Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सामाजिक सेवामा सहभागी बन

प्रभातफेरी अनलाइन ५३७ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन १६, मंगलबार (२ साल अघि)
Post Thumbnail

पछिल्लो समयमा मानिसहरुले सामाजिक क्षेत्रमा काम गर्न रुचाउन छाडेका छन् । अघिल्ला पुस्ताहरुले सामाजिक क्षेत्रमा गरेका उदाहरणिय कार्यलाई पछिल्लो पुस्ताले पुर्णविराम लगाएका छन् । समाजको हितको लागि काम गर्ने बिषयमा कसैले समय दिदैनन् यस्तो हुनुले मानिसहरुको समाजप्रतिको स्नेह खस्कंदै गएको छ । पछिल्लो समयमा आएर समाजमा रहेका सामान्य कामको लागि समेत स्थानीय तहको आस राख्ने चलको विकासले गर्दा समाज जटिलता तर्फ धकेलिन थालेको छ । विगत तीन दशक अगाडि सम्म स्थानियको सहभागितामा वर्षमा दुई ÷तीन पटक निस्वार्थ ढंगबाट अभियानको रुपमा सामाजिक कार्यमा जुट्ने गरेको इतिहासले प्रष्ट हुन्छ । गोरेटो, घोरेटो बाटोहरू, पुल पुलेसा, सिन्चाइ कुलो, पिउने पानिको मुहान, मठमन्दिर, पानीघाट, धारा पँधेरा, विद्यालय लगायत स्थानीय कार्यमा जुट्ने गरेको पाईन्थ्यो ।
जव चाडवाडहरु नजिकदै जादाँ आवत जावतमा कुनै समस्या नरहोस भन्ने उद्देश्यले टोलवासिहरुकोे सहभागितामा ढोल वजाउँदै सडकहरुको मर्मत सम्भार निकै रोचक देखिन्थ्यो । पछिल्लो समय राजनीतिक परिवर्तनको क्रमसँगै सामाजिक कार्यहरू ओझेलमा पर्न थाल्यो, विगतमा स्थानीयले बाजा गाजाका साथमा ढोल पिटेर स्रमदान गर्दै सामाजिक हितको कार्यमा जुट्थे तर हाल आएर स्थानीय तहबाट बजेट विनियोजन गराएर सो बजेटमा चुहावट गर्दै अगाडि बढ्नेको संख्या बढ्दो छ । उपभोक्ता समिति वास्तवमै जुन विकास निर्माणको कार्यको लागि बजेट विनियोजन गरियो सो विकासबाट प्रत्यक्ष सेवा लिने मध्यबाट आयोजना गरिएको भेलाबाट निष्पक्ष व्यक्तिको छनोट हुनु पर्ने हो । तर राजनीतिक शक्तिको आडमा कागजी भेलाको आधारमा उपभोक्ताहरूलाई जानकारी विना समिति निर्माणको अभियानले विनियोजित बजेट चुहावट साथै गुणस्तर हिन विकास निर्माण हुने गरेको छ ।
सामाजिक विकृतिका कारण समाजको सामान्य काममा समेत स्थानीय तहको बजेट ताक्ने र सोही बजेट दुरुपयोग गर्ने हालको परम्परालाई चुनौति दिदै आफ्नो काम आफैले गर्नु पर्छ भन्ने बिषयमा जनचेतना प्रदान गर्न आवस्यक रहन्छ । पछिल्लो समयमा युवाहरूले गाउँ बस्ने कार्यमा रुचि राख्न छाडेपछि समाजमा सानो भन्दा सानो सामाजिक कार्य गर्ने बिषयमा समस्या आउनु स्वभाविकै हो । समाजमा रहेका विभिन्न जाती, भिन्न भिन्न धर्म, फर फरक बिचार, फरक फरक संस्कृति, भिन्न भिन्न बर्गहरु बिचमा भाईचाराको सम्बन्ध कायम राख्दै सवै प्रकारको कार्यमा सहभागि रहंदै नेपाल र नेपालीको पहिचान कायम राख्दै आएको थियो । पछिल्लो समयमा आर्थिक स्वार्थका कारण सामाजिक कार्यमा जुट्ने क्रम घट्दै जानुले वास्तवमा नेपालीको पहिचान खस्कंदै जानु हो । आफ्नो पहिचानलाई कायम राख्दै नेपालीहरुको शिर उच्च राख्नको लागि सामाजिक कार्यमा निस्वार्थ ढंगबाट अगाडि बढ्ने पुर्खाहरुले देखाएको मार्गलाई पहिल्याई रहन जरुरी रहन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0