Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन १७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

उपनिर्वाचनले दिएको सन्देश

प्रभातफेरी अनलाइन ९३ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख १२, मंगलबार (५ महिना अघि)
Post Thumbnail

संघीय तथा प्रदेश निर्वाचन सम्पन्न भएको पाँच महिनामा पछि उपनिर्वाचन सम्पन्न भयो । यो अवधिमा राजनीतिक तरङ्गले नेपाली जनतालाई मुलुकको विषयमा चनाखो साथै सचेत हुन वाध्य पारेको छ । आम निर्वाचन बाट नेपाली जनताले धेरै राम्रो अपेक्षा गर्दै मिलिजुली सरकार सञ्चालन गर्ने अनुमति दिएका थिए । तर जनताले चाहे अनुसारको कार्य भने खासै हुन सकेन । पहिलो पटक सरकार गठन हुँदै गर्दा पहिलो दल सरकार बाहिर बस्न विवश भए । जसको कारण राजनीतिक क्षेत्रमा थप तरंग मच्चियो ।
पहिलो पटक सरकार बन्दै गर्दा दलहरूको मिलिमतो हुँदै गर्दा लामै समय सरकार सञ्चालन हुने अपेक्षा नगरेका हैनन् । तर सरकारमा सहभागी दल मध्य रास्वपार्टीको तफर्बाट सरकारमा सहभागी गृहमन्त्री रवि लामिछाने न्यायालयको फैसलाको कारण मन्त्री पदको साथै सांसद पद समेत चट् भयो । जसको कारण राजनीतिक तरंग थप धमिलिन पुग्यो । जसको कारण सरकार पुन फेरबदलको सङ्घारमा पुगेर सरकारमा सहभागि नेकपा एमाले बाहिरिन पुग्यो । राष्ट्रपति निर्वाचनमा माओवादीले नेपाली कांग्रेसलाई समर्थन गर्दै सरकारमा भित्र्याउने खेललाई जनताले निकै निकै चोसोका साथ नियाली हेरी रहे ।
राजनीतिक खेलकै कारण साथै न्यायालयको साथ लिएर रविलाई गलत्याउने विषय नेपाली जनतालाई पाच्य थिएन । जनताको तर्क थियो पुराना दलहरूका नेताहरू सुध्रियनन् अव जनताले सुधार्नु पर्छ । मुलुकको हितको लागि कार्य गर्छु भन्दै संसद्मा प्रवेश गरेका लामिछानेलाई गलत्याउनु जनताको लागि पाच्य थिएन । किन के बिगारे रविले अनि लखेटियो ( पुराना ठूला दलहरू‚ न्यायालय अनि मिडिया समेत लागेर ) लामिछानेलाई चौतर्फ ढंगबाट दबाउन खोजियो तर मानेनन् जनताले जसको परिणाम उपनिर्वाचन सावित भयो ।
जन चाहना अनुसारको काम नगर्ने दललाई जनताले साथ नदिने प्रस्टियो । मत परिणामलाई आधार मान्दा पुराना दलहरूको व्यवहार जनताको लागि पाच्य छैन । अव दलहरूले सचेत हुने समय आएको छ, जन चाहना अनुसारको कार्य नगर्ने साथै बेकसुरमा कसैलाई पन्छाउन खोज्नु राम्रो हैन भन्ने सन्देश दिएको छ । उपनिर्वाचनको परिणामलाई नियाल्दा न्यायालयले दोसि ठहर गरेको लामिछानेलाई जनताले निर्दोस (सफाई ) सावित गरिदिएका छन् । परिणामलाई आधार मान्दा मुलुकको हितको पक्षमा जनताहरू सचेत भएका छन् ‚ जिम्मेवारी पाएका पक्षले गलत गरेमा जनता चुप नबस्ने संकेत मिलेकोले कमजोरी गर्ने पक्षहरू सचेत रहनु पर्ने अवस्था आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • Post Thumbnail

    सामाजिक सेवामा सहभागी बन

  • Post Thumbnail

    स्वास्थ्य क्षेत्रको लापरवाही कहिले सम्म !

  • Post Thumbnail

    संविधानको संरक्षण गर

  • Post Thumbnail

    विद्यालयमा नैतिक शिक्षाको आवश्यकता

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन १० गते

    २०८० आश्विन १० गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    आधुनिक कविताका जरा मोहन कोइराला

    आधुनिक कविताका जरा मोहन कोइराला

    Post Thumbnail

    सामाजिक सेवामा सहभागी बन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0