट जनताले पाउने सेवाको विषयमा सचेत हुनु स्वभाविकै हो । जनताहरुले निश्पक्ष ढंगको सेवा पाउने आशा राख्दै गर्दा जनप्रतिनिधिहरूले दलगत स्वार्थको भावले कार्य गर्नु दुर्भाग्य हो । निर्वाचनको समयमा कुनै दलको ट्यागबाट निर्वाचनमा होमिनु नौलो होइन तर निर्वाचित भए पश्चात जनप्रतिनिधिले दिने सेवामा ट्यागकै आधारमा अगाडि बढ्ने कार्यले जनताहरू आक्रोशित हुनु नौलो होइन ।
स्थानीय तहमा स्थानीय जनताबाट तिरेको करबाट आर्जित आर्थिक (रकम) मा राजनीतिक आस्थाको आधारमा निर्णय गर्दै भर्ती केन्द्र बनाउन खोज्नु न्यायोचित रहन्न । स्थानीय तह सञ्चालन कार्यमा निष्पक्षता नगर्दा मनलाग्दी तरिकाले कार्य गर्नुले जनताहरू आक्रोशित हुँदै आएका छन् । मुलुकमा संघीयता लागू भएपछि सिंहदरवारको अधिकार गाउँगाउँमा आयो‚ जनताहरू दर्शित भए । नेपाली जनताको त्यो हर्षको क्षण बिस्तारै निराशामा परिणत हुदै छ । सिंहदरवारको अधिकार गाउँमा आँउदै गर्दा अधिकारको बागडोर सम्हाल्ने पक्षको व्यवहारले गर्दा जनता निराशा भएका हुन् ।
कतिपय स्थानीय तहबाट गरिने कार्यहरू अस्तव्यस्त रहेका छन् । जनताले चाहेको समयमा जनप्रतिनिधि भेट्न समेत पाउँदैनन् । कर्मचारीलाई कानुनत सहज ढंगबाट कार्य गर्ने वातावरणमा समेत अवरोध पुर्याउने गरेको उदाहरणहरू छरपस्टै छन् । कर्मचारीले नीति सम्वत् कार्य गर्न खोज्दा दवाव दिने साथै अनर्गल हल्ला मच्चाएर आफ्नो वशमा राख्ने कोसिस गर्न समेत पछि पर्दैनन् जनप्रतिनिधि । स्थानीय तह एक प्रकारको भर्ती केन्द्रको रुपमा अगि बढ्दैछ, अनावश्यक कर्मचारी करारको नाउमा भर्ती गर्दै कार्यकर्ता पाल्ने थलो बन्दै छ । बजेटको दुरुपयोग गर्दै सामाजिक सुरक्षा भत्ता वितरणमा समेत राजनीति घुसेको छ ।
स्थानीय तहमा शाखाहरूका जिम्मेवारी पाउने कार्यमा कानुन सम्वत् छैन । चाकडी चाप्लुसीकै आधारमा करारका कर्मचारीहरूले शाखाहरूमा हालिमुहाली गर्दैछन् । दक्षता नभएका अनावश्यक कर्मचारी थुपारेर स्थानीय तहले कार्य गर्दा सेवाग्राहीहरू सहज ढंगबाट सेवा पाउन सकेका छैनन् । विकास निर्माण कार्यमा जनताको चित्तबुझ्दो ढङ्गको कार्य छैन, गुणस्तर हीन कार्य हुन्दै छ । विकास निर्माण कार्यमा दीर्घकालिक ढङ्गको सोच छैन, तात्कालिक ढङ्गको कार्यमा बजेट खर्च गरिन्छ तर गुणस्तर हीन कार्य हुँदा समेत कसैको खासै चासो छैन । प्राविधिकहरूले निरीक्षण गर्ने साथै अनुगमन समितिले अनुगमन गरी पास भएका कार्यप्रति जनताको चासो बढेको छ ।
स्थानीय तहका जनताहरूले पछिल्लो समयमा आएर जनप्रतिनिधिको सिफारिसमा भएको काय नियाली रहेका छन् । जनताको चाहना भनेको फलको आशा राख्नेले बोटको संरक्षण गर्न जरुरी रहन्छ भन्ने उद्देश्यका साथ स्थानीय तहलाई फल दिने वृक्षको रुपमा मनन गर्दै सो वृक्षको संरक्षण गर्ने अभियानमा जुटेका छन् । जनप्रतिनिधिले जनताको मन जित्ने ढङ्गको कार्य गर्न जरुरी रहन्छ । जसको लागि पदीय दम्भलाई त्याग्दै नीति नियम संगत कानुन आधारलाई अक्षरशः पालना गर्दै अगाडि बढ्न जरुरी रहन्छ । कार्यकर्ता भर्ती केन्द्रलाई निमिट्यान्न पार्दै सक्षम दक्षता हासिल गरेका व्यक्तिलाई जिम्मेवारी दिन जरुरी रहन्छ । स्थानीय तह सञ्चालन सम्बन्धी कानुनका आधारमा कर्मचारी व्यवस्था गरि अगाडि बढ्न जरुरी रहन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

    Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

    Post Thumbnail

    संघीय संरचना अनुसार नेपाल रेडक्रस सोसाइटी बिकेन्द्रीकृत ढांचामा गएको छ ।

    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0