Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

होली विशेष

प्रभातफेरी अनलाइन ३३३ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र ९, बिहिबार (२ साल अघि)
होली विशेष

अविचल आस्था मणि
तनहुँ, नेपाल

१.
आहा आहा सरल कविता साथमा विश्व भाइ
काव्या गोरी प्रकट प्रतिभा चिन्न पाएँ बधाई
होली खेल्ने चलन रङको पर्व फागुन मास
हाँसो उस्तै कविश मनको झल्ल देखेँ सुवास ।
२.
शिक्षा दीक्षा सकुशल सफा जिन्दगी नाचगान
आएको यो समय रथ हो मोक्ष पुग्ने विमान
छुट्टै शोभा विकसित बनोस् ताज हो यो इमान
आहा आभा पुलकित प्रभा देखियो स्वाभिमान ।
३.
होली खेल्ने अवसर जुट्यो फाल्न टाढा निराशा
आएकी छिन् समुचित कला बन्न चाहेर आशा
ल्याएकी छिन् लय कुशलता मग्न बोकेर डोली
आँखा भन्छन् सफल कवि छन् कल्पनाले टटोली ।
४.
मैला जम्मै पर हुन गए, जिन्दगी बज्छ बाजा
डोली चढ्छिन् कुसुम युवती सौम्य मायाँ छ चासो
छैनन् ईष्र्या कपट कटुता, शिष्ट झन् देख्छु हाँसो
साट्यौं आत्मा विमल मन जो भाग्छ टाढा गुनासो ।
५.
रंगीचंगी भुवन सुकिलो साथ सद्भाव ऊर्जा
ओर्लेका छन् तरुण वयमा देहका पार्टपूर्जा
टाढा शङ्का सब हुन गए आत्मविश्वास चोखो
सङ्लो अग्लो मणिमय छटा ज्ञानको ज्योति भोको ।
६.
पाएँ, लाएँ विविध रङ यी मग्न मस्ती फिँजाई
आएको हो ललित कविता छन्द आफैं रिझाई
काला मैला हवन गरियो दिव्य आलोक पाई
होली खेल्ने रहर थपियो लिन्छु आफैं बधाई ।
७.
सारा बाधा अब पर हटे, वैर ढिक्का फुटाएँ
साथी संगी अवतरित छन् साथ सज्जा जुटाएँ
श्रद्धा जागा सुमन मनमा भावना पूर्ण केस्रा
छर्दा छर्दै मन अचमको गर्छ साहित्य खेस्रा ।
८.
आहा रत्ना ! प्रकट रङमा साथ खेल्ने छु होली
ल्याए हुन्थ्यो मगन लयमा काव्य संगी बटोली
आत्मा सिंगै चरणतलमा अर्पिएँ बन्न शान्त
आएकी छौ सकरुण कथा भावनामा प्रशान्त ।
९.
इन्द्रेणीका रङ रङ चुनी एक माला उनाऊँ
नासो पासो सरह सुकिलो कण्ठको होस् चुनाऊ
सोझो बन्ने उपक्रम बढ्यो प्रेमको आज भाउ
ह्वात्तै केले यस विषयमा के छ रत्ना ! सुझाउ ?
१०.
बोली होली सरह सुकिलो पाइएको विवेक
खेल्ने साथी वरपर बसे दंग पर्छन् छिमेक
पाएका छन् उचित सुविधा काम गर्दा निमेक
इच्छा जागा समुचित बनून् सम्झनामा हरेक ।
११.
आहा चेष्टा कुशल प्रतिभा काव्यको गर्न खेती
सोध्दा थाहा सगुन सुकिलो मथ्न साहित्य नेती
पाएकाले अचम कवि यो मान्छ उम्दा कमाई
होली खेल्ने अवसर जुट्यो जित्छ पक्कै मलाई ।
१२.
आरामै छौं सकल जनता खेल्न होली बसेका
देखेको हो उचित पलमा रंग भित्रै पसेका
हाँस्ने नाच्ने छलफल गरी हुन्छ उत्साह वर्षा
आएको हो अचम अहिले गर्न साहित्य चर्चा ।
१३.
सीता साध्वी जनक पुरमा जन्मिएकी हुनाले
रंगी चंगी नगर गरियो चेतनामा मुनाले
बास्ना आयो मगमग अहा फूल बेली चमेली
फुल्दा जस्तै सुरभित बने, हेर अग्ला हवेली ।
१४.
आएका चाहना छन् रङ विरङमा आजको चाड होली
सारा मैलो पखाल्ने युग युग सबका साथ उत्साह लोली
साख्खै ठान्ने मजा होस् मुखरित कविता स्वच्छता रंग घोली
आँखा आँखा जुधेका मनसुब नयाँ दिव्य ल्याएँ बटोली ।
१५.
लागेको कुत्कुती हो, हरफ हरफमा सार सौन्दर्य सङ्लो
देखेँ इच्छा उदाए अनुपम उपमा कामना सत्य अग्लो
वारी पारी सवारी समय रथ चढी गर्न थालोस् कथाले
हाँक्ने हो विश्व सिंगै धवलित महिमा मुग्ध छन् मान्यताले ।
१६.
पाएँ श्रद्धा सुमन मनको सुम्पिएँ सामु आज
स्वप्ना जागा उदित विपना मान्न चाहन्न लाजÞ
जो जे भन्ला उकुच ननिको हेर फोरिन्छ घाउ
होली हो यो अवसर खुला पस्न मिल्ने तलाउ ।
१७.
डाकेको आज होली हवन छ गरिने पीर चिन्ता डढाई
पाएँ आनन्द बेग्लै पुलकित म बनें आजको यो पढाई
सेवा गर्ने सबैको सुअवसर खुला खोजको यो तहल्का
उद्योगी कार्य शैली विकसित गरिमा ज्यान यो पार्छ हल्का ।
१८.
होली आज छ खेल्न रंगसितमा हे सञ्जना, रञ्जना
लोला खेल्न मजा मिल्यो गजबको बेरेर यही काखमा
पोल्ने हो सब नाशवान ममता उत्पन्न होस् कामना
गाढा बन्छ सदैव प्रेम सुकिलो विख्यात सम्भावना ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • मुक्तक

    मुक्तक

  • मलाई गाउनु छैन स्वर्णयुगको गीत

    मलाई गाउनु छैन स्वर्णयुगको गीत

  • मुक्तक

    मुक्तक

  • जीवनवृत्त छन्दःझ्याउरे (असारे)

    जीवनवृत्त छन्दःझ्याउरे (असारे)

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0