प्रभातफेरी अनलाइन ४७० पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र ९, बिहिबार (२ साल अघि)
गोविन्दराज मैनाली
तेमाल–६, काभ्रे
तिमी आउने राजपथहरुमा
आँखाहरुले स्वागतका मधुलिका बिच्छ्याएर
तिमी हुनुको तर्कमा
जसरी पहाड खुशि भयो
हिमाल मुस्कुरायो
तराई फुल्यो
आकाश अल्हादित भयो
तिम्रो स्वागतार्थ
उनीहरुकै पछि म लागेँ
तिमी त फेरि तर्कियौ
मध्यमार्गबाट
मेरो खुशी अर्थान्तर भयो
त्यसैले लौ ! मेरो खुशी फिर्ता देऊ
ती अन्तरिक्षा यात्रीहरु
जो तिम्रो परिधिका निल आर्मष्ट्र· थिए
भन तिनीहरुलाई तिमीले के दियौ ? अन्तरिक्षमा टहल्दा टहल्दै
ती त्यसै रित्तै फर्किए
न पानी पाए, न अक्सिजन
न भोक मेटाउन रोटी नै पाए
तिम्रा यात्राका लमतन्ने बाटाहरू
पट्यारलाग्दो बुढेसकालको जाडो
थोत्रो झुत्रो काम्लोले थेगेजस्तै
थेग्दै आएका थोत्रा मान्यताहरू
ठिकै छ
तिमी हुनुको अर्थमा
जसरी म गाएँ
तिमीले त पाइला मेटायौ
त्यसैले लौ ! मेरो गीत फिर्ता देऊ
अधुनिक सभ्यताको पगरीमा
हिरोसिमा हुनुको पीडा
तिमीले एक अक्षर सोध्यौ ?
गुलाफ तिम्रै कम्मरमा बाँधिएको थियो
तिमीलाई के थाहा ?
रातभरी अचेतनले जुन मूल्यमाथि रजाइँ ग¥यो
काँडै काँडा छ¥यो
परिभाषाहरू जतिसुकै होउन्
हिसाबकिताब जे सुकै गरून्
जोडघटाउको रहेन कुनै मतलब
ठिकै छ, फले पनि ठिकै छ
ठिकै छ, झरे पनि ठिकै छ
कर्मको रुखमा फलेको फल
खिजिएन कुनै विस्तारित आकाश
मलाई मै भित्रको आकाशले पुग्छ
चाहिएन कसैको न्यानो मजेत्रो
मलाई मेरै रुमालले पुग्छ
तर तिमी हुनुको अर्थमा
जसरी म खुशी भएँ
तिमी नहुनुको पीडामा जसरी म रोएँ
कुनै दाताको असीम उपहार
अन्तिम पटक लिएर
तिमी त पाइला मेट्दै मेट्दै गयौ
त्यसैले लौ ! मेरो आँसु र खुशी फिर्ता देऊ
स्वर्गको टापुमा
तिमीले पढायौ होला
अलौकिक रसका कथा
तिमीले बनायौ होला
भब्य पाहुनाघर र तिलश्मी बगैँचा
तर, तिमीलाई के थाह ?
सपनाले विपनालाई धोका दियो
रौँ बरबरमा अर्थान्तर ग¥यो
ठिकै छ
यो बदलिँदो मौसममा
बदलिनु नै नियम हो
त्यसैले लौ ! मेरो खुशी फिर्ता देऊ !
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |