Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्वास्थ्य क्षेत्रको लापरवाही कहिले सम्म !

प्रभातफेरी अनलाइन ५७२ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन ९, मंगलबार (२ साल अघि)
Post Thumbnail

भनिन्छ स्वास्थ्यकर्मी विरामको लागि भगवान हुन्, वास्तवमै हो पनि । बिरामी र विरामको परिवारले भगवानकै रुपमा सम्मान गरेका हुन्छन् । धेरै स्वास्थ्यकर्मीहरूले भगवानको रुपमा कार्य नगर्ने त हैनन् तर केहिले भने लापरवाहीको पराकाष्ठा गर्दा उपचारको लागि अस्पताल पुगेका विरामको ज्यान जाने गरेको धेरै उदाहरणहरू छन् । सामाजिक रुपमा सम्मान साथै ठुलै इज्जत पाएका स्वास्थ्यकर्मीहरूले समाजले दिएको इज्जत पचाउन नसक्दा साथै आफ्नो कर्तव्य के हो भन्ने विषयमा सचेत हुन नसक्दा समस्या आउने गरेको छ । केही स्वास्थ्यकर्मीको कमजोरीले गर्दा समग्ररुपमा बिरामीको लागि भगवानकै रुपमा कार्य गर्नेको समेत विश्वास गुमेको छ । उपचारको क्रममा लापरबाहि गर्दा बिरामीको ज्यानमा खतरा हुने गरेको छ, जसको कारण ज्यान जाँदा स्वास्थ्यकर्मीहरूमाथि हातपातको अवस्था आएको हो ।
आपतकालीन अवस्थामा बिरामी आकस्मिक कक्षमा पुग्नु स्वभाविक हो । जुन कक्षमा बिरामी पुग्नासाथ तत्काल उपचारको सुरुवात गरी बिरामीको अवस्थाको बारेमा जानकारी गराउनु पर्दछ । सो कक्षमा उपचारमा सुस्त भएमा समयमा उपचार अभावले गर्दा ज्यान जाने खतरा हुनु स्वभाविक हो । तर कतिपय अस्पतालहरूमा आकस्मिक कक्षमा आएका बिरामीको उपचारमा ढिला गर्दा ज्यान गएको उदाहरणहरू धेरै छन् । हृदयघात, टाउको तथा छातिको चोट, दुर्घटना लगायतको उपचारको लागि आकस्मिक कक्षमा पुगेका बिरामीहरूलाई उच्च प्राथमिकता दिनुको बदला कम प्राथमिकता दिदा बिरामीको अकालमा ज्यान गुमाउनु पर्ने हुन्छ । कतिपय अस्पतालमा आकस्मिक कक्षमा पुगेका विरामको आर्थिकको कारणले उपचारमा ढिलाई गर्ने गरिन्छ । पैसाको अभावमा ज्यान गुमाउनु पर्दैन स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन वहादु बस्नेतले अभिव्यक्ति दिएपनि व्यवहारमा उतार्न चाहदैनन् अस्पताल प्रशासन । यस्तो लापरबाहि ढंगबाट सेवा दिनेमा धुलिखेअ अस्पताल पनि अग्रप.तिमा रहेको छ ।
विसं २०५३ मा धुलिखेल नगरपालिका, नेपाल मेड र धुलिखेल स्वास्थ्य सेवा संस्थाको संयूक्त योजनाको रूपमा तत्कालिन राजा बीरेन्द्रबाट उद्घाटन भई सञ्चालनमा आएको अस्पताल जिल्लावासिको आशा र भरोसाको रुपमा रहेको थियो । सञ्चालको छोट्टै अवधीमा राम्रो प्रशिद्धी कमाइ सकेको अस्पतालमा काठमाडौँ विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्सका विधार्थीहरूले शिक्षण अस्पतालको रूपमा पनि उपयोग गरिरहेका छन् । अस्पतालले मुलुकका झण्डै दुई दर्जन स्थानमा सामुदायिक स्वास्थ्य केन्द्र (आउटरिच सेन्टर) सेवा दिदै गर्दा सेवाग्राहिहरुले साथ दिनु नौलो हैन । तर पछिल्ला समयमा स्वास्थ्य विमाको समेत सेवा दिन सुरुगरेको अस्पतालको गतिविधि शक्तिको पछाडि दौडिएको छ । अस्पताल प्रशासनको नजिकका व्यक्तिहरुको सहजढंगबाट राम्रो उपचार हुन्छ तर अन्यको उपचारमा आलटाल ।
निकै चर्चामा रहेको साथै नेपाल सरकारबाट राम्रै सहयोग पाएको अस्पतालको फार्मेसिमा म्याद गुजे्रको औषधी फेला नपरेको हैन । जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले म्याद गुज्रिएको औषधी फेला पारेको हो । ०७५ असारमा ‘अनुगमनका क्रममो फार्मेसीबाट मानसिक रोगका लागि प्रयोग हुने औषधि इटाट्रम ५ एम्जी तीस वटा ट्यावलेट म्यद गुज्रिएको भेटिए पछि औषधी जफत गरेको थियो । अस्पतालका नाममा साढे २४ करोड रुपैयाँभन्दा बढी बेरुजु रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यलयले २०७४÷०७५ देखि २०७८÷७९ सम्म लगेको २४ करोड ५९ लाख ३७ हजार ८४० रुपैयाँको बेरुजु फर्स्योट नगरेको औल्याइएको थियो । आर्थिक वर्ष २०७७÷०७८ मा प्रकाशित महालेखाको वार्षिक प्रतिवेदनले त अस्पताललाई नै ‘गैरकानुनी’ भनेको छ । सो अस्पतालले ४४० शैय्या संचालन गरेतापनि अनुमति नलिएर संचालन गरेको भन्दैं १ लाख ७० हजार रुपैयाँ जरिवाना र सोमा लाग्ने दस्तुरसमेत असुल उपर गर्नुपर्ने उल्लेख गरेको छ ।
सोही आर्थिक वर्षका लागि छुट्याइएको ५ करोड ६१ लाख ३५ हजार रुपैयाँ अनुदान मन्त्री र सचिवस्तरीय निर्णय गरेर ०७८÷०७९ मा खर्च गर्ने गरेको निर्णय गरेकोले त्यो पनि कानुनी प्रक्रिया बाहिर गएकाले सरकारको संचिती कोषमा दाखिला गर्नुपर्ने महालेखाको ठहर छ । अस्पताललाई आईसीयु र भेन्टिलेटर खरिदका लागि १ करोड ८० लाख रुपैयाँ भुक्तानी दिन स्रोत सुनिश्चितता गरिएको तर भेन्टिलेटर स्थापना भएको प्रमाण पेश नभएको महालेखाको प्रतिवेदनमा छ । यति धेरै कमी कमजोरी गर्दै आएको अस्पतालले दुर्घटनामा आएका विरामीहरुको उपचारमा दोहोरो तेहेरो भुक्तानि लिई ठग्ने समेत गरेको छ । स्वास्थ्य क्षेत्रमा हुने यस्तो लापर्वाहिले विरामीको उपचारमा कमजोरी हुँदा जटिल समस्या आउने भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0