Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १५, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्थानीय सरकारको मर्म विपरित जाने छुट छैन

प्रभातफेरी अनलाइन ३६२ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ १८, बुधबार (३ साल अघि)
Post Thumbnail

नेपाली जनताको लामो संघर्षपछि प्राप्त भएको सार्वभौमसत्ता जनतामा निहित व्यवस्थामा जुन किसिमका तरंगहरु देखिएका छन्, त्यसले ति बलिदानीपूर्ण योद्धाहरुप्रति न्याय गर्नेछैन ।
जसको संकेत संघीय संसददेखि स्थानीय सरकारसम्मका सञ्चालकहरुले गर्ने गतिविधिले संकेत गरिरहेको छ । संघीय संसदमा जे–जस्ता दृष्यहरु सल्बलाएका छन्, त्यसका बाछिट्टाहरु स्थानीय सरकारमा पनि देखिएका छन् । ७ सय ५३ वटै पालिकाहरुले स्थानीय सरकार सञ्चालन मर्म विपरित यो या त्यो नाममा देखिनुले संघीय व्यवस्थामाथि नै प्रश्न चिन्हहरु खडा गरेको छ । स्मरण रहोस्, स्थानीय पालिकाहरुमा विपक्षीको अवधारणा संविधानमै छैन तर राजनीतिक पार्टीहरुले आफ्नो स्वार्थ पूर्तिका लागि यो या त्यो बहानामा भूमिका खेलिरहेको ज्वलन्त उदाहरण पनौती नगरपालिकाले देखाएको छ ।
पालिकाको कार्यपालिका बैठकमा देखिएको ध्रुवीकरणले यि आशंकाहरुलाई पुष्टि गर्दछ । यो गम्भीर अवस्थातर्फ नगरवासीले खबरदारी गर्न जरुरी छ । अन्यथा झिंजाले मुडो डढाउँछ भनेझैं भुसभित्रको आगोझैं संघीय व्यवस्था नै धरासयी हुनेमा दुई मत नरहला । तसर्थ, यस किसिमका छिनाझम्टीलाई निरुत्साहित गर्नका लागि नगरभित्र रहेका बुद्धिजीवि, नागरिक अगुवाहरुले अहम् भूमिका निर्वाह गर्नु अपरिहार्य भएको छ । यो अवस्थालाई मनन गर्दै संविधानमै उल्लेख नभएका घटनाक्रमहरुलाई स्थापित गर्न खोज्नु पक्कै पनि बुद्धिमत्ता होइन । यो या त्यो बहानामा राजनीतिक पार्टीहरुले संविधानलाई शिरोपर गर्दै स्थानीय सरकार सञ्चालनका लागि तयार भएको कार्यविधिभित्र रहेर नागरिकहरुलाई सेवा सुविधा र सम्वृद्ध पालिका बनाउन अग्रसर हुनु नै आजको आवश्यकता भएको छ ।
अन्यथा संयुक्त जनआन्दोलन र १० वर्षे जनयुद्धबाट प्राप्त सीमित अधिकारहरु स्खलित हुँदै जाने खतरा बढेको छ । यसले पक्कै पनि यो संविधानको संरक्षक भएर आएका राजनीतिक पार्टीहरुलाई आघात पु¥याउने छ । यो डरलाग्दो परिवेशमा राजनीतिक भन्दा पनि राष्ट्रियताका सवालमा एक कदम माथि उठ्नु सबै राजनीतिक पार्टीहरुको बुद्धिमत्ता देखिन्छ । त्यसैले दिनप्रतिदिन टाढिएका दूरीहरुलाई सामिप्यतामा ल्याई झिना–मसिना अन्तरविरोधहरुलाई एकआपसमा समझदारिता कायम गरी अन्त्य नगरिएमा समस्याको रुपमा विकराल स्थिति सिर्जना नहोला भन्न सकिँदैन । त्यसैले स्थानीय सरकार सञ्चालनमा संविधानले निर्दिष्ट गरेको दायराभन्दा बाहिर जाने छुट कसैलाई पनि नभएको निचोडमा हामी पुगेका छौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

    Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

    Post Thumbnail

    संघीय संरचना अनुसार नेपाल रेडक्रस सोसाइटी बिकेन्द्रीकृत ढांचामा गएको छ ।

    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0