Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ३०, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अस्पतालमा भएका कमी कमजोरीको जिम्मेवारी स्थानीय सरकारले लिन विवश छ ः प्रमुख शाक्य

प्रभातफेरी अनलाइन ६१३ पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन २३, मंगलबार (३ साल अघि)
अस्पतालमा भएका कमी कमजोरीको जिम्मेवारी स्थानीय सरकारले लिन विवश छ ः प्रमुख शाक्य

सन्दर्भ ः शीर मेमोरियल अस्पताल बनेपामा आँखा सम्बन्धी अत्याधुनिक सेवा आरम्भ

काभ्रे । शीर मेमोरियल अस्पतालमा मंगलबारबाट शुभारम्भ गरिएको आँखा सेवाका सम्बन्धमा सम्बोधन गर्दै बनेपा नगरपालिकाका प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि शान्ति रत्न शाक्यले अस्पतालमा भएका कमी कमजोरीको जवाफ दिनका लागि स्थानीय सरकार सदैव तयारी अवस्थामा रहनुपर्ने बताउनुभएको छ ।

जति पनि सेवाहरु प्रवाह भएका छन्, ति सेवाहरुका बारेमा सेवाग्राहीहरुको गुनासो स्थानीय सरकारसामु जानु सुखद पक्ष होइन । यसबाट अस्पतालको व्यवस्थापन पक्षका बारेमा प्रश्नहरु खडा भएका छन् । त्यसैले यो अवस्था आउन नदिनका लागि नगरपालिका जुनसुकै सहकार्य गर्न पनि तयार रहेको प्रमुख शाक्यले बताउनुभएको छ ।

