Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अनावश्यक राष्ट्रमाथि भार थप्नु गलत हो

प्रभातफेरी अनलाइन ५१३ पटक पढिएको प्रकाशित मिति: २०८० कार्तिक २१, मंगलबार (२ साल अघि)
Post Thumbnail

राष्ट्रिय गौरवका नाममा नेताहरुको स्वार्थ जोडेर आउने आयोजनाहरुले राष्ट्रिय अर्थतन्त्रलाई नै धरासयी बनाएको छ ।
नेपालमा पछिल्लो समय विभिन्न गौरवका नाममा आफ्ना अनुकुलता अनुसारका आयोजनाहरु सञ्चालन गर्ने होडबाजी चलेको छ । जसको कारण समग्र मुलुकको अर्थतन्त्र तहसनहस हुन पुगेको छ । त्यसैले कुनै पनि आयोजनाहरु प्रस्ताव हुनुपूर्व त्यसको लागत र लाभान्वितका विषयमा गम्भीर रुपमा अध्ययन हुन जरुरी छ । पछिल्लो समय भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका बारेमा जन्मिएका अनगिन्ती प्रश्नहरु र अव्यवहारिक गतिविधिले त्यसको लागतमाथि प्रश्नहरु उठाइरहेका छन् ।
विमानस्थल बनाउन ठूलो कुरो भएन, त्यो विमानस्थल सञ्चालनका लागि आइपर्ने चुनौतीका बारेमा विश्लेषण गर्न नसक्नु गम्भीर त्रुटि हो । यदि समयमै हवाइमार्गका बारेमा जानकारी प्राप्त गरेको भए आज भारतसँग बिन्तीभाउ गर्नुपर्दैन थियो । जसका कारण मुलुकको अरबौं रुपैयाँ अर्थहिन ठाउँमा प्रयोग हुन पुग्यो, राज्यले ठूलो आर्थिक भार व्यहोर्नु प¥यो । हाम्रो देशमा कस्ता खालका कन्सल्टेन्सीहरु छन्, जसले कस्तो खालको डिपिआर बनाउँदा रहेछन् भन्ने उदाहरण गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हविगतबाट पुष्टि हुन्छ । त्यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज विमानहरु अवतरण भएनन् भनेर व्यवसायीहरु आन्दोलन गर्ने धम्की दिइरहेका छन् । यो केको परिणाम हो ? गम्भीर हुन जरुरी छ कि छैन ? यसतर्फ सम्बन्धित सरोकारवाला निकायले सोच्न आवश्यक देखिएको छ ।
यो अवस्था एकातिर सोचनिय विषयको रुपमा अगाडि आइरहेको छ भने अर्काेतर्फ अन्तर्राष्ट्रिय स्तरको निजगढ विमानस्थल निर्माणको प्रक्रिया अगाडि किन बढाइएन भनेर आवाजहरु उठ्नु कतिको न्यायसंगत हुन्छ ? यसतर्फ सम्बन्धित सरोकारवाला पक्षको ध्यानाकर्षण हुन आवश्यक छ । यदि अरबौंको लगानीमा तयार हुने यस्ता विमानस्थल सञ्चालन हुनै नसक्ने हो भने बेकारमा किन खर्च गरिरहने ? अरबौंको लगानीमा बनेका संरचना सेतो हात्तीको रुपमा परिणत हुने हो भने त्यस्ता विमानस्थलहरु बनाउनु नै किन ? फेरि हाम्रो देशमा बनेका विमानस्थलमा विमान उडाउन छिमेकी देशसँग हात जोडेर हवाइमार्ग उपलब्ध गराउन बिन्ती गर्नुपर्ने र त्यसो गर्दा पनि अनुमति नपाउने अवस्था ज्यूँकात्युँ रहेको छ । अहिलेको अवस्थामा अनावश्यक अरबौंको लगानी गरेर निजगढ विमानस्थल बनाउन दबाब दिनु कमिशनको खेलभन्दा अर्काे कुनै स्वार्थ देखिँदैन । जसले जे गर्दा नि हुने भए किन नीति, नियम र कानूनका कुरा उठ्छन् ? त्यसैले त्यसतर्फ सरोकारवाला निकायले गम्भीरतापूर्वक राष्ट्रिय गौरवका नाममा आएका आयोजनाहरुका बारेमा सुक्ष्म र निर्मम किसिमले अध्ययन हुन आवश्यक छ ।
यस्ता किसिमका आयोजनाहरु कार्यान्वयन हुनुपूर्व जनस्तरबाट गहिरो अध्ययन हुन आवश्यक छ । तब मात्रै आयोजनाका बारेमा अगाडि बढ्न सक्यौं भने मात्र सोचेजस्तो परिणाम लिन सक्छौं । त्यसैले यस किसिमका आयोजनाहरुले अनावश्यक रुपमा राष्ट्रलाई आर्थिक भार बोकाउने छन् । यि र यस्ता किसिमका आयोजनाहरु नेपालको परिवेशमा उपयुक्त छैनन् भन्ने निचोडमा हामी पुगेका छौं । आशा छ, सरोकारवाला निकायले यि र यस्ता विषयमा गल्ती गर्ने छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0