Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १५, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सेवाग्राहीलाई सास्ती दिने कार्य बन्द गर

प्रभातफेरी अनलाइन ४४९ पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन २, मंगलबार (३ साल अघि)
Post Thumbnail

पछिल्लो समयमा आएर सेवाग्राहीहरूलाई सहज ढंगबाट सेवा प्रदान गर्नुपर्छ भन्ने चेतनामा कमी आएको छ । कुनैपनि कार्यालयमा सेवाग्राहीहरू सेवा लिनको लागि पुग्दा जिम्मेवारी सम्हाल्दै आएका कर्मचारीहरूले सेवाग्राहीहरूलाई गर्ने व्यवहार पाच्य छैन । सेवाग्राहीले आफ्नो नैसर्गिक अधिकारको लागि सेवा लिन आएको अवस्थामा सेवा प्रदान गर्नुपर्ने पक्षले ढिला सुस्ती आलटाल गर्दै दुख दिने कार्य पर्याप्त हुने गरेको छ । ताकि सेवा लिन आउने पक्षसँग कुनै लाभको वातावरण बनोस । सेवा दिने पक्षले कुनै पनि कार्यको लागि दुई चार दिन अध्ययन गर्नुपर्छ भन्ने बाहना तथा कानुनी त्रुटिको छिद्रहरू खोज्दै दुख दिने कार्यले सिमा नाघिसकेको अवस्था छ । कुनैपनि वृक्षमा फलेको फल कुहाएपछि भुँईमा गिर्नै परे जस्तो सेवाग्राहीको धरेको जव बाँध फुट्छ तव सेवाग्राहीहरूलाई सास्ती दिनेहरूको भविष्य अन्धकार सुनिश्चित छ ।
सेवाग्राहीहरूलाई सास्ती दिने काम प्राय सबै क्षेत्रमा छ तर चरम सास्ती दिनेमा विद्युत प्रधिकरण अग्रपङ्तिमा रहेको छ । प्रधिकरणमा रहेको कार्यालय प्रमुख देखि प्राविधिकहरूको ध्यान सेवा ग्राहीलाई कुन बाहनामा दुख दिने भन्दा अरु छैन । कसरी सेवाग्राहीसँग असुली गर्ने र गोजी भर्ने भन्दा अन्य ध्यानमै रहँदैन । यति सम्म विद्युतको महसुल तिर्न गएका सेवाग्राहीहरूलाई चार घण्टा सम्म लाइनमा उभ्याएर सास्ती दिने काममा नेपाल विद्युत प्राधिकरण काभ्रे बनेपा निकै सफल भएको छ । सेवाग्राहीहरूलाई दुख दिनु आफूहरूको सफलता ठान्ने प्राधिकरणका कर्मचारीहरू दंग छन् । भुक्तानी लिने ठाउँको सहज व्यवस्था गर्दा समयमै भुक्तानी हुने र जरिवाना नपर्ने हो कि भन्ने चिन्तामा भिडभाडको सृजना गरेका छन् ।
सो कार्यालयका प्रमुखले सेवाग्राहीहरूलाई प्रहार गर्ने वचन बाणले मुटु छिया छिया नपर्ने कुरै भएन । सभ्यता भन्ने कुन चराको नाउ भन्ने समेत थाहा नभएका कार्यालय प्रमुखले कार्यालयमा भएका प्राविधिकहरूलाई निर्देशन दिदै सेवाग्राहीले सेवा दिदै गर्दा मेवा मिलोस् । आफ्नो इसारामा नाच्न सक्ने कर्मचारीहरूको लागि कार्यालय समयको कुनै वास्तै रहन्न । सेवाग्राहीले कर्मचारी खै भनी सोध्दा फिल्डमा गएका छन् १२ बजेतिर आँउछन् सजिलो उत्तर । विद्युत प्रधिकरण केन्द्रले यति छिटै छलाङ मारी सफलता हासिल गर्दै गरेको अवस्थामा कर्मचारीको व्यवस्थापनमा निष्पक्षता साथै सक्षम चयन हुन नसक्दा भावी दिनमा समस्या आउलाकी भन्ने विषयमा चनाखो हुन जरुरी रहन्छ । यस्ताखाले समस्यालाई सम्बन्धित निकायले ध्यान दिदै तत्काल समस्या समाधान गर्न नसके भावी दिनहरू जटिल छ । सेवाग्राहीहरूलाई तिरेको कारबाट आर्जित रकमबाट आफूले तलब तथा सेवा सुविधा लिएको भन्ने विषय भुल्नु हुँदैन कुर्सीमा आसीन व्यक्तित्वले ।
स्थानीय तहहरूमा मुलुकमा संघीयता लागू भएपछिको दोस्रो नयाँ जनप्रतिनिधिहरू चुनिएको दश महिनाभन्दा बढी भइसक्यो संघीयतालाई बलियो बनाउन स्थायी सरकार मानिने प्रशासनतन्त्रलाई व्यवस्थित बनाउनेतर्फ संघीय सरकार र संघीय संसद्को ध्यान नजाँदा बेथिति मौलाएको हो । सिंहदरवारको अधिकारहरू पालिकातिर सर्दा सहज ढंगबाट कार्य गर्न नसक्दा पनि सहजताको बदलामा बेथिति मौलाएको छ । यस्ता खालका समस्याहरू मौलाउँदै जाने हो भने जनताले जिम्मेवारी पक्षलाई हेर्ने दृष्टिकोण नकारात्मक हुने भएकोले जनताको मन जित्नको लागि जनतालाई सास्ती दिने पक्षलाई सजग साथै सबक सिकाउन जरुरी रहन्छ । जनप्रतिनिधि साथै मातहतका निकायको सुझावलाई वास्ता नगरे बेथिति गर्ने पक्षको पहिचान गरी कारवाहीको दायरामा ल्याउन जरुरी रहन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

    Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

    Post Thumbnail

    संघीय संरचना अनुसार नेपाल रेडक्रस सोसाइटी बिकेन्द्रीकृत ढांचामा गएको छ ।

    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0