Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सम्पत्ति छानविनको विकल्प छैन

प्रभातफेरी अनलाइन १९ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ ९, मंगलबार (२ हफ्ता अघि)
Post Thumbnail

२१ औं शताब्दी नजिकका नेपाली जनताहरू निकै सचेत छन्‚ बौद्धिक छन् ‚ नेपाल र नेपालीको हित चाहने पक्षमा छन् । विगत ५ दशक अगाडिका नेपाली जनताको स्मरण गर्दै दलका नेताहरूले गर्ने व्यवहार पाच्य छैन जनतालाई । विगतमा दलका नेताहरूले दिएका आस्वाशन लाई शिरोपर गर्दै पूर्ण आशामा ढुक्क रहँदै नेताको दौराको फेर समातेर पछि लाग्ने अवस्थामा आजका जनता छैनन् । मुलुक हाँक्नको लागि कम्मर कसेर अगाडि बडेका अधिकांश नेताहरूले गरेको निर्णय मुलुकको लागि कति लाभदायक साथै दीर्घकालीन ढङ्गको सावित भएको छ ? विकास निर्माणमा कति गुणस्तरीयता छ ? नेताले बोलेका कुराहरू कति सत्य सावित भएको छ ? तीन दशक पार गरेका अनुभवी नेताहरू कति विद्वत् छन् र उनीहरूले मुलुकको स्वार्थको लागि अगि बढेकी दलगत र व्यक्तिगत स्वार्थमा भन्ने विषयमा नेपाली जनताले मसिनो ढंगबाट केलाई सकेका छन् ।
०४६ सालमा मुलुकमा बहुदल घोषणा हुँदै गर्दाको पेरिफेरीमा राजनीतिमा होमिएका दलका अगुवा कार्यकर्ताहरूको आर्थिक अवस्था‚ उनीहरूको पैतृक सम्पत्तिको अवस्था‚ अनि शैक्षिक योग्यताको अवस्था‚ उनीहरूको आर्थिक उपार्जनको अवस्था समेत नेपाली जनताको लागि घाम जस्तै छर्लङ्ग छ । ०५२ सालमा सुरुभएको जनयुद्ध ताका राजनीति यात्रामा लामवद्ध अगुवा कार्यकर्ता साथै नेतृत्वहरू र ०६२ शान्ति काल पश्चात राजनीतिक यात्रामा होमिएका व्यक्तित्वहरू बाट मुलुकको हितको खातिर के कति कार्य गरे भन्ने विषय इतिहासको सुनौलो पन्नाहरु मा सजिएका छन् । कसैले चाहेर पनि लुकाएर छिपाएर झुक्याउन खोज्दैमा झुक्किने अवस्थामा छैनन् नेपाली जनता । ०४६ भन्दा यता यो ३४ वर्षको अवधिमा माथिल्लो तहमा आसीन उच्च तहका कर्मचारीहरूको हैसियत पनि नेपाली जनताले लिपिबद्ध गरिसकेको अवस्था छ । जनताहरूको पर्ख र हेरको अवस्थाले नेटो काटिसकेको छ‚ सायद धैर्यताको बाँध चिरा पर्दछ त्यो फुटेपछि आएको भेलले व्यक्तिगत स्वार्थमा डुबुल्की मार्नेलाई बडारिने सुनिश्चित होला ।
पछिल्लो समयमा आएर मुलुकमा भ्रष्टाचार गर्नेहरूलाई कारवाही गर्ने उद्घोष भएको छ । दलका नेतृत्वहरूले तालमा सुर मिलाउँदै डम्फुमा ट्याप गर्दैछन् । तर चुरो कुरो भ्रष्टाचारीको पहिचान गर्ने अभियानमा लागेका पक्षलाई सरकारबाट च्याट्ट पार्ने भित्री रणनीतिको ताना मुना बन्दै नगरेका होइनन् । यो भ्रष्टाचारीलाई कारवाही गछौं, भन्ने हुँकार दिएर अकुत सम्पत्ति आर्जन गरेकालाई गाईको दूधले नुहाउन खोजेको कुरा नेपाली जनतालाई प्रष्ट छ । यदि देश र जनताको हितको खातिर कार्य गर्ने हो भने राजनीतिक यात्रामा निरन्तर रहेका अगुवा कार्यकर्ता साथै नेता र उच्च तहका कर्मचारी मात्रै नभई व्यापारी लगायत निश्चित आम्दानीको स्रोत नभएका नव धनाड्यको सम्पत्ति शुद्धिकरण गरी गैर कानुनी ढंगबाट आर्जित काला धन राष्ट्रियकरण गर्न जरुरी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • Post Thumbnail

    सांसद विकास कोषलाई पारदर्शिता गर

  • Post Thumbnail

    उपनिर्वाचनले दिएको सन्देश

  • Post Thumbnail

    हावा हुरीको समयमा आगलागी हुनबाट जोगाऔं

  • Post Thumbnail

    अनावश्यक खर्च कटौती गर

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0