Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ३०, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आफ्नो दाजुको वंश बचाउन नसक्नेले राष्ट्र बचाउन सक्छ ?ः नेता महर्जन

प्रभातफेरी अनलाइन १०१७ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन १६, मंगलबार (२ साल अघि)
आफ्नो दाजुको वंश बचाउन नसक्नेले राष्ट्र बचाउन सक्छ ?ः नेता महर्जन

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) द्वारा आयोजित विशेष रुपान्तरण अभियान अन्तर्गत पनौती नगरपालिकाको चामखोलामा भेला भएका कार्यकर्ता तथा स्थानीयहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पनौती नगर इन्चार्ज दिनेश महर्जन “दिपेश” ले राजा आउ देश बचाउ भन्नेहरुका बारेमा तिखो आलोचना गर्दै राजा वीरेन्द्रको वंश नाश हुँदा के हेरेर बसेका थिए ? त्यस्तो व्यक्तिले राष्ट्र बचाउँछ भन्नु हाँस्यास्पद भन्दा अरु केही हुन सक्दैन भन्नुभएको छ ।
आफ्ना सन्तानहरुलाई त्यत्रो रक्तपात हुँदा छुसुक्क समेत नकोरिनु, बाँकी रहेको भाइबुहारी एक जनालाई पनि रारा तालमा लगेर मार्ने ज्ञानेन्द्रले राष्ट्र बचाउँछ भन्नु त्यो जतिको मुर्खता अरु के हुन सक्छ ? ज्ञानेन्द्र साधु, माओवादी चाहिँ हत्यारा ! बिडम्बना ! यो मुलुक सतिले सरापेको देश भनेर पुर्खाहरुले भन्दै आएको यथार्थ पुष्टि भएको छ । हो, हामी उनीहरुका लागि हत्यारा हौं, सामन्ती, फटाहाको नजरमा हामी हत्यारा हौं तर मुक्तिकामी जनताका लागि परिवर्तनकारी एउटा साधक हौं । यसो भनिरहँदा आजको दिनमा हेर्ने हो भने सबै माओवादीहरु दुधले नुहाएका छन् भन्दैनौं । हाम्रो बिचमा पनि विकृति, विसंगतिहरु मौलाएका छन् । ति विकृति, विसंगतिहरुलाई चिर्दै अगाडि जानका लागि आज माओवादी गाउँगाउँ, बस्तीबस्ती आएको छ । अब हिजोको शैलीबाट पार्टी संगठन चल्दैन । समयानुसार आफूलाई परिवर्तन गराएर जानुको विकल्प माओवादीसँग छैन । माओवादीले रोपेर गोडमेल गरेर छोडेको बिरुवाको फल एमाले, कांग्रेस लगायतका पार्टीहरुले उपयोग गरे । जसको एजेण्डा ऊ निरर्थक भयो ।
त्यसैले निराश हुनुपर्ने कुनै कारण छैन । माओवादीले उठाएका मुद्धाहरु प्रत्यक्ष जनतासँग जोडिएका छन् । मात्रै भुईंमान्छेसम्म त्यसको उपादेयता बारेमा सुसूचित गराउन सक्यौं भने हामी फेरी पनि सशक्त रुपमा आउनेछौं । हाम्रो गिरेको साख फेरी उठाउनेछौं । जनताको सारथी भएर रहनेछौं । त्यसैले यो या त्यो बहानामा माओवादीको साख गिराउने कार्य भएको छ तर त्यसमा सत्यता छैन । मात्रै हामी संयमित भएर अगाडि जाने वातावरण तयार गरौं, २०८४ सम्ममा माओवादी यो मुलुकको शक्तिको रुपमा उदय हुनेछ । किनकी आज जति पनि एजेण्डाहरु छन् ति सबै माओवादीका एजेण्डा हुन् । जसलाई एमाले, कांग्रेसले बैसाखी बनाए । माओवादीलाई सही ट्रयाकमा ल्याउन नै जनताका बिच आएका छौं । यहाँहरुका सही सल्लाह, सुझावका साथ रुपान्तरणमा जानैका लागि जनताका माझ आएका हौं । त्यसैले माओवादीलाई रुपान्तरण भएको देख्न चाहनुहुन्छ भने उनीहरुका कमी कमजोरीहरुलाई औंल्याइदिँदै सही सल्लाह सुझाव दिएर पठाउनुहोस् । तब माओवादी तपाईं सोचेजस्तो शक्तिको रुपमा स्थापित बन्नका लागि तपाईंहरुको सुझावले साधनको काम गरोस् ।
