Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ३०, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

खानीबाट प्रभावित बस्तीलाई खानीजन्य क्षेत्रको रुपमा विकास गरिनेछ ः प्रमुख भण्डारी

प्रभातफेरी अनलाइन ५६६ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ २६, मंगलबार (२ साल अघि)
खानीबाट प्रभावित बस्तीलाई खानीजन्य क्षेत्रको रुपमा विकास गरिनेछ ः प्रमुख भण्डारी

– कर्मकाण्डीको निरन्तरता १३औं नगरसभा                                         – खानी र पानीका सपना, सपनैमा रहने भए

काभ्रे । पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले १३औं नगरसभाको समापन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उक्त भनाई राख्नुभएको छ ।
सम्बोधन गर्ने क्रममा प्रमुख भण्डारीले ‘पनौती नगरको दिगो विकासको आधार, गतिशील अर्थतन्त्र, प्रविधि र पूर्वाधार’ भन्ने नारालाई सार्थक बनाउन समृद्धि पनौती निर्माणको अभियानलाई तीव्रता दिने बताउनुभएको छ । नदी एवं खानीजन्य श्रोतको उत्खनन, प्रशोधन ओसारपसारलाई व्यवस्थित गराउँदै वडा नं. २ र १२ का प्रभावित बस्तीलाई खानीजन्य क्षेत्रको रुपमा विकास गर्ने बताउनुभएको छ । वडा कार्यालय पुग्ने सडक कालोपत्रे, सिसि क्यामेरा जडान, ढलको पहुँच नभएका स्थानमा सोकपिट बनाउन प्रेरित गर्ने, जेटिङ्ग मेशिनको प्रबन्ध गर्ने, नगर क्षेत्रका ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक र रमणीय पर्यटकीय क्षेत्रको विकासका लागि संरक्षण सम्र्वद्धन र प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।


नगर प्रमुख रामशरण भण्डारीले आगामी वर्ष नगर स्तरीय योजनाहरु ठेक्का प्रक्रियाबाट सञ्चालन गर्ने बताएका छन् । सभामा प्रस्तुत नीति तथा कार्यक्रममा नगर स्तरीय सबै र वडा स्तरीय १० लाख रुपैयाँ भन्दा माथिका सबै योजनाहरु ठेक्का प्रक्रियाबाट कार्यान्वयन गरिने उल्लेख गरिएको छ । यता बजेटमा जनसहभागिता मार्फत ३८ लाख रकम आम्दानी हुने प्रक्षेपण गरिएको छ ।
सुशासन तथा संस्थागत विकास, शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद, कृषि, महिला तथा बालबालिका, बालमैत्री स्थानीय शासन, पूर्वाधार विकास, सम्पदा, वन तथा वातावरण, पर्यटन, सहकारी, पञ्जिकरण तथा सामाजिक सुरक्षा, विपद व्यवस्थापन, सूचना तथा प्रविधि, प्राकृतिक श्रोत व्यवस्थापन, सार्वजनिक सम्पत्ति उपयोग तथा संरक्षण, प्रधानमन्त्री रोजगार सेवा कार्यक्रम अन्तर्गत नगरपालिकामा गर्ने विभिन्न योजना र कार्यक्रमका बारेमा नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नगर प्रमुख भण्डारीले नीति तथा कार्यक्रम र उपप्रमुख गीता बञ्जाराले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । यसअघि असार १० गते शुरु भएको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको थियो । कर्मचारी सम्बन्धी नगर सभामा संगठन संरचना सर्वेक्षण (ओएण्डएम) नगर प्रमुखको हैसियतले प्रस्ताव गरिएता पनि सो विषयमा सहमति नहुँदा उक्त दिन बजेट र नीति तथा कार्यक्रम दुवै प्रस्तुत हुन सकेको थिएन ।


सभामा नगरपालिकाको आन्तरिक आय ४० करोड ७१ लाख, राजश्व बाँडफाँडबाट २० करोड ९ लाख, नेपाल सरकारको वित्तीय हस्तान्तरण, बागमती प्रदेश सरकारको वित्तीय हस्तान्तरण र जन सहभागितासहित जोडेर १ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ ।
नगर सभामा अर्थ विधेयक वडा अध्यक्ष पुरुषोत्तम अधिकारीले प्रस्तुत गर्नुभएको थियो भने विनियोजन विधेयक वडा अध्यक्ष विपिन लामाले गर्नुभएको थियो । ०७९÷०८० को वार्षिक प्रगति प्रतिवेदन वडा अध्यक्ष विष्णुप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको थियो यता लेखा समिति गठन कार्यविधि २०८० सम्बन्धी प्रस्ताव वडा अध्यक्ष जयराम केसीले र लेखा समितिको प्रतिवेदन वडा अध्यक्ष शहकुलकुमार हुमागाईँले प्रस्तुत गर्नुभएको थियो । न्यायिक समितिको प्रतिवेदन कार्यपालिका सदस्य चण्डिका परियार, मेलमिलापकर्ताहरुको नाम सूचीकृत सम्बन्धी प्रस्ताव कार्यपालिका सदस्य राधिका विश्वकर्माले प्रस्तुत गर्नुभएको थियो ।
सोमबार सम्पन्न पनौती नगरपालिकाको १३ औं नगर सभामा ०८०÷०८१ को नीति तथा कार्यक्रम र अर्थ विधेयक, विनियोजन विधेयक तथा आय ब्ययसहितको बजेट पास भएको छ । सभाले २०७९÷२०८० को वार्षिक प्रतिवेदन तथा नगरपालिकाले गरेका निर्णयहरु अनुमोदन गरेको छ । सम्पन्न पनौती नगरको १३औं नगरसभासँगै खानी र पानीका बारे कित्ता छुट्टिएको छ । एकीकृत खानेपानी आयोजना र खानी प्रभावित क्षेत्रमा उच्च ड्याम निर्माणका लागि प्रदेशले विनियोजित गरेको बजेटलाई विवादास्पद अवस्थामा पु¥याएको छ । यो नगरसभालाई नगरवासीले कर्मकाण्डीका रुपमा लिएको पाइयो । नगरस्तरीय महत्वकांक्षी कुनै योजनाहरुलाई पनि सम्बोधन गरेको देखिएन । जसका कारण नगरवासीहरु आन्दोलन र कार्यकर्ताहरु सामूहिक राजीनामा दिने अवस्थामा पुगेका छन् । यसबाट पनि यो नगरसभा सम्झौताको पर्यायवाची बनेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

  • (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0