जीवन मंग्राती
नेपालमा सहकारी क्षेत्रलाइ आर्थिक बिकासका एक महत्वपूर्ण संवाहकका रुपमा लिईदै आएको छ । नेपालमा सहकारीलाई अर्थतन्त्रको तेस्रो खम्बाको रुपमा लिएको छ । कुल बितिय क्षेत्रको करिब २० प्रतिशत बजार सहकारीले धान्दै आइरहेको छ ।
एक आपसमा मिलेर आर्थिक आय –आर्जन गर्ने उद्देश्य राखी स्थापना भएको संगठित समुह नै सहकारी हो । एकका लागि सबै सबैको लागि एक भन्ने मूल मन्त्र सहित शुरु भएको सहकारी इतिहास आज आम मानिसको एउटा अभिन्न अंग जस्तै भएको छ । मानिसको जाय जन्म देखि बिबाह र मृत्यु पर्यान्त सम्म का सबै कार्यहरुमा सहकारी दुःख सुख बाड्ने एउटा प्रमुख थलो बनेको छ । हाल यतिखेर नेपालमा कुल जनसंख्याको २८ प्रतिसत मानिसहरु सहकारी संस्थाका सदस्य बनेर सेवा लिएरहेका छन् । सहकारी संस्था मार्फत करिब ८८ हजार भन्दा बढीले प्रत्क्षय रोजगारी पाइरहेका छन् भने अझै लाखौका संख्यामा सहकारी मार्फत आफना खर–खाँचो टार्दै आफनो दैनिकी लाइ सहज बनाइ रहेका छन् । एक तथ्यांकका आधारमा भन्नु पर्दा सहकारी संस्था मार्फत सेवा लिनेमा महिला ४१ लाख (५६ प्रतिशत )रहेका छन् भने पुरुस ३२ लाख (४४ प्रतिशत) रहेका छन् । देश कुल जनसंख्याको एक चौथाई भन्दा बढी मानिस हरु आज सहकारी मार्फत लाभान्वित भएका छन् । देशको आर्थिक बिकाशमा सहकारी क्षेत्रले पु¥याएको योगदान बास्तबमै चर्चा –परिचर्चा गर्ने बिषय बनेको छ । बजारमा छरिएर रहेका स–साना रकमलाई संकलन गर्दै ठुलो पूजीको रुपमा निर्माण गर्ने काम लाइ सहकारीले महत्वको रुपमा लिएको छ ।
यसरी स–साना रकमलाई संकलन गर्दै फेरी उही सदस्यको ठुला ठुला गर्जो टार्नु सहकारी मुख्य काम बन्दै आएको छ । बास्तबमा सहकारीको यस्ता कार्यलाई राज्यले प्रतोसहान गर्दै लैजानुपर्छ । सहकारी संस्थाहरुले मानिसको दैनिकी जिबनमा आइपर्ने बिभिन्न समस्या हरुलाई सहजीकरण गर्दै आएका कारण आज आम समुदायले सहकारी हरुलाई अपनत्व दिएका छन् । समाजका बिभिन्न बर्गलाई समेटी आपसी सहयोग भाइचाराको माध्यमबाट सामाजिक, आर्थिक, भौतिक क्षेत्रमा मिलेर एक साथ काम गर्न उत्साह जगाउने काम पनि सहकारीले गरिरहेका छन् । सहकारीका मार्फत आम मानिसको आर्थिक क्षेत्र मात्रै सबल बनेको होइन सहकारी मार्फत मानिस हरुले सगठित रुपमा काम गर्न सिके सामाजिक एकता कायम राखन सिके सहकार्यले जति सुकै ठुला र अप्ठ्यारा कामहरु भएता पनि सहज ढगले काम गर्न सकिने रहेछा भन्ने बुझेका छन् । त्यसैगरी सहकार्य, सहभागिताले सबैको भूमिका प्रष्ट भई सामाजिक उत्तरदायित्वको भाबना बिकास भएको छ ।