एउटा भन्नैपर्ने कुरा फेरि पनि दोहो¥याएँ, राजा वीरेन्द्रको वंश नै सिध्यायो, जो सैनिक घेराभित्र सुरक्षित महसुस गथ्र्याे । त्यो विध्वंसकारी हत्यालाई हत्या भन्न नसक्ने तिनै राजावादीले राष्ट्रियताको वकालत गर्नु र त्यसको पछि लाग्ने हामी नेपाली जनता मुर्ख भन्दा अरु केही हुन सक्छ ? यो मुलुकमा कुन चाहिँ राजनीतिक पार्टी चोखो छ ? जसलाई हत्याको आरोप नलागेको होस् । जसले बिना राजनीतिक एजेण्डाका बिच व्यक्ति हत्या गरे, वंश सिध्याए । तिनैले एउटा राजनीतिक एजेण्डा लिएर आन्दोलनमा होमिएको शक्तिलाई हत्याराको आरोप लगाइरहँदा सोच्नुपर्छ कि आफ्नो विगत के थियो ? उनीहरु र हाम्रो उद्देश्य फरक थियो । माओवादी नितान्त राजनीतिक उद्देश्यका साथ हतियार उठाएको थियो तर एमाले, कांग्रेस, राजावादीहरुले प्रतिशोधको भावना राखी व्यक्ति हत्यामा निहित थिए । अझै पनि हत्यारा को हो, हामीले खुट्याउन जरुरी छैन । हो, पछिल्लो समय आफूलाई माओवादी भन्नेहरुमा विचलन आएको छ । यसलाई सच्याउनकै लागि हामी ३ महिने अभियान लिएर हजुरहरुको घरदैलोमा आएका छौं ।
हामीले आदिवासी, जनजाति, पिछडा वर्ग, विपन्न परिवारका लागि सामन्ती राज्य व्यवस्थाका विरुद्ध हतियार उठाएकै हौं, हामीले उठाएको हतियार, हतियार हुने, हामीले बगाएको रगत, रगत हुने, राजावादी, कांग्रेस, एमालेले उठाएको हतियार जसले व्यक्ति हत्याका लागि प्रयोग ग¥यो, त्यो चाहिँ हत्याहिंसा नहुने ! कस्तो बिडम्बना ! भन्नुहुँदै नेता महर्जनले गाउँबस्तीमा रहने न्यायप्रेमी जनताको पक्षमा निरन्तर सारथीका रुपमा अडिक हुनेछ ।
आज माओवादीकै एजेण्डामा देश चलेको छ । त्यही एजेण्डाभित्र राजावादी, कांग्रेस, एमाले देउसी खेलिरहेका छन् । विद्या भण्डारीले २÷२ पटक राष्ट्रपति त्यही एजेण्डाले बनायो ।
बोल्न नसक्ने उत्पीडित वर्गले सत्ताको बागडोर सम्हाल्ने अवसर त्यही एजेण्डाले दिलायो । बिडम्बना ! माओवादीले सबै हक, अधिकार ल्याइदियो तर उपयोग गर्नुपर्ने वर्गसम्म पुग्दै पुगेन । जुन वर्गले प्रतिनिधित्व गर्नुपथ्र्याे, त्यो अझै ओझेलमा छ । जनयुद्धका आधार इलाकाहरु ओझेलमा छन् । परिवर्तनको स्वाद लिने आन्दोलनको कटुआलोचना गर्नेहरु अग्रपंक्तिमा छन् । समस्याको यहीँनेर छ । जबसम्म उत्पीडन वर्गले उपलब्धीका बारेमा महसुस गर्ने वातावरण बन्दैन, तबसम्म माओवादी ओझेलमै पर्छ । त्यसतर्फ सचेत हुनकै लागि गाउँबस्तीमा पुगेर सुझाव संकलन गरिरहेको छ माओवादीले ।
गणतन्त्र, धर्म निरपेक्षता, समावेशी, समानुपातिक, महिला सशक्तिकरण र अनिवार्य महिलाको प्रतिनिधित्व हुनुपर्ने एजेण्डा कसले ल्याइदियो ? त्यसका बारेमा भुईंमान्छेसम्म जानकारी गराउनु अभियानको मुख्य उद्देश्य रहेको नेता महर्जनले सम्बोधनका क्रममा खुलासा गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

  • (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0