Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ३०, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

राजनीतिमा असम्भव भन्ने केही हुँदैनः नेता महर्जन

प्रभातफेरी अनलाइन ५४१ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन २३, मंगलबार (२ साल अघि)
राजनीतिमा असम्भव भन्ने केही हुँदैनः नेता महर्जन

काभ्रे । विशेष रुपान्तरण अभियान अन्तर्गत पनौती नगरको खोपासी आइपुगेका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पनौती नगर इन्चार्ज दिनेश महर्जन “दिपेश” ले राजनीतिमा असम्भव भन्ने केही नभएको खुलासा गर्नुभएको छ ।
१० वर्षे जनयुद्ध र ०६२/०६३ को जनआन्दोलनले राजा हटाउँछ भन्ने कल्पना कसैले गरेको थियो ? तर राजनीतिमा के हुन्छ, के हुँदैन भन्ने कुरा निक्र्याैल हुँदैन । त्यसैले केही मत्थर हुँदैमा राजनीति नै सिध्यो भन्ने मानसिकता हटाउन आवश्यक रहेको बताउनुभएको छ । उद्देश्य एउटै लिएर हिँड्नुपर्छ, हामी जित्छौं । जसको परिणाम राजतन्त्रको अन्त्य भयो, जन गणतन्त्रको उदय भयो । जसले शोषित, पिडित जनताका पक्षमा केही न केही मलमपट्टि लगाउने कार्य ग¥यो । ति सीमित अधिकारहरु संरक्षण गर्नका लागि पनि हामी फेरि एकताबद्ध हुन आवश्यक छ ।


अहिले हामी हाम्रा पार्टी अध्यक्ष प्रचण्डजीको विशेष पहलमा बस्ती–बस्ती आएका छौं । जुन अभियानसहित जन–जनमा आएका छौं, त्यो अभियानलाई सार्थक तुल्याउनु हाम्रो दायित्व हो । केही त गरौं भन्ने मनबाटै भावनाको विकास गर्न जरुरी छ । यदि हामी त्यस किसिमबाट समर्पित भएर अगाडि गयौं भने असम्भव भन्ने केही छैन । हिजो के–के भए, ति सबै छोडिदिउँ । अब नयाँ रुपान्तरणसहित अगाडि बढौं । पार्टी निर्माणको सपना देखौं । प्रत्येक जनसम्म पुगेर पार्टीप्रतिका धारणाबारे छलफल चलाऔं । आएका समस्याहरुको समाधान त्यहीँ जनताबिचबाटै खोजौं, तबमात्र हामी एउटा कुशल संगठकको रुपमा स्थापित हुन सक्छौं भन्नुहुँदै नेता महर्जन थप्नुहुन्छ– पार्टी नेतृत्वले सरकारमा रहेर राम्रा काम गरिरहेको छ तर ति राम्रा कामहरु जनता समक्ष ल्याउन सकिरहेका छैनौं । किन त्यस्तो भइरहेको छ ? सूक्ष्म ढंगबाट समिक्षा गरौं र जनताका माझ सरकारले गरेका राम्रा कुराहरुलाई पु¥याउने प्रयत्न गरौं । तब मात्र हाम्रो अभियानले सार्थकता प्राप्त गर्नेछ ।
पार्टीले गौरवका साथ जनताका जीवनस्तरसँग जोडिएका समस्याहरुका बारेमा जुन अठोट गरेको छ, त्यसका बारेमा गम्भीरतापूर्वक बहस गरौं । बस्तीबाट आएका तमाम जिज्ञासाहरु सम्बोधन गर्दै जनताले जनताका लागि उठाएका मुद्धाहरुको समाधानतर्फ केन्द्रिकृत हुँदै संगठन निर्माणमा सरिक हौं । यो दौरानमा हामीले के ग¥यौं भनेर आत्मसमीक्षा गरौं । मैले कति योगदान दिएँ, म कहाँ चुकें, मेरो के कमजोरी भयो यावत् पक्षमा आत्म आलोचना गर्दै अगाडि बढ्न सक्यौं भने मरुभूमि पनि हराभरा बनाउन सक्छौं । त्यसै दृढ संकल्पका साथ संगठन निर्माणमा सरिक बनौं । त्यति गर्न सक्यौं भने हामीले हिजो गुमाएका धेरै कुराहरु छन्, त्यसको फेरि पनि अपनत्व ग्रहण गर्दै समाजवादको यात्रामा अगाडि जानको लागि यो अभियान कोसेढुंगा सावित हुनेछ ।
यति गर्न सकियो भने हामीले हाम्रो संस्कार भुलेकोमा क्षमा पाउनेछौं । जसका लागि तपाईं हामीमा इच्छाशक्तिको अन्त्य हुनेछ र समस्या समाधानतर्फ अग्रसर बन्नेछौं भन्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

  • (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0