प्रभातफेरी अनलाइन ३५१ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ १२, मंगलबार (२ साल अघि)
जेबी खत्री
बिहानीपख
घामको रातो डल्लो
महासागरमा चुर्लुम्म डुबेझैं
गस्केतिभ आसुँमा डुबेको छ ।
परेवाले छोडेको
रित्तो घरझैं
इच्छा आकाँक्षाहरू
आगोले खाएर
फतकफतक आगोमै
खसेका घरका
छानाका डा“ड“ाभाटाझैं
जलिरहेछन्, डढिरहेछन् ।
तर पनि
एक हातले आफ्नो देशको
झण्डा उठाएर चिच्याइरहेछन् ।
रोइरहेछन् देशभक्तहरू ।
आसुँको सागरमा डुबेर
आफ्नै देशको
गीत गाइरहेछन् ।
आफ्नो माटोमा
आफ्नै देशको
नक्शा कोरिरहेछन् ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |