Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १६, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

डिष्ट्रिक्ट ३२५ आइ नेपालले प्राप्त गरेको विरासत जोगाउने दायित्व लायनहरुको हो ः गर्भनर बस्याल

प्रभातफेरी अनलाइन ७७२ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ १०, मंगलबार (२ महिना अघि)
डिष्ट्रिक्ट ३२५ आइ नेपालले प्राप्त गरेको विरासत जोगाउने दायित्व लायनहरुको हो ः गर्भनर बस्याल

लायन्सबाट राजनीतिकर्मीहरुले प्रेरणा लिन आवश्यक छ ः लायन लम्साल

काठमाडौं । लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ आइ नेपालको पहिलो ऐतिहासिक महाधिवेशनलाई भव्य र सभ्य रुपमा कसरी सम्पन्न गर्न सकिन्छ भन्ने उद्देश्यका साथ आयोजना गरिएको छलफल कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा डिष्ट्रिक्ट गर्भनर लायन रामबहादुर बस्यालले डिष्ट्रिक्ट ३२५ आइ नेपालले प्राप्त गरेको विरासत जोगाउने दायित्व लायनहरुको रहेको बताउनुभएको छ ।
आज जति पनि उपलब्धीहरु प्राप्त भएका छन्, ति उपलब्धीहरुको हकदार तपाईं लायनहरु नै हो । तपाईंहरुकै कारण विश्वमा उत्कृष्ट डिष्ट्रिक्टका रुपमा ३२५ आइ नेपाल चर्चामा छ । यदि यहाँहरुको अनुकरणीय योगदान रहन्न थियो भने यो विरासत प्राप्त हुने थिएन । त्यसैले पनि प्रत्येक लायनहरु विधि, पद्धति र अनुशासनमा रहेर लायनको भावना अनुसार अगाडि बढिदिनुभयो भने डिष्ट्रिक्ट ३२५ आइ नेपालले आफ्नो विरासतलाई जीवन्त दिन सक्छ । सगरमाथा चढ्न त सकिन्छ तर त्यसलाई निरन्तरता दिन निकै कठिन पर्छ । त्यसैले पनि आज जुन अवस्थामा छौं, त्यसलाई अगाडि लैजानका लागि आ–आफ्नो जिम्मेवारीहरुलाई गहन रुपमा पालना गर्नु प्रत्येक लायनको कर्तव्य र दायित्व हुन आउँछ । जुन उद्देश्यका साथ महाधिवेशन गर्न गइरहेका छौं, यसलाई भव्य र सभ्य बनाउने दायित्व पनि यहाँहरुकै हो । त्यसका लागि आवश्यक पर्ने साथ र सहयोग बागमती क्षेत्रभित्र पर्ने सबै क्लबहरुको उतिकै रहनेछ भन्ने विश्वास गर्भनर बस्यालले कार्यक्रममा व्यक्त गर्नुभएको छ ।
कार्यक्रम फागुन २७ गते तय भइसकेको हुँदा हामी सबैलाई चटारो परिसकेको छ । अबका ४५ दिनभित्र हामीले एउटा इतिहास रच्नु छ । त्यसका लागि आ–आफ्नो तहबाट जिम्मेवारी बहन गरेर डिष्ट्रिक्ट ३२५ आइ नेपाललाई नमूनायोग्य बनाउनु हुनेछ भन्ने विश्वास गर्भनर बस्यालले राख्नुभएको छ ।
उक्त कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै एलसीआइएफ एरिया लिडर लायन राजन लम्सालको कथन थियो– राजनीतिक रुपमा नेतृत्व गर्ने नेतृत्वहरुले लायन्सबाट सिक्नुपर्ने अभिव्यक्ति दिनुभएको छ । ६ महिना पछि पदभार सकिन्छ तर ६ महिना अगाडि नै उक्त पदका लागि नेतृत्व चयन गर्न लायन्सले कार्यक्रम सार्वजनिक गरिसकेको छ । यसले के पुष्टि गर्दछ भने राजनीतिककर्मीहरुमा जुन किसिमको राजनीतिक गुण हुनुपर्ने हो, त्यसको अभाव भएको हो कि भन्ने महसुस आफूलाई लागेको चर्चा गर्नुहुँदै जसरी लायन्समा पारदर्शी ढंगबाट नेतृत्व चयन हुन्छ, त्यसबाट नेपालको राजनीतिक फाँटले प्रेरणा लिनुपर्ने उद्घोष गर्नुहुँदै लायन लम्साल थप्नुहुन्छ– तपाईं इमान्दारिता र पारदर्शिता पेश गर्नुहुन्न भने व्यवहारिक पनि बन्न सक्नुहुन्न । त्यसैले पदका लागि पद होइन, जिम्मेवारीका लागि पद हो । जो जसले जुन जिम्मेवारी बहन गर्नुभएको छ, छातीमा हातमा राखेर मनन गर्नुस्, त्यो पदीय दायित्व मैले कति पूरा गरें तब तपाईं आफैंलाई महसुस हुनेछ, जिम्मेवारी, दायित्व र कर्तव्यका सवालमा कहाँ चुकियो भन्ने । त्यसैले हामी लायनहरुले समाजका प्रत्येक कुराहरुमा गहन र सूक्ष्म अनि निर्मम तरिकाले अध्ययन गर्नुका साथै व्यवहारमुखी पनि हुनुपर्छ ।


