नेपालको इतिहासमा जनताद्वारा जनताका लागि प्रतिपादन गरिएको दस्तावेजका रुपमा नेपालको संविधानलाई मानिएको छ ।
संविधान प्रद्धत्त अधिकारको प्रयोग गर्नु सम्पूर्ण नेपालीको दायित्व, जिम्मेवारी र कर्तव्य पनि हो । संविधानमाथि कसैले धावा बोल्छ भने त्यही संविधानमा टेकेर कानूनको भागीदारी हुन पनि तयार हुनुपर्छ । ठूलो बलिदानद्वारा प्राप्त संवैधानिक अधिकारमाथि धावा बोल्ने हैसियत कसैको रहँदैन । यदि कसैले त्यस किसिमको निकृष्ट कार्य गर्छ भने त्यस्ता व्यक्तिलाई कानूनको कठघरामा उभ्याउनुपर्छ । यस किसिमको संस्कारको विकास नगर्ने हो भने उत्श्रृंखलताले प्रशय पाउनेमा दुईमत छैन ।
संविधानमा उल्लेखित कानूनद्वारा वर्जित गरिएका घटनाहरु सार्वजनिक रुपमा हुनु र तिनीहरुलाई कानूनको कठघरामा नउभ्याउनु भनेको संविधानमाथिको आघात मात्र होइन, संविधानसभा माथि नै प्रश्न चिह्न खडा हुनु हो । त्यसैले संविधान मिच्ने अधिकार कसैलाई छैन । संविधानका बारेमा प्रश्न उठाउने हैसियत पनि कुनै नेपाली नागरिकलाई छैन । नेपालको संविधान झण्डै ७ दशकको कठोर संघर्षपछि प्राप्त दस्तावेज हो । यो दस्तावेज बन्नको लागि हजारौंको बलिदानी र रगत पोतिएको छ । त्यसैले संविधानमाथि प्रश्न उठाउँदा ति हजारौं बलिदान गर्ने योद्धाहरुको योगदानलाई पनि एकपटक ख्याल राख्नुपर्छ ।
तसर्थ, पछिल्लो समय मुलुकमा जुन किसिमका प्रवृत्तिहरु हाबी हुँदै गएका छन्, तिनीहरुलाई निरुत्साहित पार्नका लागि संविधान कार्यान्वयनका पक्षमा रहनुहुने सरोकारवाला पक्षहरुले निमर्म ढंगबाट उत्रिन र संविधानको रक्षाका लागि कानूनी बाटो अख्तियार गर्न अति आवश्यक भइसकेको छ । त्यसैले हाम्रो ठम्याइ छ, संविधानको रक्षाका लागि कानूनको सहायता लिएर सुशासन कायम गर्न सरकारसँग हाम्रो आग्रह छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |