Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ३०, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

लायनवादको हब बन्दैछ नेपालः लायन डा.यामदा

प्रभातफेरी अनलाइन ७१४ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र १, बुधबार (३ साल अघि)
लायनवादको हब बन्दैछ नेपालः लायन डा.यामदा

१ मिनेटमा २ सय ९ मत खस्यो !

सन्दर्भः लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आइ नेपालको प्रथम महाधिवेशन, पोखरा

पोखरा । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ आइ नेपालको प्रथम महाधिवेशनलाई सम्बोधन गर्न पोखरा आइपुग्नुभएको पूर्व इन्टरनेशनल प्रेसिडेन्ट लायन डा. जित्सुहिरो यामदाले पछिल्लो समयका गतिविधिलाई हेर्ने हो भने नेपाल लायनवादको हबमा परिणत गरेको महसुस भएको खुलासा गर्नुभएको छ ।
सम्बोधनकै क्रममा डा. लायन यामदाले विश्वमा लायनवादको क्षेत्रमा उत्कृष्ट दखल दिने नेतृत्व नेपालका लायनहरुबाट जन्मिनु गौरवका विषय हुन् । जहाँ लायन बालकृष्ण बुर्लाकोटी, लायन राजन लम्साल, लायन रामबहादुर बसेल जस्ता होनहार नेतृत्वकै कारण त्रिभुवन विश्वविद्यालय ब्लड बैंकले सुविधा सम्पन्न नयाँ भवन पाउने भएको छ । जसका लागि लायन्स इन्टरनेशनलले कबुल गरेअनुसारको भुक्तानी पठाउँदै छ । यसबाट पनि यि कुराहरु पुष्टि हुन्छन् कि, नेपालमा लायनवाद मौलाउँदै छ । जसले सामाजिक क्षेत्रमा एउटा ईंट्टा राख्ने काम गरेको छ । लायनिजमको परिभाषालाई नेपालमा गहकिलो ढंगबाट अगाडि बढाएको आफूले महसुस गरेको लायन डा. यामदाले बताउनुभएको छ । उक्त अधिवेशनमा मल्टिपल काउन्सिल चियरपर्सन लायन केशव पाण्डे, एलसीआइएफ कोअर्डिनेटर लायन राजन लम्साल, डिष्ट्रिक गर्भनर लायन राम बसेल लगायतले महाधिवेशनको बारेमा प्रष्ट्याउनुभएको छ ।
कार्यक्रममा हालसम्मको आर्थिक प्रतिवेदन क्याबिनेट ट्रेजरर लायन सूर्यनारायण बराल, डिष्ट्रिक प्रगति प्रतिवेदन क्याबिनेट सेक्रेटरी लायन हरिराज पन्तले सभामा प्रस्तुत गर्नुभएको थियो । सभाले नेपाल फाउण्डेशन ३२५ आइ नेपालको नियमावली २०७९, इमरजेन्सी फण्ड तथा डिष्ट्रिक नियमावली २०७९, वेलफेयर बैंक नियमावली २०७९, पढाउ अभियान नियमावली २०७९ सर्वसम्मत रुपमा पारित गरेको छ ।
कार्यक्रमको अध्यक्षता डिष्ट्रिक गर्भनर लायन राम बसेलले गर्नुभएको थियो भने सञ्चालन डिष्ट्रिक क्याबिनेट सेक्रेटरी लायन हरिराज पन्तले गर्नुभएको थियो ।
उक्त महाधिवेशनमा सहभागी प्रतिनिधिहरुबाट लायन्स क्लब इन्टरनेशनल ३२५ आइको पहिलो ऐतिहासिक कन्भेनसनबाट गर्भनरमा लायन चन्द्रकुमार केसी, फस्र्ट भाइस गभर्नर लायन विनोद ढुंगाना र सेकेण्ड भाइस गर्भनर लायन पार्वती खरेल पाण्डे, इतिहासमै पहिलो चोटी तिनै जना क्यान्डिडेटहरुले १०० प्रतिशत एस भोट ल्याएर बिजयी हुनुभएको छ । निर्वाचन पश्चात तत्कालै बसेको बैठकले लायन बर्ष २३/२४ का लागि सचिब पदमा लायन महेश पाण्डे, कोषाध्यक्षमा लायन सन्तोष रावल, चिफ एड भाइजरमा लायन सूर्य केसी र प्रो इन चिफमा लायन शैलेन्द्रमोहन भट्टराई चुनिनु भएको जानकारी गर्भनर लायन चन्द्र कुमार केसीको सचिवालयले गराएको छ ।
सुन्दा अचम्म लाग्न सक्छ, १ मिनेटमा २ सय ९ मत खस्यो भन्दा । उद्घाटन सत्र पश्चात् निर्वाचन समितिले निर्वाचनका बारेमा जानकारी गराएर भोटिङ्ग खुल्ला भएको सूचना सार्वजनिक भएको केही मिनेटमै निर्वाचन सम्बन्धी विवरण सार्वजनिक गर्दै १ मिनेटमा २ सय ९ मत खसिसकेको जानकारी गराउँदा म लगायत हजारौं आश्चर्यचकित भएका थियौं । यस्तो खबर सुन्दा यो मुलुकका आफूलाई राजनीतिक रुपमा अब्बल सावित गर्ने नेतृत्व र कर्मचारीतन्त्रप्रति भने गिज्याएको महसुस हुन्थ्यो । प्रविधिले विश्वलाई कति सानो बनाइदिइसक्यो तर हाम्रो मुलुक अझै पनि पुरातनवादी सोच र संस्कार बोकेर उही कार्यकर्ता र मतदाता बिचमा रडाको मच्चाउने खालका गतिविधिलाई प्रशय गर्ने र राष्ट्रको ढुकुटीलाई रित्याउने भन्दा अरु केही नगरेका रैछन् भन्ने यथार्थता त्यो खबरले प्रमाणित गरिदिएको छ ।