दक्ष एवं इमान्दार जनसक्ति निर्माण गर्न सहकारी संस्थाले अभिभावकीय भूमिका खेलिरहेका छन् । कतिपय सहकारी संस्थाले बेला बेलामा सिप मुलक तालिम प्रदान गर्दै आइरहेका पनि छन् । सिप सिकाउने मात्रै होइन सिपलाई उत्पादनसँग जोड्दै बजारीकरण सम्म गर्नलाई साथ सहयोग गर्दै आएका छन् । यसरी एउटा आम नागरिकलाई दक्ष बनाउँदै उसको आर्थिक अवस्थालाई सुधार्नु भनेको राज्यको पनि आर्थिक अबस्था सुधार्नु हो । त्यसैगरी आम नागरिकको दैनिकी जिबनमा आइपर्ने बिभिन्न आर्थिक समस्याहरुलाई सहकारीहरुले निकै सरल ढंगले समाधान गर्दै आइरहेका छन् तर यतिखेर देश मात्रै होइन सम्पूर्ण विश्व जगत नै आर्थिक चपेटामा परिरहेका बेला नेपालमा भएका सहकारी संस्थाहरु पनि यसबाट अछुतो रहन भने पक्कै सक्ने अबस्था छैन ।
कोभिडको कारण दुइ पटकको लकडाउनको कारण मानिसहरुको आर्थिकी क्षेत्रमा भएको नोक्सानीको कारण आज वित्तीय क्षेत्रमा तरलता पैदा भएको छ । ठुला वित्तीय कारोबार गर्ने बैंक, माइक्रो फाइनान्स लगायतले बेलैमा आफ्नो हात उठाएर हामी आम जनताको अप्ठ्यारोमा साथ दिन असमर्थ छौ भनेर ऋण लगायतको कारोबार हरुलाई बन्द गर्दा पनि सहकारी संस्थाहरुले आम सर्ब साधारण नागरिकको जिबनमा अप्ठ्यारो नपर्ने किसिमले ऋणको कारोबारहरुलाई संचालन गरिरहेको यो अबस्था तपाइँ हाम्रो बीच ताजा नै छन् तर केहि नगन्य मात्रामा भएका फटाहा सहकारी संस्थाहरुको कारण आज सम्पूर्ण सहकारी क्षेत्रलाइ नै यसको असर परिरहेको छ ।
दक्षिण एशियाका श्रीलंका, पाकिस्तान लगायतका देशहरुले आर्थिक मन्दीको सामना गरिरहेको बेला यसको असर नेपालमा पनि पर्दै जाने खतरा बढ्दै गएको छ । अर्थविदहरुको भनाइ सापटी लिएर भन्ने हो भने यसको असर नेपालमा छिट्टै नै पर्न सक्ने अबस्था छ । यस जटिल परिस्थितिमा पनि नेपालमा रहेका सहकारी संस्थाहरुले वित्तीय क्षेत्रमा पु¥याएको योगदान गर्ब गर्न लायकको छ । अब पछिका दिनहरुमा सहकारी संस्थाहरुले आम नागरिकको जिबनमा महशुस हुने गरि आर्थिकी क्षेत्रमा टेवा पु¥याउन जरुरी छ । जस्तैः कृषि, लघु उद्यमी, उद्योगी, ब्यापारी र शैक्षिक क्षेत्रमा लगानी बढाउँदै नेपालमै रोजगारीको सुनिश्चितता गराउन सहकारी क्षेत्रले उल्लेखनीय भूमिका खेल्न जारी छ । प्रत्येक बर्ष लाखौ लाख रुपमा विदेशिने युवाहरुलाई नेपालमा नै काम गर्ने बाताबरण बनाउन सहकारी एउटा प्रमुख माध्यम बन्न जरुरी छ । सहकारी संस्थाले एकीकृत रुपमा काम गर्ने आम युवा पुस्तालाई पहिलो प्राथमिकतामा राख्दै अबका कारोबार हरुलाई अगाडी बढाउन जरुरि छ । आम नागरिकको आर्थिक क्षेत्रलाइ बलियो बनाउने कार्यक्रमहरुलाई सहकारी संस्थाहरुले पहिलो प्राथमिकतामा राख्दै अगाडी बढेको खण्डमा आम सर्ब साधारण नागरिकको आर्थिक क्षेत्र बलियो हुदै जान सक्छ ।
तब मात्र आर्थिक बिकासका लागि सहकारीको भूमिका समुदायमा प्रभावकारी बन्न सक्छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |