Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

विद्यालयमा नैतिक शिक्षाको आवश्यकता

प्रभातफेरी अनलाइन ४६० पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र ५, मंगलबार (२ साल अघि)
Post Thumbnail

सामुदायिक वा संस्थागत ढंगबाट सञ्चालन भएको विद्यालयको प्रमुख उद्देश्य भनेको विद्यार्थीको भविष्य निर्माण गराउनु हो । विद्यालय उमेरका बालबालिका भनेको काँचो माटो हो ‚ विद्यालयमा कार्यरत शिक्षक काचो माटो रुपी विद्यार्थीको भविष्य निर्माणको खातिर ज्ञानको खुराकी पस्कने माध्यम हो । कुमालेले काँचो माटोलाई विभिन्न रुप दिन जसरी सफल हुन्छ सोही ढङ्गको भूमिका शिक्षकले खेल्न जरुरी रहन्छ । कुमालेले चक्रको माध्यमबाट काँचो माटोलाई जसरी विभिन्न महत्वपूर्ण रुप दिन सफल हुन्छ शिक्षकहरूले पनि पाठ्यपुस्तकको माध्यमबाट कलिलो र खाली दिमाग भएका काँचो माटो रूपी विद्यार्थीको भविष्य निर्माणमा भूमिका खेल्न जरुरी रहन्छ ।
विद्यालयमा विद्यार्थीहरूले पाठ्यपुस्तक मात्रै रटान गरेर पुग्दैन ‚ उनीहरूले नैतिक शिक्षा ‚ सामाजिक शिक्षा साथै व्यक्तित्व विकासमा ठुलो फड्को मार्ने ढङ्गको वातावरण निर्माण गर्न जरुरी रहन्छ । पछिल्लो समयमा सामाजिक सञ्जाल दुरुपयोगले गर्दा विद्यार्थीहरूमा विभिन्न खाले विकृतिहरुको शिकार हुनेक्रम बढेको छ । उनीहरूमा नैतिक शिक्षा ह्रास हुँदै गएको छ जसको कारण विभिन्न खाले घटनाहरू दिन पर दिन बढ्दो छ । विद्यालयमा हुने सामान्य गतिविधिलाई विद्यार्थीहरूले सहन सक्ने क्षमतामा समेत ह्रास हुँदै आएको छ ।
शिक्षकहरूले पठन पाठनको क्रममा सामान्य ढङ्गको यातना दिदा समेत सो कुरालाई ठुलो विवाद निम्त्याउने कार्य समेत हुँदै प्रहरी प्रशासन समेत गुहार्ने कामले गर्दा शिक्षकहरुमा मनोबल गिर्ने गरेको छ । जसको कारण अध्यापनको क्रममा अनुशासन पालना गराउने विषयमा समस्या आएको छ । यस्ता तमाम समस्या हुनुको पहिलो जटिल कारण भनेको विद्यार्थीमा नैतिक शिक्षाको अपुग हुनु हो । विद्यालयमा भएको सामान्य गतिविधिलाई विद्यार्थीहरूले आफ्नो अभिभावक समक्ष प्रस्तुत हुँदै गर्दा अभिभावकले मसिनो ढंगले कमीकमजोरीको पहिचान नगरी विद्यार्थीको भनाइको भरमा पछि लाग्दा थप समस्याहरू निम्तने भएकोले घरमा समेत व्यवहारिक साथै नैतिक शिक्षा दिन जरुरी रहन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0