Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गुणस्तरीय शिक्षा प्रदान गर

प्रभातफेरी अनलाइन ५६२ पटक पढिएको प्रकाशित मिति: २०८० कार्तिक १४, मंगलबार (२ साल अघि)
Post Thumbnail

करिव चार दशक अगाडिको शिक्षा र हालको शिक्षामा ठुलो भिन्नता खडा भएको छ । विगतमा विद्यार्थीहरूले हासिल गरेको शिक्षा व्यवहारिक थियो । कलिला बालबालिकालाई (काँचो माटोलाई) प्रदान गरिने शिक्षाले उनीहरूमा आमूल सकारात्मक अवस्था आएको पाइन्थ्यो । जसले गर्दा व्यवहारिक पक्ष, सामाजिक पक्ष, पारिवारिक पक्ष, नैतिक तथा धार्मिक पक्षमा लगाव भएको पाइन्थ्यो । जसले गर्दा अभिभावकहरूले काँचो माटोलाई सोन्दर्यता रूप दिनको लागि विद्यालयमा पठाउने गरिन्थ्यो । पछिल्लो समयमा आएर घोकन्ते शिक्षाले गर्दा बालबालिकाको चेतनाको विकास हुन सकेको छैन ।
राज्यले शिक्षामा ठुलो परिणाममा लगानी गरेपनि सोचे जस्तो उपलब्धि हासिल हुन नसक्दा निजी स्तरबाट सञ्चालन भएको शैक्षिक व्यापार फस्टाएको छ । राज्यले गरेको लगानी बाट उपलब्धि नहुनाको प्रमुख कारण सम्बन्धित पक्षको कमजोरी , असक्षमता साथै कामचोर प्रबिद्धि हो । २१ औं शताब्दीमा समय सुहाउँदो आधुनिक गुणस्तरीय शिक्षाको आवश्यक छ तर समुदायक विद्यालयमा अध्यापन गराउने क्रममा सो विषयमा ध्यान पुग्न नसक्दा समस्या खडा भएको हो । विद्यार्थीले आधुनिक गुणस्तरीय शिक्षा चाहन्छन् तर विगतमा धुलौटे , सिलोट माध्यमबाट शिक्षा हासिल गरेका गुरुवर्णबाट प्रदान गरिने शिक्षामा आधुनिक शिक्षाको आशा पुर्ती नहुनु नौलो हैन ।
राज्यले शिक्षा क्षेत्रमा प्राथमिकता दिदै जुन ढंगले लगानी गरेको छ , त्यसमा व्यवस्थापन साथै समय सुहाउँदो शिक्षाको लागि पहल गर्न जरुरी रहन्छ । आधुनिक गुणस्तरीय शिक्षा हासिल गर्ने विद्यार्थी मुलुकको गहना हो , त्यस्तो अमूल्य गहनाको संरक्षण गर्नु राज्यको दायित्व हो । तर सम्बन्धित पक्षले सो विषयमा ध्यान नदीमा विद्यार्थीको भविष्य अन्धकार तर्फ धकेलिनुबाट जोगाउनको लागि निजी स्तरबाट सञ्चालन हुने शैक्षिक व्यापारमा सहभागिता हुनुको विकल्प रहेन । सामुदायिक विद्यालयमा सक्षम शिक्षकबाट गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण निर्माण गर्ने विषयमा स्थानीय तहको समेत खासै भूमिका निर्वाह हुन सकेको छैन ।
स्थानीय तहमा रहेका विद्यालयहरू स्थानीय तहको सरकारकै मातहतमा रहेका हुन्छन् । तर स्थानीय सरकारले विद्यालयको अवस्था तथा विद्यालयबाट प्रदान गरेको शिक्षाको गुणस्तरको बारेमा कुनै चासो दिएको पाइन्न । सामुदायिक विद्यालयहरूको सुधारको बारेमा स्थानीय तहको सरकारले चासो नदिनु भनेको शैक्षिक व्यापारमा लामबद्ध रहेका नीजि स्तरका विद्यालयलाई सघाउनु हो । सामुदायिक विद्यालयमा आधुनिक गुणस्तरीय शिक्षा हासिल गर्ने वातावरण निर्माण नगर्नुले निम्न आयस्रोत भएका बालकालिका गुणस्तरीय शिक्षाको अवसरबाट बञ्चित हुनु सरह हो । सबै खाले जनतालाई समान व्यवहार गर्दै निम्न आयस्रोत रहेका निमुखाको संरक्षण गर्ने हो भने स्थानीय तहका जनप्रतिनिधिहरूले सामुदायिक विद्यालयमा आधुनिक गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण निर्माण गर्न जरुरी रहन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0