मतदान सुरु भएको उद्घोष हुँदा नहुँदै मोबाइलमा नोटिफिकेशन आउँछ, के रहेछ भनेर हेर्दा उम्मेदवारहरुको फोटो र पद सहितको विवरण देखाउँछ र प्रष्ट मत राख्नको लागि कहाँ क्लिक गर्ने भन्ने बारेमा समेत स्पष्ट खुलेर आउँछ र मतदाताले आफ्नो उम्मेदवारलाई एस भोट या नो भोट के गर्ने हो छान्ने विकल्प दिन्छ । त्यो विकल्प अनुसार क्रमशः मत जाहेर गर्दै जाँदा ८ देखि १२ सेकेण्ड समय खर्च हुन्छ र त्यसपछि कन्फर्म गर्न संकेत गर्छ । त्यहि संकेत अनुसार कन्फर्म गरेपछि धन्यवाद भनेर एप्स बन्द हुन्छ । यसरी सामान्य आइटी सम्बन्धी दखल नभएको व्यक्तिले पनि ८ देखि १२ सेकेण्डमा ३ जना उम्मेदवारहरुलाई मतदान गर्न सक्नु भनेको प्रविधिले निम्त्याएको सहजतालाई सम्मान गर्नैपर्छ । यसरी मतदान गर्दा ३ मिनेटमा सबै मतहरु १०० प्रतिशत मत खसिसक्छ । प्राविधिक रुपमा इन्टरनेटको कारणले केही मतहरुका बारेमा परिणाम अल्मलिन्छ तर सबै हिसाबले हेर्ने हो भने अत्यन्तै व्यवहारिक र सरल प्रविधिको विकासप्रति यो पंक्तिकार सम्मान व्यक्त गर्दै नेपाली राजनीतिका हिमायतीहरुलाई साँच्चै यो मुलुकलाई समृद्ध बनाउनु छ भने प्रविधि सँगसँगै खेल्न पनि आग्रह गर्दछ ।
महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन महत्वपूर्ण भूमिका खेल्नुहुने कन्भेनर लायन ऋषि गिरि, लायन्स क्लब अफ पोखरा डल्फिन र सम्पुर्ण पोखरेली लायन्स क्लबहरु रहेको जानकारी गराइएको छ । त्यसैगरी लायन्स क्लब इन्टरनेशनल ३२५ आइ नेपाललाई उचाइमा पु¥याउन विभिन्न विधामा महत्वपूर्ण योगदान गर्नुहुने लायनहरुलाई सम्मान गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

  • (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0