अस्पतालले सुरु गरेको Ophthalmology Department को शुभारम्भबाट यस क्षेत्रका बिरामीहरुले पुनर्जीवन प्राप्त गर्न आफूहरु आशावादी रहेको बताउनुभएको छ । साथै अफ्थोमेट्रिक र अफ्थल्मोलोजिस्ट सेवा दिने जमर्को गरेको छ । यसबाट सिंगो काभ्रे जिल्ला मात्र नभई छिमेकी जिल्लाहरुले समेत लाभ लिनेछन् भन्ने विश्वास नगरले लिएको प्रमुख शाक्यले कार्यक्रममा स्मरण गराउनुभएको छ । बनेपाको मात्र नभई सिंगो मुलुकको पहिचान बोकेको अस्पतालप्रति जनचासो बढ्नु स्वभाविक हो । जनचाहना बमोजिम सेवा सुविधामा पछि परेकै हो । त्यसकारण पनि आलोचनाहरु जन्मनु नौलो होइन । यि समस्याहरुलाई सम्बोधन गर्नका लागि नगरले सानो, ठूलो सहयोगहरु गर्ने क्रममा केही समय पश्चात उपलब्ध हुने सिटी स्क्यान मेसिन रोटरी ग्राण्ट अन्तर्गत अमेरिकाको रोटरी क्लब अफ बोनिता बीच, रोटरी क्लब अफ काभ्रे बनेपा, रोटरी क्लब अफ कुपनडोल, रोटरी क्लब अफ नारायणगढ र अन्य संघ संस्था, बनेपा नगरपालिका, सोही नगरको वडा नं. ५ को समेत सहभागितामा उपलब्ध गराइने व्यहोरा सम्बोधनका क्रममा नगर प्रमुख शाक्यले खुलासा गर्नुभएको छ । हुन त नगरसँग त्यति धेरै सहयोग दिनसक्ने स्रोतहरु त छैनन् तर पनि नगरभित्रको अस्पताल भएकै कारण पनि नगरवासीको चासोलाई मनन गर्दै सकेसम्म गुणस्तरीय स्वास्थ्य सेवाका लागि पुरÞ्याउनुपर्ने सहयोग हरदम गर्न नगरपालिका तयार छ तर अस्पताल प्रशासनले नगर साँग को सहकार्यलाई गम्भीरतापूर्वक मनन गरेको तर्फ
इंकित गर्दै सहयोगको आवश्यकता रहे सम्झनुस् भन्दै आफ्ना अभिव्यक्तिहरु बिट् मार्नुभएको छ ।
कार्यक्रममा शीर मेमोरियल अस्पतालका प्रमुख डा.
प्रवाह गर्ने सेवाहरूमा कुनै किसिमको
अस्पतालको तर्फबाट आभार समेत
व्यक्त गर्नुभएको छ ।
हेक्टरको कथन थियो अस्पतालले कमी कमजोरी हुन दिने छैनौं । गुणस्तरीय सेवाको लागि आफ्नो टिम सदैव लागिपर्ने बताउनुभएको छ । एउटै छानामुनि नागरिकका नैसर्गिक अधिकारभित्र पर्ने स्वास्थ्य सम्बन्धी सबै सेवाहरु गुणस्तरीय हुनेछ । यसका लागि अस्पताल प्रशासन हरबखत चनाखो रहनेछ । यसका लागि स्थानीय सरकार मात्र नभई सिंगो नगरवासीको सहयोगको आवश्यकता पर्दछ । यो अवस्थामा काम गर्दा कमी कमजोरी नहोला भन्न सकिँदैन । त्यही कमी कमजोरीबाटै नयाँ पाठ सिकेर रुपान्तरणको बाटोमा आफूले आफूलाई लैजानुपर्छ। त्यति गर्न सक्यौं भने सेवाग्राहीप्रतिको हाम्रो जिम्मेवारी पूरा गर्न अग्रसर भएको मानिन्छ। आज जति पनि सेवाको नाममा प्रतिस्पर्धाहरु भएका छन् त्यहाँभित्र गुणस्तरीय स्वास्थ्य सेवा छ कि छैन, त्यसतर्फ पनि खबरदारी गर्ने दायित्व स्थानीय सरकारको हो । स्थानीय सरकारसँग सहकार्य गरेर प्रत्येक सेवाहरु प्रवाह गर्न अस्पताल तयार रहेको सम्बोधनका क्रममा सिइओ डा. हेक्टरले खुलासा गर्नुभएको छ । सम्बोधनकै क्रममा अस्पताललाई यहाँसम्म ल्याउन महत्वपूर्ण भूमिका खेल्नुहुने स्थानीय संघसंस्था, जनप्रतिनिधि लगायत बौद्धिक वर्गप्रति
