Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गणतन्त्रको विकल्प सोच्ने अधिकार कसैलाई छैन

प्रभातफेरी अनलाइन ३३५ पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर २०, बुधबार (२ साल अघि)
Post Thumbnail

७ दशकको अथक नेपाली जनहरुको योगदानबाट आएको जनताले जनताकै लागि गर्ने सिर्जना गरेको जनगणतन्त्रको विकल्प खोज्ने अधिकार कसैलाई छैन । कुनै अमुक पात्रको लहलहैमा लागेर व्यवस्थाविरुद्ध धावा बोल्नु आफैंमा अभिशाप भन्दा अर्काे हुन सक्दैन ।
मुलुकभित्र रहेका केही प्रतिगामीहरुको उक्साहटमा सडकमा देखिएका बाछिट्टाहरु क्षणिकमै अन्त्य हुनेछन् । मात्रै राजनीतिक नेतृत्वकर्मीहरुले सुझबुझका साथ नेतृत्व गरेको खण्डमा । यस परिस्थितिमा आज सडकमा जुन किसिमका बाछिट्टाहरुले ज्वारभाटाको संकेत दिएर जनविद्रोह भनिरहेका छन्, त्यसले परिवर्तनकामी नेपालीहरुको आस्थामाथि चोट पु¥याएको छ ।
यस किसिमको धावा बोल्नुले हजारौं हजार योद्धाहरुले बगाएको रगतमाथिको प्रहार हो । क्षणिक स्वार्थका लागि गरिएका सडक आन्दोलनले कुनै अर्थ राख्छ भन्ने नेपाली जनहरुलाई विश्वास छैन । परिवर्तनको विपक्षमा ५ प्रतिशत नेपाली जनता सडकमा जाने हो भने पनि ठूलो अर्थ राख्छ । तर शिलाहरुले देखाएको उदण्डताले व्यवस्थामाथि जुन किसिमको भ्रम छर्ने कोसिस भएको छ, त्यसले पक्कै पनि ति खाटा लागेका घाउहरुमा नुनचुक छरेको त छैन ? गम्भीर प्रश्नहरु उठेका छन् ।
किन किनारा लागेको राजतन्त्र जगाउन बाछिट्टाहरुको आवाज र सहभागिता बुलन्द गर्न थाले भन्ने नसोचेर सत्ता र ठूला दल तथा अग्ला नेताहरू झन झन कुप्रो र बाउन्ने हुन थालेको देखिन्छ । सडकमा आएका आवाजहरुलाई समयमा सम्बोधन गर्ने जिम्मेवारी सत्तासीन र प्रतिपक्षीको हो । जो संसदवादी छन्, जो लोकतन्त्रबाट विकास र समृद्धि चाहन्छन्, उत्तम व्यवस्था लोकतन्त्र हो भन्ठान्छन्, तिनले विधिको शासनलाई सही मार्ग निर्देशन नदिँदा अहिले सडकमा बाछिट्टाहरुको आक्रोशित बढेको पाइन्छ । जता पनि राजनीतिकरण गर्दा त्यसको नतिजा उल्टो आउनु पक्का थियो, सडकमा जनअसन्तोषका बाछिट्टाहरु उर्लिएका छन् । त्यो त्यही उल्टो नतिजा हो । अब जनताले विधिको शासन खोजे, जनउत्तरदायी नेतृत्वबिना यो आक्रोश मत्थर होला जस्तो छैन ।
एउटा सामान्य व्यवसायीको प्रतिवाद गर्न नसक्ने नीति नियम र आर्थिकतामा सत्तापक्ष र प्रतिपक्षीहरूले एकपटक आफ्नो हैसियतको आँकलन र आउन सक्ने खतरा के कस्तो हो, कसका कारणले हो भनेर गम्भीर बहस गर्नु बेस हुनेछ । अब प्रश्न उठिसक्यो– राजतन्त्र कि गणतन्त्र ? संघीयताको खारेजी ? हिन्दु अधिराज्यको पुनर्वहाली ? भ्रष्टाचारविरूद्ध कडा कारवाही ? राजनीतिमा अपराधिकरणको अन्त्य ? यी सवालहरूको जवाफ खोज्न अबेर नगर्नु बुद्धिमानी हुनेछ भन्ने संकेत सडकबाट आएको छ । त्यसैले आफूलाई गणतन्त्रको मसिहा ठान्ने सत्तापक्ष र प्रतिपक्ष दुवैले यस विषयमा गम्भीर भएर गणतन्त्रका विरुद्ध उठेका आवाजहरुलाई निरुत्साहित गर्नु नै अहिलेको महत्वपूर्ण दायित्व रहेको छ ।
अन्यथा, व्यवस्थाको विरुद्ध अलिकति पनि आँच पर्न गएमा हजारौं हजार जनताको बलिदानको रक्षा गर्न जनता आफैं सडकमा ओर्लिने अवस्था पक्कै आउन दिनेछैनन् भन्ने ठम्याइ हामीले लिएका छौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0