अन्तर्राष्ट्रिय संस्थाको सदस्यका रुपमा यो समाजले हामीलाई औंल्याइरहेको अवस्थामा हाम्रा गतिविधिले कतै प्रश्न खडा नगरोस् । क्लब खोल्नु, सदस्य थप्नु मात्र ठूलो कुरो रहेन । त्यसलाई निरन्तर रुपमा चलायमान बनाउनसक्नु ठूलो कुरो हो । त्यसका लागि कुनै पनि क्लब खोल्नु र सदस्य बनाउनु पूर्व नेतृत्वले सूक्ष्म अध्ययन गर्नैपर्छ । तब मात्र सक्षम नेतृत्व र सबल क्लब स्थापित हुनपुग्छ । त्यसैले प्रत्येक लायन क्लबमुखी, क्लब जनमुखी र नेतृत्व जिम्मेवारी तर्फ अग्रसर हुन सक्यौं भने मात्रै सफलता प्राप्त गर्न सक्छौं । जसको श्रेय यस डिष्ट्रिक्टका गर्भनर लायन रामबहादुर बस्याललाई जान्छ । कुशल नेतृत्व भएकै कारण आज ३२५ आइ नेपाल विश्वमा उत्कृष्ट ड्रिष्टिक्ट हुन सफल भएको छ । त्यसैले यो विरासतलाई स्थायित्व दिनका लागि प्रत्येक लायनको उतिकै दायित्व रहेको लायन लम्सालले खुलासा गर्नुहुँदै सम्पूर्ण डिष्ट्रिक्ट क्याबिनेट टिमप्रति आभार व्यक्त गर्दै आसन्न महाधिवेशनलाई सभ्य र भव्य ढंगबाट सम्पन्न गर्नका लागि सबै लायनहरु र शुभचिन्तकहरु माझ आग्रह समेत गर्नुभएको छ ।
आईपिएमसिसि लायन मनबहादुर रोक्काको कथन थियो– क्लबहरुले समयमै डिष्ट्रिक्ट मल्टिपल तथा अन्तर्राष्ट्रिय ड्युज भुक्तानी गरेर आफूलाई पारदर्शी ढंगबाट अगाडि बढाउन सके मात्र लायन्सको भावना अनुसार चलेको मान्न सकिन्छ भन्नुहुँदै स्मरण रहोस्, कुनै पनि शुल्क बाँकी रहेको अवस्थामा त्यो क्लबले भोट दिने अधिकार राख्दैन । त्यसैले पनि महाधिवेशन हुनु अगावै आफ्नो क्लबसँग जोडिएका कुनै पनि शुल्कहरुलाई बुझाएर मतदाताहरुको नामावली डिष्ट्रिक्टमा बुझाउन आग्रह समेत लायन रोक्काले खुलासा गर्नुभएको छ ।


डिष्ट्रिक्ट फस्र्ट लेडी लायन भावना बसेल, फस्र्ट भाइस डिष्ट्रिक्ट गर्भनर लायन चन्द्रकुमार केसी, पास्ट डिष्ट्रिक्ट गर्भनर लायन इन्दु लम्साल, क्याबिनेट सेक्रेटरी लायन हरिराज पन्त, क्याबिनेट टे«जरर लायन सूर्य नारायण बराल, चिफ एडभाइजर लायन पार्वती खरेल पाण्डे लगायत सम्पूर्ण रिजन चियर पर्सन, जोन चियर पर्सन र क्लब प्रेसिडेन्टहरुले महाधिवेशनलाई भव्य, सभ्य र अनुकरणीय ढंगबाट सम्पन्न गर्नका लागि खेल्नुपर्ने भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा महाधिवेशन तयारी समितिका संयोजक लायन ऋषि गिरीले पोखरा नगरी लायनमय बन्न बागमती क्षेत्रको गरिमामय आगमनमा स्वागत गर्न आतुर छ । त्यसका लागि आ–आफ्नो जिम्मेवारीहरुलाई पूरा गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्नुहुँदै यस पटकको महाधिवेशन विश्वमै चर्चित हुने किसिमबाट सम्पन्न गर्नुछ । त्यसका लागि सम्पूर्ण लायनवादमा आस्था राख्नुहुने नेपालीजनहरुलाई पोखरामा स्वागत गर्न आफूहरु तयार रहेको बताउनुभएको छ ।
उक्त छलफल कार्यक्रममा बागमती क्षेत्रमा रहेका लायन्स क्लबहरुको गरिमामय उपस्थित रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • मजदुरहरु समृद्ध समाज निर्माणका अग्रज दस्ता हुन्ः फ्याक्सन इन्चार्ज घर्ती

    मजदुरहरु समृद्ध समाज निर्माणका अग्रज दस्ता हुन्ः फ्याक्सन इन्चार्ज घर्ती

  • लायनवादको हब बन्दैछ नेपालः लायन डा.यामदा

    लायनवादको हब बन्दैछ नेपालः लायन डा.यामदा

  • अस्पतालमा भएका कमी कमजोरीको जिम्मेवारी स्थानीय सरकारले लिन विवश छ ः प्रमुख शाक्य

    अस्पतालमा भएका कमी कमजोरीको जिम्मेवारी स्थानीय सरकारले लिन विवश छ ः प्रमुख शाक्य

  • इतिहास रच्दै बृहत् खेलकुद महोत्सव सम्पन्न

    इतिहास रच्दै बृहत् खेलकुद महोत्सव सम्पन्न

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0