मानवीय क्षेत्रमा अत्यन्तै महत्वपूर्ण अर्थ राख्ने एउटा पाटो आँखा हो । आँखा बिनाको जीवन अन्धकारमय हुन्छ । यो शाश्वत सत्य पनि हो । शरीरका अरु पाटाहरु गुमाउँदा पिडा र आँखा गुमाउँदाका पिडामा निकै ठूलो अन्तर रहन्छ । त्यसैले जुन सेवा दिन गइरहेका छौं, हामी भन्दैनौ अरुको भन्दा उत्कृष्ट र नमूनायोग्य दिन्छी भनेर भन्छ त केवल गुणस्तरीय सेवामा हाम्री अडिग रहन्छ । जसबाट अँध्यारोमा जिउन बाध्य भएकाहरुलाई उज्यालो दिनेछौं । यो नै मानवीय सेवाको महत्वपूर्ण कडीका रुपमा रहनेछ भन्ने विश्वास अस्पताल प्रशासनले लिएको छ । जुन कार्यका लागि अफ्थल्मोलोजिस्ट डा. रोजी मानन्धर लगायतको टिमले दिनरात नभनी समाजमा आफूलाई उभ्याउने कोसिस गरेको छ । जसका लागि अस्पताल परिवार उहाँहरूप्रति आभारी छ। जन सेवा देख्दा सामान्य लाग्ला तर यो विधामा शीर मेमोरियलले दिन खोजिरहेको सेवा कार्यक्रममा बताउनुभएको छ । कार्यक्रममा वरिष्ठ अनुकरणीय सावित हुनेछ भन्ने विश्वास रहेको डा. हेक्टरले प्रशासकीय अधिकृत सुन्दर थापा मगरको कथन थियो– अस्पतालमा प्रवाह
हुन लागेका दुई वटा सेवाहरुले त्यो
विधामा सम्बोधन गर्नेछन् । जुन
किसिमको विधा सञ्चालन गर्न गइरहेका छ. त्यसले काभ्रेली जनतालाई मात्र नभई समग्र यस क्षेत्रका सेवाग्राहीहरूमा सकारात्मक प्रभाव पर्नेछ। महँगो उपचार प्रवृत्तिका कारण कयौं नागरिकहरुले अँधेरो जीवन जिउन विवश भएका छन् । त्यो कारुणिक अवस्थालाई शीर मेमोरियल अस्पतालले प्रवाह गर्ने सेवाबाट मलमपट्टि लाग्नेछ भन्ने विश्वास अस्पतालले लिएको वरिष्ठ प्रशासकीय अधिकृत थापाले बताउनुभएको छ जहाँ कर्मचारी स्वस्थ र खुशी हुन्छन् त्यहाँ सेवाग्राहीले गुणस्तरी सेवा पाउँछन् । त्यसैले पनि अस्पताल प्रशासन गम्भीर रुपमा यस क्षेत्रमा चनाखो हुन आवश्यक छ । आज जति पनि आर्थिक पारदर्शीताका कुराहरु उठेका छन्, तिनीहरुलाई पब्लिक अडिटको माध्यमबाट सम्बोधन गर्ने आलनी गरेका छौं जसको शुभारम्भ आजैबाट गर्दैछ भन्न पछि पर्नु भएन वरिष्ठ प्रशासकीय अधिकृत थापा ।
कार्यक्रममा सामाजिक अभियान्ता एवं सहयोगी दाता उत्तम मानन्धरले आफ्नो जीवनको सातौं बसन्तबाट अस्पतालको सेवाप्रति प्रत्यक्ष सहभागिता रहेको स्मरण गर्नुहुँदै मानवीय जीवनमा केही गर्नुपर्छ भन्ने भावनाको विकास यही अस्पतालले जागृत गराइदिएकै कारण आजसम्म निरन्तर समर्पित हुँदै आएको छु । आज जुन सेवा शुभारम्भ हुँदैछ त्यसमा आफ्नो ठूलो भूमिका त छैन तर पनि अन्यत्र सेवा लिन जाँदा पाएको असुविधाले गहिरो जरो गाडेकै कारण आँखाको सेवा सुचारु गर्नका लागि पच्यच्याउने एउटा पात्रको रूपमा आफलाई लिएको अभियान्ता मानन्धरले कार्यक्रममा खुलासा गर्नुभएको छ ।
उक्त कार्यक्रममा वडा अध्यक्ष बलराम अधिकारी, डा. एन्जिला बस्नेत, डा. रोजी मानन्धर, अफ्थल्मोलोजिस्टहरु रमेश श्रेष्ठ, ग्रेग हड्सन रचना तचामु, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन अध्यक्ष राजकुमार श्रेष्ठ लगायतले अस्तालले प्रदान गर्न लागेको नयाँ सेवा र गुणस्तरीयताको बारेमा चर्चा गर्नुहुँदै सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन जनसम्पर्क अधिकृत पुकार श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता डा. हेक्टर गायरसले गर्नुभएको थियो ।
यसै गरी ११३ आँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८) मार्च) को अवसर पारेर महिला कर्मचारीहरुका लागि मायाको चिनो स्वरुप नेपाली उत्पादन थैलीद्वारा सम्मान गरिएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

  • (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0